त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई दुई सय १८ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७ रन बनायो ।नेपालका करण केसीले विष्फोटक ब्याटिङ गरेका छन् । करणले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । १८ औं ओभरमा मात्रै करणले चार छक्का प्रहार गरे । यस्तै नेपालका आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भुर्तेलले १६, विनोद भण्डारीले आठ र सोमपाल कामीले दुई रन बनाए । कुशल मल्ल १९ रनमा नटआउट रहे । नेपालले आज बनाएको दुई सय १७ रन अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटकै दोस्रो धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा बनाएको दुई सय ३६ रनको स्कोर अहिलेसम्मकै धेरै हो ।
सकियाे एनपिएलः कालापत्थरको ढुंगामा लेखियो जनकपुरको नाम
६ पुस, काठमाडौं । नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्ट इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ । आयोजना, पुरस्कार राशी, सहभागी टिमको…
विस्तृत.....