पिठौली चौरमा यसवर्ष देखी माघी मेला सुरु, वर्षेनी मेला आयोजना गर्छौः अध्यक्ष गुरुङ्ग ।
एन.सन्चार, कावासोती, माघ १, ०८१ : कावासोती नगरपालिका वडा नंम्वर १२ मा रहेको एकादसी मेला लाग्ने चौरमा प्रथम पिठौली मकर सक्रान्ती धार्मिक कार्यक्रम एवं मिनि मेला लागेको छ ।
धर्म, कला र सस्कृति पिठौलीको पहिचान भन्ने मुल नारासहित पिठौली चौर यूवा समिति र प्रगतिशिल युवा क्लवको सयुक्त आयोजना तथा पिठौली आसपासका विभिन्न संघ सस्था, मठ मन्दिर तथा सामुदायिक वन समुहको समन्वयमा सो मेला आयोजना गरिएको हो ।
नारायणी नदि तटमा स्नान गर्न आउने धर्मावलम्वीहरुलाइ लक्षित गरि सो मेला आयोजना गरिएको पिठौली चौर युवा समितिका अध्यक्ष सागर गुरुङ्गले जानकारी दिनुभयो ।
चौर समिति र …
जिल्ला स्वास्थ कार्यालय तनँहुको आयोजनामा सर्पदंश सम्वन्धी आधारभुत तालिम सम्पन्न ।
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश उपचार केन्द्रमा कार्यरत कर्मचारीका लागी आधारभुत तालिम कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर २३ गते बाट देवचुली नगरपालिका स्थित दलदलेमा रहेको सहारा पार्टिै प्यालेसमा आयोजना गरिएको सो तालिम मंसिर २५ गते मंगलवार सम्पन्न भएको हो ।
जिल्ला स्वास्थ कार्यालय तनहुको आयोजना तथा व्यवस्थापनमा सन्चालित सो तालिम कार्यक्रममा सिनियर टक्सिनोलोजिष्ट डा. छविलाल थापा, मध्यविन्दु जिल्ला अस्पतालका मे.सु डा. रमेश अधिकारी, वायोलोजिष्ट कमल देवकोटा, एनपिआइ कालिगण्डकी अस्पताल कावासोतीका एनेस्थेसियोलोजिष्ट डा. तृप्ति देवकोटा, डा. विक्रम तिवारी लगायतले तालिममा सर्पदंश सम्वन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सर्पदंश उपचारमा संलग्न …
गण्डकी आवासीय माध्यमिक विद्यालयको तेर्हौ बाषिकोत्सव तथा लर्निङ्ग एक्सपो सम्पन्न
एन सन्चार,कावासोती: कावासोती नगरपालिका ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयको बार्षिकोत्सव तथा लर्निङ्ग एक्सपो सोमबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमूख आतिथ्यता नगर प्रमूख विष्णु प्रसाद भुसालले गर्नुभएको थियो भने शिक्षा अधिकृत राजन पाण्डेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सांस्कृतिक, भाषिक, विज्ञान प्रविधी, गणित, खाना आदिको स्टलहरुमा विद्यार्थीहरुबाट तयार पारिएका परिकार तथा शिक्षण सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । तीन दिनदेखि चलिरहेको कार्यक्रम आज प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमसंगै सम्पन्न भएको हो । विद्यार्थीले निमार्ण गरेका सामाग्रीमध्ये पेपर वर्क र आर्टहरु कक्षाकोठामै प्रदर्शन गरिएको थियो भने थ्रिडी मोडेल तथा …
हुप्सेकोटका सोमैको दुबै मृगौला फेल भएपछि जिवन बचाईदिन अपिल
एनसञ्चार संवाददाता, भदौ २०, कावासोती : नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुवै मृगौला फेल भएपछि आफ्नो जिवन बचाईदिन सार्वजनिक अपिल गरेका छन् । करिब २ वर्ष अगाडिदेखि दुवै मृगौलाले काम गर्न छोडे पछि गम्भिर समस्यामा परेका सोमै यतिबेला उपचाररत छन् ।
जिवन मरणको संघारमा पुगेका सोमैले उपचार गर्दा गर्दै भएको सबै सम्पत्ति समेत सकिईसकेको बताएका छन् । उनले अहिले पनि उपचारमा हर महिना लाखौँ रकम खर्च गरिरहनुपरेको एवं मृगौला प्रत्यारोपणलाई सफल बनाउन अझै लाखौँ खर्च लाग्ने भएकोले आफ्नो जिवन बचाईदिन उनले अपिल …
कावासोतीमा एमाले नगर अध्यक्ष तलब विवाद : विरोध पछि निर्णय सच्याउदै मेयर भुसाल
भदौ १६, कावासोती : नवलपरासी(वर्दघाट सुस्ता पूर्व), नवलपुरको कावासोती नगरपालिकाले एमाले नगर अध्यक्ष रामकृष्ण ढुङ्गानालाई मासिक ४३ हजार ६ सय रुपैयाँ तलब दिन थालेपछि विवाद भएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेविसंघले सो कार्यको विरोध गर्दै एमालेबाट निर्वाचित मेयर विष्णुप्रसाद भुसाललाई शुक्रवार ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै भुसालले त्रुटिपूर्ण निर्णय भए त्यसलाई रद्द गर्ने प्रतिबद्धता जनाएका छन् । नगरप्रमुख भुसाललाई एमाले स्थानीय नेता ढुङ्गानालाई राजनीतिक सल्लाहकार नियुक्त गरेर अधिकृत स्तरको मासिक तलब सुविधा दिन थालेपछि नेविसंघ तथा अन्य राजनीतिक दलका स्थानीय नेताहरूले विरोध गरेका छन् ।
गण्डकी प्रदेश …
के धामि, झाँक्रिले पनि मानिसको उपचार गर्न सक्छन् ? (दुई भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १५, कावासोती : नेपाली समाज र संस्कृतिका विभिन्न आयामहरुका बारेमा गहकिलो अध्ययन अनुसन्धान गर्ने विदेशी विद्वानहरुमा ग्रेगरी ग्याब्रियल मास्करिनेक अग्रणि थिए । अमेरिकाको हार्वड विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक रहेका ग्रेगरीले जुन १६, २०२२ मा क्यान्सरका कारण मृत्यु हुनु अगाडि नेपालको जाजरकोटमा रहँदा त्यहाँको परिवेश र अझ धामि झाँक्रिहरुले गर्ने उपचारविधिबाट निक्कै प्रभावित बनेका थिए ।
: ग्रेगरी ग्याब्रियल मास्करिनेक
धामीझाँक्रीहरुका बारेमा प्रायः सवैजसो विदेशी विद्वानहरुको चासो रहेको देखिन्छ। धामीझाँक्रीकै बारेमा पनि धेरैले अध्ययन गरेका छन्। तर यति गहिराइमा गएर झाँक्रीमन्त्रहरुको अर्थ केलाउने चाहीं मास्करिनेक मात्र हुन्। उनी …
सम्पत्ति सकियो,श्रीमतिले एउटा मृगौला पनि दिईन् अब सोमैलाई कसले बचाईदेला ? (भिडियो)
भदौ १२, कावासोती :दुःख सुख जिन्दगीलाई डोर्याईरहेका गोपे दाईको सानो परिवारमा अचानक ठूलो बज्रपात पर्यो । परिवारको मुलि हुप्सेकोट गाउँपालिका वडा नं. ६ का गोप बहादुर सोमैको दुबै मृगौलाले काम गर्न छाडे पछि उनको परिवार हरप्रहर आँशु पिएर जिवन बाँच्ने संघर्समा दौडिईरहेको छ ।
उनले आफ्नो दर्दलाई मुटुमा गाँठो पारेर भने : “दुबै मृगौलाले काम नगरेपछि डाईलासिस गर्दा गर्दै भएको सम्पत्ति सकियो, सरसापट गरेर यिनले (आफ्नै श्रीमतिलाई देखाउँदै) दिएको एउटा मृगौला प्रत्यारोपण त भयो तर मेरो शरिरले त्यसलाई लिन सकिराछैन..।”
सोमैले प्रदेशबाट फर्केर स्वदेशमै सानो होटल व्यवसाय चलाएर गुजारा गर्दै थिए दाजुभाई …
गौ हत्याको विरोधमा कावासोतीमा प्रदर्शन (भिडियो सहित)
एनसञ्चार संवाददाता, भदौ १०, कावासोती : धरानमा भएको गौ हत्याको विरोधमा नवलपुरमा प्रदर्शन भएको छ । सुनसरीको धरानमा भएको गौ हत्याको विषयलाई लिएर देशैभर द्धन्द्ध चर्कीएको अवस्थामा नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको सदरमुकाम कावासोतिमा हिन्दुवादि संघसंगठनहरु, नवलपुर युवा समाज लगायतले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् । कावासोतिको फलफुल चोकबाट निस्किएको र्यालि जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो ।
कावासोतीमा भएको विरोध प्रर्दशनमा विश्व हिन्दु युवा सङ नवलपुर अध्यक्ष लक्षु रिजाल, विश्व हिन्दु महासङ नगर अध्य्क्ष आनन्द राज चापागाइ, विश्व हिन्दु युवा सङ नवलपुर नगर अध्यक्ष सुदर्शन सापकोटा, विश्व हिन्दु महासङ …
अर्जुनचौपारि गाउँपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन
भदौ ०८, स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारि गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र बल पदको तयारीका लागि निःशुल्क तिन महिने कक्षा संचालन गरेको हो । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार तथा देशभक्ति युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताएका छन् ।
समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे …
धीरेन्द्रकृष्ण शास्त्रीलाई भेट्न होटलमै पुगे गृह र परराष्ट्रमन्त्री आजै शास्वतधाम आउँदै
शाश्वतधाम प्रवेशका लागि अनलाइन फर्म भरेर पास लिने व्यवस्था मिलाइएको छ । अनलाइन मार्फत भरिएको कार्डमा फोटो अनिवार्य गरिएको छ । फोटोसहित इमेलबाट प्रिन्ट गरिएको पासलाई आधिकारिक मान्ने बताइएको छ ।
एनसञ्चार संवाददाता, भदौ २, नवलपुर : बागेश्वर बाबाका नामले चर्चित भारतीय युवा धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीलाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद होटलमै पुगेका छन् । गएराति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले शास्त्रीलाई भेट गरेका हुन् ।
स्रोतका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गोप्यरूपमा भेट दिएका थिए । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो …
धर्मगुरु भनिने विवादित व्यक्तिलाई सिजिले शाश्वत्धाममा ल्याउँदै (धीरेन्द्रकृष्ण शास्त्रीका विवादित कुरा)
शास्त्रिले कथा वाचनको समयमा महिलाको लागि भनेका थिए : “जिन महिलाओं की मांग में सिंदूर और गले में मंगलसूत्र नहीं है, उनके बारे में हम समझते हैं कि यह प्लॉट अभी खाली है।’’ अर्थात जुन महिलाले मंगलशुत्र र सिंदुर लगाएकि छैनन्, ति महिलालाई देख्दा, यो खालि जग्गा रहेको भान हुन्छ ।
एनसञ्चार संवाददाता, साउन २८, कावासोती : चर्चित तर विवादित छवि बनाएका भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीले नेपालको सिजि ग्रुपद्धारा निर्मित शाश्वत धाममा प्रवचन दिने भएका छन् । नेपालको ठूलो व्यापारिक घराना चौधरी समूहले उनलाई नेपाल ल्याउन लागेको हो । चौधरी समूहले भारतको …
आँफ्नै मिहिनेतले सफल र समाजमा उदाहरणिय व्यवसायि, एक महिला
“जिन्दगीको परिभाषा के हो ? भन्नुस् त, मेरो वुझाईमा स शरिर जिवित छु भन्ने आभास हुनु मात्र पनि जिन्दगी हो, होईन र ? त्यो आभास भित्रको सन्तुष्टि आत्म सन्तुष्टि, हो मैले यि (खोरका बाख्रा देखाउँदै) बाख्राको हेरचाहमा, यिनिहरुको पालनमा साँच्चिनै त्यो सन्तुष्टि पाएकि छु, त्यसैले भनेकि हुँ, यि बाख्रामा आफ्नो जिन्दगी देखेकि छु ।”
एनसञ्चार संवाददाता, साउन २४, कावासोती : पछिल्लो समय वैदेशिक रोजगारिमा गएका श्रिमानले पठाएको सबै पैसा लिएर श्रीमति पर पुरुषसँग फरार, विदेशबाट श्रीमान घर आउँदा श्रीमति अर्कैसँग रंगेहात भेटियो जस्ता नयाँ नयाँ भिडियोहरु सामाजिक सञ्जालमा दैनिक जसो भाईरल …
सुरक्षित र उज्यालो वडा अभियान चलाउँदै कावासोती ४ (सम्पूर्ण योजनाको विवरण सहित)
एनसञ्चार संवाददाता,साउन २३, नवलपुर : कावासोतीको वडा नं. ४ ले सुरक्षित र उज्यालो वडा अभियानको सञ्चालन गरेको छ । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोति नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नारायण प्रसाद लोहनीका अनुसार स्थानिय सरकार, वडा भित्रका विभिन्न संघ सस्था, व्यवसायि र वडावासीसँग सहकार्य गरि सुरक्षित, उज्यालो र सुन्दर वडा बनाउने उद्येश्यका साथ विभिन्न कार्यहरु अभियानकै रुपमा सञ्चालन गरिएको हो ।
उज्यालो वडा कार्यक्रम अन्तरगत वडाको विभिन्न क्षेत्र भित्र पर्ने पोलहरुमा विजुलि बत्ति राख्ने कार्य आर्थिक वर्ष २०७९/८० मै सम्पन्न गरिसकिएको र बाँकि रहेका स्थानमा आर्थिक वर्ष २०८०/८१ भित्रै …
बाढी पहिरोले देशैभरको जनजिवन प्रभावित, २ को मृत्यु, मुख्य राजमार्गका दर्जनौ स्थानमा पहिरो (सम्पूर्ण विवरणसहित)
वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको निर्देशन
एनसञ्चार संवाददाता, साउन २३, नवलपुर : अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभरको जनजिवन प्रभावित बनेको छ । लगातारको वर्षाले देशका मुख्य राजमार्गहरुका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरुलाई समस्या भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार देशभर दर्जन भन्दा धेरै ठाउँमा राजमार्ग अवरुद्ध बनेका छन् ।
काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड …
बालेन : विवाद र प्रशंसा : चर्चामा आएका मुख्य विषयहरु (भिडियो)
देशको पछिल्लो राजनितिक घटनाक्रममा, देशका मन्त्री प्रधानमन्त्रीको भन्दा पनि धेरै चर्चा छ काठमाण्डौका मेयर बालेन्द्रन शाह उर्फ बालेनको..।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाण्डू महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेनले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन् ।
उनी मेयर भएपछि महानगरले चालेका धेरै कदमहरुको मानिसहरूले प्रशंसा गरिरहेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचनामा पनि परेका छन् ।
संघिय निर्वाचनमा देशैभर राष्ट्रिय स्वतन्त्रपार्टिका सभापति बनेका पूर्व सञ्चारकर्मी रवि लामिछानेको चर्चा र विजयको अर्को एउटा कारणमा स्वतन्त्र उम्मेद्वार बनेर जितेको बालेनले स्थानिय निर्वाचनमा पाएको सफलता पनि थियो ।
दुवैलाई चर्चाको शिखरमा …
गण्डकीका मुख्यमन्त्री पाण्डेको १ सय दिन पुरा,टुक्रे योजना वितरणमै मख्ख
