चर्को गर्मीबाट बालबालिका र नवजात शिशुलाई कसरी जोगाउने ?
तराईका जिल्लामा अहिले ४० डिग्री सेन्टिग्रेडको हाराहारीमा तापक्रम छ । बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर पारिरहेको छ ।
बढ्दो गर्मीले तराईका जिल्लामा धमाधम विद्यालयहरुमा बिदा दिइरहेको अवस्था छ । बालबालिकाहरु एकै ठाँउमा राख्दा गर्मीले झनै समस्या पार्ने, संक्रमण फैलिने डर त छँदैछ, अर्कोतिर कतिपय विद्यालयका भौतिक संरचनासमेत विद्यार्थीमैत्री नहुँदा झन् ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने खतरा छ ।
बालबालिकाहरु शिक्षकहरुसँग सहज ढंगले आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुन्छन् । कतिपय बालबालिकालाई आफ्नो ज्यानले के मागिरहेको छ भन्ने पनि थाहा …
‘रेकर्ड’ ब्रेक गर्दै नवलपुरको तापक्रम
२७ जेठ, नवलपुर । तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढी लगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ ।
जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो । विभागको हावापानी विज्ञान महाशाखाले वैशाख ६ गतेदेखि देशको तापक्रम सार्वजनिक गर्न सुरु गरेको थियो । सोही दिन नवलपुरको दुम्कौलीको तापक्रम देशकै …
तीतो मेथी र करेलाका मीठा गुण
मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै पुरानो चलन हो । यो एउटा प्रचलित खाद्यसंस्कृति बनिसकेको छ । नेवार जातिकै कतिपय सदस्यले भने मेथी टुसाको तीतोपन मन नपरेर फालेको पनि देखिन्छ । टुसा उमारेको मेथीको अचार खाँदा अनुभव हुने तीतोपनले शरीर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
अहिले बजारमा सहजै पाइने जंक फुडका कारण घरमै उपलब्ध कतिपय महत्वपूर्ण खानालाई बेवास्ता गरिरहेका छौं । हाम्रा घर वरिपरि वा भान्सामा हुने यस्ता खानाहरू सस्ता मात्र छैनन्, स्वास्थ्यबर्द्धक र पोषणयुक्त पनि छन् । तर हामी यस्ता खानालाई भुल्दै बजारमा बढी चर्चा हुने …
बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ उपाय
बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा अलि कमजोर हुन्छ । त्यसैले विभिन्न संक्रमण र फ्लुले बालबच्चालाई छिट्टै सताइहाल्छ ।
बच्चा धेरै बिरामी भइरहने भएकाले उनीहरुलाई कसरी स्वस्थ राख्ने भन्ने चिन्ता अभिभावकलाई हुन्छ । बच्चालाई रोग लाग्नबाट बचाउन रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउनु जरुरी छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन अभिभावकले यी पाँच कुरामा ध्यान दिनुपर्छ ।
पूर्ण खोप:
बच्चा जन्मने बित्तिकै विभिन्न खालका संक्रमणबाट बचाउन सकियोस् भनेर खोप दिन सुरु गरिन्छ । जन्मेदेखि १५ महिनासम्म बच्चालाई सरकारले विभिन्न खालका खोप निःशुल्क उपलब्ध गराउँछ ।
खोपको उद्देश्य बच्चामा प्रतिरक्षा प्रणाली बढाउनु हो । समयमै खोप दिएपछि उनीहरू …
थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
टन्न खाएर पनि घटाउन सकिन्छ तौल, तर कस्तो खानेकुरा ?
काठमाडौं । मोटोपन कसरी घटाउने ? यसको चल्तापूर्जा सूत्र हो, खानेकुरामा कटौती ।
आम मान्छेमा के धारणा छ भने मोटोपनको कारण खानपान नै हो । त्यसैले आफ्नो थालीबाट खानेकुराको मात्रा घटाएपछि पेटको बोसो पनि घट्छ भन्ने बुझाइ छ । तर मोटोपन घटाउने वैज्ञानिक तरिका होइन यो ।
मोटोपन नियन्त्रणका लागि आवश्य पनि खानपानको भूमिका हुन्छ । त्यसैले खानामा भएको क्यालोरीको मात्रा घटाउने हो, पोषक तत्व होइन । जब हामी खानेकुराको मात्रा घटाउन थाल्छौं, पोषक तत्व पनि कम हुन्छ । यसले गर्दा शरीरको बोसो घट्दैन बरु मांसपेशी र शरीरको पानी घट्न थाल्छ । …
७६ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित
२० चैत, काठमाडौ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् ।
यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।
‘ब्लड ग्रुप’ किन सबैमा एकनास हुँदैन ?
