दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !
५ फागुन, काठमाडौं । खोचलेक प्रहरी चौकी, बैतडीमा सामान्य अवस्थामा प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा १० जनाको टोली बस्थ्यो । अझ दरबन्दी त प्रहरी सहायक निरीक्षक (असई) को मात्रै हो, सुरक्षा संवेदनशीलताका कारण पछिल्लो समय सई खटाउन थालिएको थियो ।
तर पछिल्लो दुई साता ७५ जना प्रहरी अधिकारीहरुले यही चौकीमा अड्डा जमाए, सिंगो मुलुकलाई स्तब्ध पार्ने गरी भएको १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको गुत्थी सुल्झाउन खटिए ।
यो टोलीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान टिम (आरआईटी), संघीय प्रहरी इकाई, केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय, बैतडीका गरी ४५ …
भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक
५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।
भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।
घटनापछि …
