मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने, रोकिएन पहिरो
४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।
साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले अनलाइनखबरलाई बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।
‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’
उनका अनुसार, भोलि पनि मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन गराउनसक्ने अवस्था देखिएको छैन । चितवनको …
दशैं अवधिभर दाउन्ने सडकखण्डमा ठूला सवारी सञ्चालनमा रोक
असोज ४ , कावासोती । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ ।
शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो । त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयले दिएको जानकारी अनुसार, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन हुने …
आगजनी र तोडफोडबाट १० हजार बढी श्रमिकको रोजगारी गुम्ने जोखिम
१ असोज, काठमाडौं । २४ भदौको जेनजी आन्दोलन नियन्त्रणबाहिर पुग्दा देशभरि आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनका क्रममा सरकारी संरचना मात्र नभई निजी व्यावसायिक समूहका उद्योग, व्यवसाय र निजी निवासमा समेत आगजनी र तोडफोड हुँदा व्यापक क्षति हुन पुग्यो । आगजनी र तोडफोडको प्रत्यक्ष असर उद्योगी एवं व्यवसायीलाई मात्रै परेको छैन, त्यसमा आश्रित १० हजारभन्दा बढी श्रमिकको रोजगारी गुम्ने जोखिम देखिएको छ ।
आगजानी र तोडफोडका कारण भाटभटेनी, हिल्टन होटल, ह्यात होटल, चौधरी ग्रुप लगायतका अर्बौंको लगानी भएका निजी संस्थाहरू समेत तहसनहस भएका छन् । त्यसले गर्दा ती क्षेत्रमा काम …
जेनजी आन्दोलनको क्षति बीमा दाबी अहिलेसम्मकै उच्च, अहिलेसम्म ३० अर्बको दाबी
१ असोज, काठमाडौं । जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा माग दाबी करिब ३० अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मङ्गलबारसम्ममा बीमा कम्पनीहरूमा परेको दाबी ३० अर्ब हाराहारी पुगेको हो ।
निर्जीवन बीमा तथा रि-इन्स्योरेन्स कम्पनीहरूलाई २०७२ बैशाख, कोरोना महामारी, २०८० साल असोजको बाढी लगायतका प्राकृतिक तथा महाविपत्तिले नदिएको दायित्व जेनजी आन्दोलन दिने देखिएको छ ।
आन्दोलनका क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी निर्जीवन बीमा कम्पनी तथा रि-इन्स्योरेन्स कम्पनीलाई अर्बौंको दायित्व पर्ने देखिएको हो ।
प्राधिकरणका अनुसार क्षतिको मुल्यांकन …
देशै जलेर खरानी भाे, हात लाग्याे शुन्य ।
राजनीतिमा एक दिन कहिलेकाहीँ एक युग बनेर आउँछ। नेपालमा त्यस्तो धेरैपटक भइसक्यो। भदौ २३ र २४ को २४ घण्टाले नेपालमा राजनीतिक उथलपुथल ल्यायो र अर्काे युगको सुरुआत ग¥यो।
राजनीतिक परिवर्तनका आन्दोलनहरू कमैमात्रै कोमल हुन्छन्, आन्दोलनमा राप र ताप हुन्छ। तर यसपालिको जति हिंसात्मक दृश्य नेपालका मात्रै होइन, धेरै देशमा कमै देखिएको थियो।
२३ गते ‘जेन–जी’ पुस्ताको आन्दोलन मात्रात्मक हिसाबमा शान्तिपूर्ण नै हो। सरकारी दमनले चाहिँ नरसंहार मच्चिएको थियो। तर, २४ गते मुलुकले जे भोग्यो, इतिहासकै सबैभन्दा धेरै क्षति बेहार्नुप¥यो। राज्यका तीनै अंगका कार्यालय, भवन र दस्तावेज खरानी भए। सिंहदरबार, संसद् भवन, सर्वाेच्च …
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले भन्यो ‘उहाँहरूको पत्र बनिसकेको छ ।’
उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ । …
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी
२९ भदौ, काठमाडौं । अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहरण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् ।
जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।
आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।
उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी उनको छ ।
प्रधानमन्त्री कार्कीले पहिलो दिन शनिबार आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेकी …
जिल्ला बाल क्लव नवलपरासी पूर्वले बाल दिवस विशेष कार्यक्रम नगर्ने ।
एन. सन्चार, कावासाेती । जिल्ला बाल क्लव नवलपरासी वर्दघाट सुस्तापूर्व ले एक विज्ञप्ती जारी गर्दै प्रत्येक वर्ष भाद्र २९ गतेका दिन राष्ट्रिय वाल दिवसको अवसर पारी गरिने कनै पनि वाल दिवसका औपचारीक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
वालवालिकाको अधिकार र उज्ज्वल भविष्यप्रति संकल्पवद्ध हुने दिनमै देशभर गुञ्जिरहेको Gen-Z आन्दोलनमा सहभागी भएका विद्यार्थी जीवनको असामयिक निधनले हामीलाइ गहिरो पीडा दिएको छ उक्त आन्दोलमा ज्यान गुमाउनुहुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौ, विज्ञप्तीमा भनिएको छ ।
बाकी विज्ञप्ती जस्ताकाे त्यस्तैः
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की
काठमाडौँ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको …
शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ
२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
श्राेतः अनलाइनखवर
अत्यावश्यक सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक
काठमाडौँ । जेनजी आन्दोलनका कारण असहज बनेको सेवा सुचारु गर्ने विषयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक बस्ने भएको छ ।
विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणको लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
‘अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो,’ काफ्लेले भने ।
सुरक्षाकर्मीहरुबाट लुटिएका, फेला पारेका हतियार र गोलीगट्ठा बुझाउन सेनाको आग्रह
काठमाडौं : नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु बुझाउन आग्रह गरेको छ।
नेपाली सेना जनसम्पर्क निर्देशनालय तथा सूचना जंगी अड्डाले सूचना जारी गर्दै “Gen Z” नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ ।’ उनले यस संवेदनशील परिस्थितिमा …
प्रधानसेनापति सिग्देल आन्तरिक छलफलमा, आन्दोलनरत जेन्जीसँग वार्ता हुने
काठमाडौं : प्रधानसेनापति अशोक सिग्देल आन्तरिक छलफलमा जुटेका छन्। स्रोतका अनुसार जेन्जीसँग वार्ता गर्नका लागि नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति सिग्देलले आन्तरिक छलफल अघि बढाएका छन्।
उनले विद्यमान परिस्थिति र आगामी रणनीति तय गर्न मुख्यसचिव एकराज अर्याल, गृह सचिव, सेना तथा सुरक्षा निकायका उच्चअधिकारीका बीचमा निरन्तर छलफल गरिरहेका छन् । उनीहरुले जेन्जीसँग पनि वार्ता गर्ने तयारी गरिरहेको स्रोतको भनाई छ। अहिले आन्दोलनरत जेन्जीको समूहका नेतृत्व वार्तामा पुगे/नपुगेको भने खुल्न सकेको छैन।
मंगलबार नै सिग्देलले आन्दोलरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। उनले भिडियो वक्तव्य जारी गरेर आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्।
‘नेपाल …
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
काठमाडौं : नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो।
पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।
त्यस्तै उनीहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ बरामदसमेत गरिएको सेनाले जनाएको छ। काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट उक्त रकम बरामद गरिएको हो।
त्यस्तै काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरू …
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट आज बिहान जारी सूचनामा लेखिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको…।’
देशभर जारी भयो कर्फ्यू आदेश
२५ भदौ, काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।
आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।
व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता …
बालेनलाई जेन-जीको अल्टिमेटम : २ बजेसम्म पर्खिन्छौं, नभए तिमी पनि हाम्रो नेता होइनौँ
काठमाडौं, २४ भाद्र : आन्दोलनमा रहेका जेन-जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन्।
समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्।
जेन-जीको आन्दोलनमा सहभागी जनाइरहेका युवाहरूले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौं भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौं।’
उनीहरूले दिउँसो २ बजेसम्म पनि नआए बालेनसँग कुनै सम्बन्ध नरहने बताएका छन्।
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी
२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेको हो ।
उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् । आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।
एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ । आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त छ । ‘प्रदर्शनको प्रभाव …
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
२४ भदौ, काठमाडौं । युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ ।
आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीहरूले समेत आयोगका पदाधिकारीहरूलाई दबाव दिएका थिए ।
त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रुपमा बैठक डाकेका हुन् ।
सोमबारको प्रदर्शनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकालेको थियो । तर प्रदर्शनमा भएको चर्को दमनमा मौन रहेको आयोगले प्रदर्शनलाई संयमित बनाउन आन्दोलनकारीहरूलाई आग्रह गरेको थियो ।
प्रधानमन्त्री केपी …
सञ्चारमन्त्रीको निवासमा प्रदर्शनकारीद्वारा आगजानी
२४ भदौ, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित प्रहरी प्रभागमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।
आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय ललितपुरले एक प्रहरी अधिकारीले जानकारी दिए ।