रगत शरीरमा बग्ने तरल पदार्थको संयोजन तत्व हो, जसमा प्लाज्मा र रक्त कोषिका हुन्छन् । यसले शरीरभरि परिक्रमा गर्छ, विभिन्न कोषिका र तन्तुहरूमा अक्सिजन र पोषक तत्व पुर्याउँछ । हेर्दा उस्तै देखिने रगतको रङ रातो भएपनि व्यक्ति अनुसार यसको समूह चाहिं फरक-फरक हुन्छ । जसले कसैलाई रगत चाहिएमा अर्को व्यक्तिको रगत नमिल्न सक्छ ।
रगत फरक किन हुन्छ ?
रक्तकोषमा तन्तु ४५ प्रतिशत र पानीको तत्व ५५ प्रतिशत हुन्छ । कोषमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लुबीसी) र प्लेटलेटहरु हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका कोषमा पुर्याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने …
‘अहिले स्तन नकाटी शल्यक्रिया गरेर क्यान्सर निको पार्न सकिन्छ’
काठमाडौं । महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । यद्यपि यो पुरुष र महिला दुवैलाई हुन्छ । यो एकदमै गम्भीर प्रकारको क्यान्सर हो । स्तन क्यान्सर स्तनको जुनसुकै भागबाट सुरु हुन सक्छ ।
स्तन क्यान्सर कुनै उमेर समूहलाई मात्र हुन्छ कि जुनसुकै उमेरकालाई ? स्तन क्यान्सर भएमा यसको पहिचान र उपचार कसरी हुन्छ ? लगायत विषयमा त्रिवि शिक्षण अस्पतालको रेडियोलोजी विभागमा सहायक प्राध्यापक डा. अनामिका झासँग गरिएको कुराकानी :
सुत्केरी छँदा स्तनपान नगराउने महिलामा स्तन क्यान्सरको जोखिम हुन्छ भनिन्छ । यो सत्य हो ?
यो एकदमै सत्य हो । सुत्केरी छँदा स्तनपान …
अनुहार र छालामा कोठी आउनु सामान्य हो ?
हाम्रो अनुहार तथा छालामा पिग्मेन्ट उत्पादन गर्ने कोषको मात्रा बढी भएर कोठी आउने गर्छ । कोठी आउनुमा एउटा मात्र कारण छैन । कतिलाई वंशाणुगत रुपमा आउन सक्छ भने कतिलाई घामको प्रभावबाट पनि ।
घाममा धेरै हिंड्ने व्यक्तिको छालामा पनि कोठी आउन सक्छ ।
कोठी के हो ?
मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने भाषामा कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा गुँड जस्तो भएको हुन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।
हाम्रो छालालाई रंग उत्पादन गर्न मेलानोसाइट भन्ने कोष …
पायल्स निको बनाउन गरिने क्षारसूत्र के हो ?
काठमाडौं । पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भएको भनिन्छ ।
रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधि छन् ।
आयुर्वेदिक उपचार विधिमा पनि क्षारसूत्र विधि प्रभावकारी भनेको हामीले सुनिरहेका हुन्छौं । क्षारसूत्र भनेको के हो ? यो विधि कति प्रभावकारी छ ? लगायत विषयमा आयुर्वेदिक चिकित्सक डा. सुवर्ण पौडेलसँग गरिएको कुराकानी :
क्षारसूत्र …
कमिलाले मानिसको पिसाब सुँघेर पत्ता लगाउनेछ क्यान्सर
काठमाडौं । क्यान्सरको पहिचान तथा उपचारमा हुने प्रत्येक महिनाको ढिलाइले मानिसको मृत्युको खतरा १० प्रतिशतले बढ्छ ।
त्यसैले वैज्ञानिकहरुले लामो समयदेखि क्यान्सरको पहिचानका लागि सजिलो र चिरफारमुक्त विधिको खोज गरिरहेका छन् ।
अब भने चिकित्सा विज्ञानको यो जटिलतामा मानिसलाई कमिलाले सहयोग गर्न सक्नेछ । कमिलाले मानिसको पिसाब सुँघेर क्यान्सर भए नभएको पत्ता लगाउनेछ । यसलाई लिक्विड बायोप्सी पनि भनिन्छ । यसमा रगत, पसिना वा पिसाबको माध्यमबाट रोगको पहिचान गरिन्छ ।
वास्तवमा शरीरमा रहेका क्यान्सरका ट्युमरका कारण शरीरबाट फरक खालको रसायन निस्किन्छ । भोलाटाइल अर्गानिक यौगिक भनिने उक्त रसायन पसिना तथा पिसाबबाट बाहिर निस्किन्छ …
दाँत कीराले खाएमा उखेल्नु उचित कि फ्लोराइडयुक्त सिमेन्ट भर्नु ?
पछिल्लो समय आम नागरिकमा रोगबारे सचेतना बढ्दै गएको छ । तर मुख तथा दन्त स्वास्थ्यमा भने त्यति चासो दिइएको पाइँदैन । सामान्य लाग्ने दन्तरोग प्रायःजसो व्यक्तिमा पाइन्छ । यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ ।
स्वस्थ छौं भने पनि दाँतको सरसफाइ नहुँदा दाँत कमजोर हुँदै कीरा लाग्नेदेखि विभिन्न मुख तथा दन्त समस्या देखा पर्न सक्छ । जसमध्ये सबैभन्दा बढी देखिने भनेको दाँतमा कीरा लाग्ने समस्या हो । यसको समयमा उपचार नहुँदा दाँत नै काम नलाग्नेसम्मको अवस्था आउँछ ।
दाँतमा कीरा लाग्ने कारण:
दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा …
रिसाहा र आक्रामक स्वभावका मान्छेलाई वास्तवमै मुटुको समस्या हुन्छ ?
शारीरिक स्वास्थ्यका लागि स्वभावको भूमिका मुख्य हुन्छ । रोग निम्त्याउने एउटा जड मानिसको स्वभाव पनि हो भनिन्छ । विशेषतः हाम्रो स्वभाव अनुसार नै हाम्रो स्वास्थ्य स्वस्थ हुने र नहुने कुरामा भर पर्छ । मानिसको स्वभावलाई मुख्यतः दुई प्रकारले विभाजन गरिएको छ, एउटा टाइप ‘ए’ र अर्को टाइप ‘बी’ ।
हरेक कुरा भन्ने बित्तिकै चाहिने, रिसाहा, अस्वस्थ प्रतिस्पर्धा गर्न चाहने, आक्रोशित हुने, जता पनि छिटो पुग्नुपर्ने, बेचैन भइराख्ने, धैर्य नभएको, सामान्य कुरामा पनि जित्नुपर्ने, क्रोधी, बोल्दा तर्कसंगत कुरा नहुँदा पनि आफैं बोलेर जित्नुपर्ने स्वभाव हुन्छ । कमाण्ड गर्न खोज्ने तर तयारी नपुग्ने …
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
५ माघ, बागलुङ । दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन्। सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरिन्।
प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए। जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो ।
बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले । मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीनजनालाई सुत्केरी गराएको स्वास्थ्यचौकीकी अनमी माधुरी नेपाली बताउँछिन्। ‘धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा …
हेलमेटको प्रयोगले कपाल झर्न सक्छ, कसरी सुरक्षित राख्ने ?
कपालको सन्दर्भमा महिलाहरु बढी सचेत हुन्छन्, संवेदनसिल पनि । कपाल पातलो भएमा, झरेमा के गर्ने ? पुरुषका लागि यसका थुप्रै विकल्प भएपनि महिलालाई त्यस्तो सहज सुविधा उपलब्ध छैन । त्यसैले आफ्नो प्राकृतिक कपाललाई जोगाउनैपर्ने चुनौती हुन्छ, उनीहरुसँग ।
जबकि अहिले थुप्रै महिला स्कुटर-मोटरसाइकल प्रयोग गर्छन् । यसका लागि हेलमेट अनिवार्य हुने नै भयो । हेलमेट लगाइरहँदा कपाल झर्ने, टुक्रिने समस्या बढी नै देखिन्छ । यस्तो स्थितीमा के गर्ने त ? हेलमेट प्रयोग गर्दा कसरी कपाललाई जोगाउने त ?
घरबाट निस्किंदा एक खालको हेयरस्टाइल बनाएर गयो, पछि सबै बिग्रिएको हुन्छ । लामो समयसम्म हेल्मेट …
चीनको हेनान प्राप्तमा ९० प्रतिशत मानिस काेरोना संक्रमित
एजेन्सी । चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोराेना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् ।
स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस काेराेना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् । गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोराेना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ ।
सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोराेना संक्रमण दर बढेको हो । चीनले ३ वर्षपछि पहिलो पटक गत आइतबारदेखि …
योग किन पढ्ने
योग शब्दको अर्थ जोड्नु हुन्छ। आत्माको परमात्मासँगको मेल वा जोडलाई योग भनिन्छ। योगले मानवीय चेतनाको अधिकतम विकास गरी सम्पूर्ण जगतको रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ।
भगवान शिव, गौतम बुद्ध तथा हजारौं मुनिको साधना भूमिका रूपमा रहेको नेपाल योगको उद्गमस्थल हो। हठयोगका विभिन्न साधना पद्धतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रूपमा हेर्ने कुराले प्राचीन समयदेखि नै नेपाल योगभूमि हो भन्ने पुष्टि हुन्छ। प्राचीनकालदेखि ऋषिहरूले विकसित गरेको योग साधनाका साथसाथै चिकित्साको रूपमा पनि रहेको छ।
प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रूपमा रहेका थिए। वर्तमान समयमा …
योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ : डा. अधिकारी
उच्च रक्तचाप मूलतः जीवनशैलीसँग सम्बन्धित समस्या हो । त्यसो त वंशाणुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ । यद्यपि खराब खानपान, जीवनशैली, मानसिक विकारले नै उच्च रक्तचापको मूल कारक बन्ने गरेको छ । के त्यसो भए जीवनशैली सुधार गरेर रक्तचाप सन्तुलित राख्न सकिएला ?
चिकित्सकले यसको जवाफ ‘सकिन्छ’ भनी दिने गरेका छन् । अतः स्वस्थ्यकर जीवनयापनले उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ । यसमा अभिन्न रुपमा जोडिन्छ, योग, प्राणायम र ध्यान पनि ।
यसै विषयमा योगा प्रशिक्षक तथा आहारविद् डा. राजु अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
उच्च रक्तचाप नियन्त्रणका लागि योग, ध्यान, व्यायामको कुनै …
दिनभर काम गर्नेले पनि व्यायाम गर्नुपर्छ ?
चिकित्सा विज्ञानको एउटा मन्त्र छ, ‘रोग लागेर उपचार खोज्नुभन्दा निरोगी हुनु सर्वोत्तम हो ।’
निरोगी कसरी रहने त ? यसको जवाफ पनि पूर्खाहरुले खोजतलास गरिसकेका छन् । साथै आफ्नो जीवनमा अभ्यास गरेर त्यसको सफल नतिजा देखाइसकेका छन् । यसको तीनवटा सूत्र छन्- सही आहार, विहार र विचार ।
समुचित खानपान, दिनचर्या र सोच-चिन्तनले मान्छेलाई स्वस्थ राख्छ भनिन्छ । यसमा अपरिहार्य मानिएको छ, शारीरिक व्यायाम पनि । स्वस्थ्यका लागि व्यायाम निकै उपयोगी छ भन्ने जान्दाजान्दै पनि धेरैजसो मान्छे व्यायाम गर्न जाँगर देखाउँदैनन् ।
कतिपय भन्छन्, ‘रोग लागेको छैन, तगडा नै छु । किन व्यायाम …
