ब्रोकर कमिसन १० प्रतिशतले घटाउने धितोपत्र बोर्डको निर्णय
१ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बुधबार बसेको बोर्ड सञचालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
बोर्डको यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आउने बोर्ड स्रोतले जनाएको छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने प्रस्ताव गरेको थियो । सोही समितिको प्रस्ताव अनुसार बोर्डको सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने भएको छ ।
संशोधित नयाँ कमीसन अनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमा ०.३६ प्रतिशत …
नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेकाे विश्व बैंकको प्रक्षेपण
१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो ।
चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत मात्रै भएको थियो ।
चालु आर्थिक वर्षमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण …
अर्थतन्त्र चलायमान बनाउन अपनाउनै पर्ने केही सूत्रहरू
एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान बनाई राजनीतिक संक्रमणकालको उत्तरार्धतिर हामी भए पनि राजनीतिक स्थिरता कायम गरी नागरिकका उच्च आकांक्षाको सम्बोधन गर्छौं भनेर आशा देखाउन राजनीति भनेजति सफल हुन सकेन। हिंसात्मक द्वन्द्व सुरु भएदेखि देशमा विकल्प नभएपछि श्रम बेच्न विदेशिने युवाको संख्या बढ्न थाल्यो। श्रमगरी खानेले आफ्नो श्रम बेच्दा जहाँ भए पनि उचित र आकर्षण पारिश्रमिक खोज्छ, यहाँ श्रम बेच्नुको साटो दिगो र बढी आम्दानीका लागि युवा विदेशतिर लागे। उनीहरुका कारणले रेमिट्यान्स (विप्रेषण) बढेको देखिएको छ र रेमिट्यान्सले देशको अर्थतन्त्रको बाह्य क्षेत्र विशेषगरी वैदेशिक मुद्राको सञ्चिति लगायतका सूचकांक …
सुन चाँदीको मूल्य घट्यो
१५ असोज, काठमाडौं । सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो ।
आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै,चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ । आइतबार …
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो
१४ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ …
दशैंमा बसको अग्रिम टिकट बुकिङ मोबाइलबाटै
९ असोज, काठमाडौं । नजिकिंदै गरेको वडा दशैंलाई लक्षित गरी सरकारले अग्रिम बुकिङ खुलाउने तयारी गरेको छ । यसका लागि एक चरण सरकार र यातायात व्यवसायीबीच छलफल समेत भइसकेको छ ।
अग्रिम बुकिङ खुलेसँगै हरेक वर्ष बसपार्कमा ठूलो भीड लाग्छ । टिकट लिन तँछाडमछाड चल्छ । तर, तपाईं प्रविधिमा अभ्यस्त हुनुहुन्छ भने अब टिकट काट्न बसपार्कमै भीडभाड गर्नु पर्दैन ।
अहिले विभिन्न अनलाइन माध्यमहरु बसको टिकट अग्रिम बुकिङ गर्न सञ्चालनमा छन् । जसको माध्यमबाट सजिलै आफ्नो गन्तव्यसम्मको बसको टिकट घर बसीबसी आफ्नै मोबाइलबाट बुकिङ गर्न सकिन्छ ।
नेपालमा अहिले सबैभन्दा ठूलो सञ्जाल बनाइसकेको …
हाइड्रोपावरका संस्थापकले व्यावसायिक उत्पादन नभएसम्म सेयर बेच्न नपाउने
९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीलाई कस्ने नीति लिएको छ । बोर्डले आईपीओ निष्कासनदेखि हकप्रद निष्कासन र संस्थापक सेयरधनीलाई ‘लकइन’ खुलेपछि पनि व्यवसायिक उत्पादन नगर्दासमम सेयर बिक्री गर्न नपाउने गरी कसिलो नीति लिने भएको हो ।
धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीले ‘लकइन’ अवधि सकिएपनि व्यावसायिक उत्पादन सुरु नगरी सेयर बिक्री गरी बाहिरिन नपाउने व्यवस्था गर्ने भएको हो ।
परियोजना निमार्णमा ५० प्रतिशत प्रगति भएपछि आईपीओ निष्कासनका लागि आवेदन दिन पाउने र आयोजना नसकिंदै संस्थापकहरुको ‘लकइन’ अवधि सकिएपछि सेयर बिक्री गरेर संस्थापक बाहिंरदा आयोजना नै अन्योलमा पर्ने …
अमेरिकी डलरले बनायो नयाँ रेकर्ड
भदौ २२, काठमाडौं : अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
२१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको …
५१ वटा विद्युतीय चार्जिङ स्टेशनको एकैपटक उद्घाटन(सूचीसहित)/अब निजी क्षेत्र आउनुपर्ने कुलमान घिसिङको भनाई
भदौ २०, काठमाण्डौ : नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरे ।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो …
भारतीय बैंकका गभर्नर दास विश्वकै उत्कृष्ट
भदौ १७, काठमाडौं : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई०’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट सूचीमा परेका छन् । आरबीआई गभर्नर दासलाई अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।
‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको आरबीआईले एक्स ९ट्वीटर० मार्फत जानकारी गराएको छ । दासपछि स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा …
एक सातैमै तोलामा १४ सय बढ्यो सुनको मूल्य
भदौ १६, काठमाडौँ : यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै, महासंघकाअनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० रुपैयाँ कायम थियो । यसबाहेक, सुनको मूल्य …
आठ वर्षपछि पूर्ण सञ्चालनमा तातोपानी नाका
रासस, भदौ १५, सिन्धुपाल्चोक : नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्।
सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए। नाका खुलाउन नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए। तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए।
विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको …
एलपी ग्यासको मूल्यमा एकै पटक २३५ रुपैयाँले वृद्धि
भदौ १५, काठमाण्डौ : सरकारले खाना पकाउने ग्यासको मूल्यमा उच्च वृद्धि गरेको छ । प्रतिसिलिन्डर २३५ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले एक सूचना जारी गर्दै गएराति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्य बढेको जनाएको छ । अब खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८९५ रुपैयाँ पुगेको छ । यस्तै पेट्रोलमा तीन रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाइएको छ ।
अर्थतन्त्र चलायमान बनाउनुपर्ने माग सहित प्रजिअ मार्फत अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र
भरतपुर: नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका माग सहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैकका गभर्नरलाई ज्ञापन पत्र पठाएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले विभिन्न माग सहितको ज्ञपानपत्र चितवनका प्रमुख जिल्ला अधिकारीलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष डा. तिलचन्द्र भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएको हो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनका अध्यक्ष इमान्दु …
विदेशी मुद्राको विनिमय दर (बुधबार)
भदौ १३, काठमाडौं : नेपाल राष्ट्र बैंकले आज ९१३ भदौ २०८०, बुधबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।
लष्mद
युरो १ को खरिद दर १४२ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ …
विदेशी मुद्राको विनिमय दर सोमबार कुनको कति ?
भदौ ११,काठमाडौं : नेपाल राष्ट्र बैंकले आज ९११ भदौ २०८०, सोमबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
सोमबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ १७ …
भदौमा सरकारको खर्च भन्दा आम्दानी दोब्बरले बढ्यो
भदौ १०, काठमाडौं : सरकारको खर्च भन्दा आम्दानी दोब्बरले बढेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ १० गतेसम्मको अवस्थामा खर्च भन्दा आम्दानी बढी देखिएको हो । सरकारले यो अवधिमा १ खर्ब बढी आम्दानी गर्दा ५३ अर्ब मात्र खर्च भएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार सरकारले उठाउने कर, गैर कर, अनुदान र अन्य प्राप्ति गरेर १ खर्ब ७८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, यो अवधिमा खर्च भने ५३ अर्ब ९० करोड ४० लाख रुपैयाँ भएको छ । चालू खर्चको हिस्सा २४ अर्ब ६५ करोड ६५ …
बिहिबारकालागि विदेशी मुद्राको विनिमय दर
भदौ ७, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आज (७ भदौ २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ छ भने बिक्री दर १३२ रुपैयाँ ६० पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ २९ …
आज विदेशी मुद्राको विनिमय दर
भदौ ४, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले आज आज सोमबारका लागि विभिन्न मुलुकका मुद्रा विनिमयदर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
आज अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ९६ पैसा रहेको …
राष्ट्र बैंकद्धारा देशको वर्तमान आर्थिक स्थिति प्रस्तुत
भदौ १, काठमाण्डौ : नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ । शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको उल्लेख छ । रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो ।
यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.२९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको …
