पटाका पड्काउने चलन कहिलेबाट सुरु भयो ?

दीपावलीमा घरलाई झिलीमिली बनाउने प्रचलन पुरानो छ । कतिपयले खुसीयालीमा पटाका पनि पड्काउँछन् । पञ्जाव विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक राजिव लोचनका अनुसार प्राचीन ग्रन्थमा पनि दीपावलीलाई भव्य रुपमा मनाइन्थ्यों । तर, पटाका पड्काउने परम्परा थिएन ।
पटाका पड्काउने परम्परा त चीनको हो । पटाका पड्काउँदा यसको निस्कने ठूलो आवाजले खराब आत्मा, खराब विचार र दुर्भाग्य भाग्ने तथा सौभाग्य प्रबल हुने चिनियाँहरूको मान्यता छ । यही विचार भारतमा आतिश दिपांकर नामका बंगाली बौद्ध धर्मगुरुले १२ औं शताब्दीबाट भित्र्याए ।
उनले सायद चीन, तिब्बत र पूर्वी एसियाबाट यस्तो प्रचलन सिकेर आएका थिए । अन्यथा ऋग्वेदमा …

संघीयताको जग हल्लाउँदै आलोपालो र फेरबदलको खेल, राज्यमाथि भार थप्दै पटके मुख्यमन्त्री !

कात्तिक १८, प्रदेश–१ मा ६९ दिनमा सरकार परिवर्तन भयो । नेकपा एमालेको सरकार ढालेर सत्ता गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाएको छ । प्रदेश–१ मा साढे तीन वर्षको अवधिमा राई तेस्रो मुख्यमन्त्री बनेका छन्।
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएका छन् । त्यहाँ कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।
यता बागमती प्रदेशमा साढे ३ वर्षमा तीनजना मुख्यमन्त्री बनेका छन् । एमालेका नेता डोरमणि पौडेललाई विस्थापन गरेर मुख्यमन्त्री बनेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले ७१ दिन मात्रै सत्ता सम्हाल्न पाइन् । अहिले बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीका नेता …

नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज

कात्तिक १८, काठमाडौं ।। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । 
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म …

‘जीवनमा उज्यालाे चाहनु हुन्छ?, त्यसाे भए आफूभित्रको कालो बादल हटाउनुस्, अरू केही गर्नु पर्दैन’

कात्तिक १८, काठमाडौं ।।
दीपावली मनाइनुको विभिन्न सांस्कृतिक कारणहरू छन्, तर ऐतिहासिक रूपमा यसलाई नरक चतुर्दशी भनिन्छ, किनकि यस दिन एकदमै क्रुर राजा नरकासुरलाई कृष्णले वध गरेका थिए। त्यही दिनको स्मरणको रूपमा यसलाई भव्य उत्सवको रूपमा मनाइने गरिन्छ। अनिष्ट वा अशुभ कुरा राक्षसहरूको रूपमै आउनुपर्छ भन्ने छैन। तपाईंले देख्दै नदेख्नु भएका राक्षसहरूले भन्दा पनि निराशा, कुण्ठा र उदासिपनले तपाईंको जीवनमा बढी क्षति पुऱ्याउन सक्छन्। दीपावली, आफूभित्र रहेका ती सम्पूर्ण नकारात्मक पक्षहरूलाई समाप्त गर्नको लागि स्मरण गराउने पर्व हो।
दीपावली शुभ उत्सव हुनुको पछाडि थुप्रै कारणहरू छन्। यस्तो मान्यता छ कि यस दिन …

योगका पिता मानिने महर्षि पतञ्जली को हुन्?

कात्तिक १३, पतञ्जली प्राचीन समयका महान आध्यात्मिक अगुवा हुन्, जसले आध्यात्मिक बाटोमा दिशानिर्देश गर्नका लागि ‘योगसूत्र’को रचना गरे। उनले विभिन्न चरण व्याख्या गर्दै अनन्तसम्म पुग्न हरेक व्यक्तिले अन्तर्यात्रा गर्नुपर्ने उल्लेख गरेका छन्। एउटा नीतिकथाअनुसार उनी आकाशबाट सर्पको रुपमा आइमाईको हातमा खसेको हुनाले उनको नाम ‘पतञ्जली’ रहन गएको हो।
पतञ्जलीको जीवन इतिहास करिब–करिब अज्ञात जस्तै छ। यो पूरापुर कहानी र विरोधाभाषले भरिएको छ। पतञ्जलीको जन्मको बारेमा त्यस्तो स्पष्ट प्रमाण कतै भेटिँदैन।
पतञ्जलीको जन्ममितिबारे उल्लेख गरिएको मितिमा एकरुपता पाइँदैन। अधिकांश विद्वानहरुले पतञ्जलीको जन्म ईशापूर्व तेस्रो शताब्दीमा भएको उल्लेख गरेका छन् भने अन्य विद्वानहरुले भने …

“एक साँझ”

जयकार आक्रोश, नवलपुर,
‘केहि पाक्ने छ र त्यो खाएर म निदाउँनेछु यहि सोँच्दै ,
कोठा भित्र पस्न नभ्याउँदै ‘विदिसा’ मस्किन्छे ,
खुसिले सायद ,
यता र उता केहि न केहि उट्पट्याङ् गर्छे,
(टाउकोले र खुट्टाले एकैचोटि भुईँमा टेकेर केहि बेर नउठ्ने, हातमा केहि चिज छ भने फयाँक्ने, अनि ‘बाबा फा…’ भन्ने, खाटमा उफ्रिँदै नाचि गित लगाईदे भन्दै जिद्दि गर्ने, ‘दादुदा र हावा चिसो गित गाउन लगाउने अनि आँफु नाँच्ने, नाच्दा मामुले पनि तालि बजाउनु पर्ने.., काखमा आएर ५ सेकेण्ड बसेपछि फेरि बटारिँदै झरेर, ‘बाबा…, आ..नु.’ ‘बाहि.ल..’ भन्दै हिँड्नु) ,
…अनि म उसँगै उसका क्रियाकलापको एउटा …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode