आँखा पाक्ने रोग फैलियो/आईतबार मात्रै कावासोतीमा १ सय ९३ जना आँखाका विरामि
साउन २२, चितवन : आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।
चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार अन्य समयमा एक हजार दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।
अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी …
आँखा पाक्ने रोग फैलिन थालेपछि भरतपुरका सबै शिक्षण संस्था बन्द
साउन २१, चितवन : जिल्लामा आँखा पाँक्ने रोग ब्यापक फैलिन थालेपछि चितवनका पालिकाहरुले विद्यालयहरु धमाधम बन्द गर्न थालेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।
भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै महानगरका २९ वटै वडामा रहेका विद्यालय साउन २२ गतेदेखि २६ गतेसम्म ५ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
आँखा पाक्ने रोगको संक्रमण बृद्धि हुँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको पाईएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा हिउँदे वा वर्षे विदाबाट मिलान गर्ने गरी विदा दिईएको …
नवलपुरमा साउनमा मात्रै ९ जनामा डेंगु देखिएपछि नियन्त्रण तथा रोकथाम अभियान सुरु
साउन २०, नवलपुर : नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा डेंगु नियन्त्रण तथा रोकथामका लागि दश मिनेट अभियान सुरु गरिएको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा बढेको डेँगुको जोखिमलाई मध्यनजर गर्दै यसको रोकथामका लागि अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाइँले बताए ।
लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरू खोज्ने र नष्ट गर्ने उद्देश्यका साथ जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारी, बैङ्किङ क्षेत्र , टोल सुधार समिति, आमा समूह, युवा क्लब सबैलाई हप्ताको एकदिन १० मिनेट सरसफाइको अभियान सञ्चालन गर्न आवान गरिएको चापागाइँले बताए ।
अभियान अन्तर्गत जिल्लाका स्थानीय …
साउन २९ देखि सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा
साउन १५,काठमाडौँ : स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा। गोविन्द केसी पुन सत्याग्रहमा बस्ने भएका छन् । यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा दिएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा। केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताए । ‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्’, पत्रकार सम्मेलनमा डा। केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ …
डेङ्गीको सङ्क्रमण फैलिँदै/४ हजार बढि संक्रमित
साउन १०, काठमाण्डौ : लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने विज्ञले चेतावनी दिएका छन् । गर्मीसँगै पानी परिरहेकाले लामखुट्टेको वृद्धि विकास भइरहेको अवस्थामा लामखुट्टेको बासस्थान नष्ट गर्न नसके सङ्क्रमण थप फैलिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताएका छन् । उनका अनुसार यसपालि अहिलेसम्म चार हजार जना भन्दा धेरैलाई डेङ्गीको सङ्क्रमण भइसकेको छ।
यसमध्ये ८० प्रतिशत संक्रमित सुनसरीका रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए।
उनका अनुसार सबैभन्दा धेरै सुनसरीको …
सात लाख ६८ हजार पशुमा लम्पी स्किनको सङक्रमण निको भैसक्यो
साउन १०, काठमाण्डौ : पशुचौपायमा फैलिएको लम्पी स्किन रोगको सङक्रमण निको हुने दर बढ्दै गएको छ । अहिलेसम्म देशभरका गरी १० लाख ५४ हजार पशु सङक्रमित भएको पशु सेवा विभागको तथ्याङ्क छ ।
तीमध्ये सात लाख ६८ हजार पशुमा सङक्रमण निको भैसकेको छ । अहिले सक्रिय अवस्थाका सङक्रमित पशुको संख्या २ लाख ६८ हजार छ ।
लम्पी स्किनकै कारण बितेका ५ महिनामा ४८ हजारभन्दा धेरै गाई–भैँसी मरेका छन् ।
यो रोगको सङक्रमण सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा धेरै छ । यो रोगविरुद्धको खोप एलएसपी लगाइएका गाई–भैँसीको संख्या तीन लाख एक हजार भन्दा धेरै रहेको पशु …
अनुगमनमा गएका प्रशासकीय अधिकृत सहितको टोलीलाई व्यापारीले थुनिदिएपछि हंगामा
साउन ९, सुनसरि : औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई २ घण्टा बढी थुनेका हुन् ।
गृहको पत्रानुसार औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । सो क्रममा अनुगमन टोलीमाथि हातपातको प्रयास भएको बताइएको छ । औषधी व्यवसायी र व्यापारीको अवरोधका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पु-याएको थियो ।
व्यापारीहरुले ओषधि पसल बन्द गर्ने धम्की …
नियन्त्रण भन्दा बाहिर लम्पी स्किन : नवलपुरमै ४ सय १३ गाईभैँसी मरे
साउन ६, कावासोति : पछिल्लो समय देशैभर फैलिएको लम्पी स्किन नियन्त्रण बाहिर गैसकेको छ । सरकारले देशैभरका स्थानिय तहलाई रोग संक्रमण फैलिन नदिनकालागि औषधिहरु पठाईरहेको भएपनि त्यसको कुनै पनि प्रभावकारीता नदेखिएको कार्यक्रममा सहभागिहरुले नै स्विकार गरेका छन् ।
देशका अन्य जिल्लामा जस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण ६ हजार २४ पशुचौपाया सङ्क्रमित भएको तथ्याङ्क छ भने यस रोगबाट हालसम्म जिल्लामा ४ सय १३ गाईभैँसीको मृत्यु भैसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जनाएको छ ।
केन्द्रका प्रमुख पशु चिकित्सक डा. ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए । …
नेपाली नर्सलाई बेलायतमा रोजगारी
साउन ५, काठमाण्डौ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ।
बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार ९जिटुजी० संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ। आवेदन आज ९शुक्रबार० देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ।
आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ …
संविधानमा लेखिए पनि स्वास्थ्यको मौलिक हकबाट जनता वञ्चित छन् : स्वास्थ्यमन्त्री बस्नेत
२८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता त्यसबाट वञ्चित भएको बताएका छन् ।
राष्ट्रिय सभामा उठेका प्रश्नहरुको आज जवाफ दिने क्रममा मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । ‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने, यो जनताको नैसर्गिक अधिकार हो, मौलिक हक हामीले कायम गरेका छौं । तर मैले अब नढाँटिकन भन्नुपर्छ जे भनिएको छ, त्यस्तो हुन सकिरहेको छैन,’ मन्त्री बस्नेतले बताए ।
लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले …
बालबालिकामा देखिने ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ के हाे ?
बालबालिकामा मस्तिष्क विकासको क्रममा आउने समस्यालाई अटिजम भनिन्छ । यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ ।
यसमा बच्चामा एक्लै खेल्न मन पराउने, आँखा जुधाएर बोल्न नसक्ने, उमेरअनुसार बोली नफुट्ने, आफूसमान उमेर समूहका साथीसँग घुलमिल हुन मन नपराउने, एकोहोरो बस्न मन पराउने, कुराकानी नगर्ने, एउटै कुरा दोहोर्याइरहने, बोलाउँदा पनि प्रतिक्रिया नदिने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने इत्यादि लक्षण पर्छन् ।
टिभी, कम्युटर र मोबाइलको लत धेरै हुने बालबालिकामा भर्चुअल अटिजम देखिन सक्छ । यो धेरैजसो तीन वर्षमुनिका बच्चा देखिने गर्छ ।
भर्चुअल अटिजमको उपचारः
भर्चुअल अटिजम भएका बालबालिकालाई टिभी, मोबाइल र स्क्रिनबाट टाढा राख्नुपर्छ । स्क्रिनबाट …
मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?
काठमाडौं । मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको समयमा उपचार गरिएन भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ ।
त्यसैले मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? यसको उपचार कसरी गरिन्छ लगायतको विषयमा वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा. रविनबहादुर बस्नेतसँग गरिएको कुराकानी :
मिर्गौलामा पत्थरी के कारणले हुन्छ ?
सामान्यतया मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निष्कासन गर्नु हो । तर कहिलेकाहीं शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, …
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी
काठमाण्डौ – सरकारले बालिकालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी गरेको छ ।
चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरस विरुद्धको २० हजार मात्रा खोप नेपाल भित्रिएको छ ।
यो खोप ९ देखि १४ वर्ष उमेरका बालिकालाई लगाउने तयारी भएको हो । तर, कहिलेदेखि खोप लगाउने भन्ने टुंगिएको छैन ।
अहिले २० हजार मात्रा मात्रै आएकाले कसलाई प्राथमिकतामा राख्ने भन्ने पनि टुंगीसकेको छैन । यो खोप टेकुमा रहेको भण्डारणमा राखिएको छ ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप दुई …
स्वदेशी उत्पादनले धान्दैछ आयुर्वेदिक औषधिको आधा व्यापार, जडिबुटीमा विश्वास गर्नेहरुको संख्या बढ्दो
काठमाडौं । मुलुकमा आयुर्वेदको औषधिको माग बढ्दो छ ।आयुर्वेदका अनुसार संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जरामा औषधीय गुण हुन्छ ।
जुन भूगोलमा मानिसको उत्पति हुन्छ, त्यहीँको माटोमा उत्पादित वनस्पतिबाट प्राप्त औषधी रामवाण हुन्छ भन्ने मान्यता छ । एकातिर तारे होटलको शैलीमा खुलेका भीमकाय अस्पतालको चर्चा चुलिरहँदा दशकौंदेखि चल्दै आएका पुराना आयुर्वेदिक पसलमा विश्वास गर्नेहरुको ठूलो पंक्ति रहेको छ ।
नेपालमा भौगोलीक हिसावबाट पनि आयुर्वेदिक औषधिको ठूलो उत्पादन हुन्छ । विभिन्न नीजि कम्पनी देखि सरकारी स्वामित्वमा रहेका सिंहदरबार बैद्यखाना र जडीवुटी उत्पादन तथा प्रशोधन लिमिटेडले आयुर्वेदीक औषधी उत्पादन गर्दै आएका छन् …
कोका-कोलालगायतका पेय पदार्थको गुलियोले क्यान्सर निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोका–कोला, इनर्जी ड्रिङ्क्स, चुईङगमलगायतका पेय तथा खाद्य पदार्थमा प्रयोग गरिन गुलियोले क्यान्सर हुनसक्ने चेतावनी दिएको छ ।
कोका–कोलालगायत अन्य पेय तथा खाद्यपदार्थलाई मीठो बनाउन प्रयोग गरिने आर्टिफिसियल स्विटनर एस्पार्टमले क्यान्सरको जोखिम बढाउने चेतावनी डब्ल्युएचओले दिएको हो । एस्पार्टम कोका–कोला, डाइट सोडा, मार्स एक्स्ट्रा च्युइङ्गम र केही अन्य पेय तथा खाद्यपदार्थमा प्रयोग गर्ने गरिन्छ ।
गत वर्ष फ्रान्समा एस्पार्टमबारे भएको एउटा अनुसन्धानले त्यसको प्रयोगले क्यान्सरको खतरा उच्च बनाउने देखाएको थियो । आर्टिफिसियल स्विटनर सेवन गर्ने १ लाख मानिसमा उक्त अध्ययन गरिएको थियो । त्यसबाट कृत्रिम मिठास …
चिकित्सकले परामर्शमा पर्दैन ‘होलबडी चेकअप’, तर पनि मौलाइरहेछ ?
काठमाडौं । शरीरमा थोरै बिसन्चो भयो कि फार्मेसी पुगेर औषधि किनेर खाइहाल्ने । दुखाइ अलिकति बढ्यो, अस्पताल वा क्लिनिक पुगेर आफूखुसी ‘होल्ड बडी’ चेकअप गराइहाल्ने ।
यस्तो परिपाटी पछिल्लो समय निकै चलिरहेको पाइन्छ । इन्टरनेटको सहज पहुँचले हामीमध्ये धेरै अहिले हरेक शारीरिक समस्याको समाधान आफैं खोज्न तम्सिन्छौं । इन्टरनेटमा भेटिने हरेक सामग्रीप्रति हामी यतिसम्म अन्धभक्त भइदिन्छौं कि कुनै स्वास्थ्य समस्याको लागि सम्बन्धित चिकित्सकको परामर्श लिन समेत आवश्यक ठान्दैनौं । जसकारण पनि केही समययता स्वेच्छाले ‘होलबडी’ चेकअप (पूरै शरीरको जाँच भनिने गरिएको) भनेरै आफूखुसी आउने बिरामी समेत अस्पतालमा बढिरहेका छन् । यहाँसम्म …
९ प्रतिशत गर्भ आफैं खेर जान्छ
९ असार, काठमाडौं । नेपालमा ९ प्रतिशत गर्भ आफैं खेर जाने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्षका महिलाको ९ प्रतिशत गर्भ आफैं खेर जाने देखिएको हो ।
८० प्रतिशत शिशु जीवित जन्मिएका र २० प्रतिशतको गर्भ खेर जाने गरेको सर्वेक्षणले देखाएको छ । गर्भ खेर गएको मध्ये १० प्रतिशतले गर्भपतन गराएको र ९ प्रतिशतको आफैं खेर गएको र १ प्रतिशतको मृत बच्चा जन्मिछन् ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृर्तिपाल सुवेदीका अनुसार आफैं गर्भ खेर जाने अधिंकाश किशोरीवस्थाका हुन्छन् । ‘आमाको …
नेपालीलाई अस्पताल पुर्याउने प्रमुख १० स्वास्थ्य समस्या, ग्यास्ट्रिक पहिलो
२ असार, काठमाडौं । पछिल्लो समय नेपालीको खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार पछिल्ला दिनमा अस्पताल पुग्ने बिरामीको तथ्यांकले पनि नसर्ने रोगले भयावह रूप लिन थालेको संकेत गरेको छ ।
केही वर्षअघिसम्म धेरै नेपाली अस्पताल जानुपर्ने कारणमा सरुवा रोग पहिलो स्थानमा थियो । तर अहिले ग्यास्ट्राइटिस (ग्यास्ट्रिक), श्वासप्रश्वासको समस्या, टाउको दुखाइ, ज्वरो, उच्च रक्तचाप, छालाको संक्रमण लगायतका कारण मानिसहरु अस्पताल धेरै जानुपरेको छ ।
स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–०८० (चैतसम्म) मा अस्पताल पुग्नेमा सबैभन्दा धेरै बिरामी ग्यास्ट्रिकका …
आज विश्व रक्तदाता दिवस मनाइँदै
३१ जेठ, काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ ।
यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।
नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले …
अनुहारमा चमक ल्याउन यसरी गर्न सकिन्छ फेस योगा
सुन्दर र आकर्षक देखिनका लागि मानिसले विभिन्न उपाय लगाइरहेका हुन्छन् । विभिन्न प्रकारका क्रिम, उपचार र अन्य धेरै उपायको सहारा लिइरहेका हुन्छन् । यी सबैले अनुहारमा चमक ल्याउने भए पनि बढ्दो उमेरसँगै अनुहारमा देखिने प्रभावलाई कम गर्न भने सक्दैन ।
यस्तो अवस्थामा अनुहारको लागि व्यायाम निकै उपयोगी साबित हुन सक्छ । यसका लागि ‘फेस योगा’ गर्न सकिन्छ । जसरी योगा स्वास्थ्यको लागि महत्वपूर्ण छ, त्यसैगरी अनुहारको लागि पनि उत्तिकै फाइदाजनक छ । आफ्नो अनुहारलाई आकर्षक बनाउन ‘फेस योगा’ कसरी गर्ने, के छन् यसका फाइदा ? जानौं ।
के हो फेस योगा ?
अनुहारको …