एनसन्चार संवाददाता, साउन २०, कावासोति : गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार गठन भएको आज १ सय दिन पूरा भएको छ । १ सय दिनको अवधिमा पाण्डे नेतृत्वको सरकाले प्रदेशका दीर्घकालिन योजनादेखि प्रदेशलाई मजबुत बनाउने खालका योजना अघि सारेको देखिदैन । १ सय दिनमा पाण्डे नेतृत्वको सरकारलाई गोरखा केन्द्रित बजेट बनाएका, संघीयताको पहिचान दिलाउने खालका संस्थाको बजेट कटौती गरेको, सामाजिक विकास मन्त्रालयमार्फत टुक्रे योजनाहरु वितरण गरेको आरोप लागेको छ ।
मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले पहिलो कामः यातायात व्यवस्था कार्यालयहरुको सेवा प्रवाह प्रविधिमैत्री र छिटोछरितो बनाउन सुझाव सहितको प्रतिवेदन पेस गर्न …
नवलपुरको विद्युत समस्या समाधान गर्न प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई अनुरोध
प्राधिकरण प्रमुख घिसिङलाई टेलिफोन गरि विद्युत नियमित गराउन, हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको कामलाई जतिसक्दो चाडो सम्पन्न गर्न अनुरोध गरिएको हो । प्राधिकरण प्रमुख घिसिङले जिल्लामा भएका समस्यावारे बुझेर समस्या समाधानमा पहल गर्ने बताएका छन् ।
एनसञ्चार अनलाईन संवाददाता, साउन १८, नवलपुर : विद्युत छिनमा आउने र छिनमै जाने समस्याले हैरान भएका नवलपुर वासिले लामो समय वित्दा समेत समस्या समाधान नभएको बताएका छन्। एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले विषेशगरि नवलपुरको कावासोति नगरपालिका र यस आसपासको क्षेत्रका सेवाग्राही मारमा परेको गुनासो आएपछि एनसञ्चार अनलाईनले यसवारे नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान …
भोकभोकै सडकमा न्याय कुरिरहेकि एक नारि
एनसञ्चार संवाददाता, साउन १७, नवलपुर : गत फाल्गुन तिरको घटना थियो; २ दिन अगाडि काठमाण्डौको नयाँबानेश्वर स्थित संसदभवन अगाडिबाट दुईजना महिलालाई प्रहरीले पक्राउ गर्यो । निषेधित क्षेत्रमा आएर प्रदर्शन गर्न खोजेको उनिहरुलाई आरोप थियो ।
त्यसरि प्रहरीले पक्राउ गरेका दुई महिला थिए विनु यादव र आरति गिरि । विनु यादव र आरति गिरि दुवैले आँफु यौन हिंसाको सिकार भएको भन्दै न्यायको खोजिमा थिए ।
पक्राउको समाचार आएको सायद २ दिन पछि आरति गिरि रुँदै हाम्रो कार्यालयमा आएकि थिईन् त्यतिनैबेला हाम्रो पहिलो भेट भयो । करिब डेढ घण्टा जति उनको बिलौना सुन्यौ ।
आरतिको …
झाेले पत्रकार !! काे हुन वास्तविक झोलेहरु ?
पत्रकारितामा प्रश्न गर्ने दम नभएको, राजनीतिक दलहरु नागरिकप्रति उत्तरदायी भएनन् भनिरहँदा पत्रकारिता पनि नागरिकप्रति उत्तरदायी बन्न नसकेको, विभिन्न साँठगाँठ र लेनदेनमा पत्रकारिता अल्झिएकोले र विभिन्न पार्टि र सिद्धान्त बोकेका पार्टिगत संघ संगठनको दबदबामा पत्रकारहरु रहेकोले पनि हिजोआज पत्रकारहरु पत्रकार कम दलका प्रवक्ताझैं देखिन थालेका छन्
एनसञ्चार अनलाईन, साउन १०, कावासोति : सामान राखेर बोक्न छाला अथवा कपडाबाट बनाइने थैलो लाईनै झोला भनिन्छ । जुन् दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्री हो ।
यसको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको छ । यकिन रूपमा यतिनै बेलादेखि भन्न नसकिए पनि झोलाको इतिहास भने पुरानो …
वर्षाले कावासोति बजार अस्तव्यस्त : गण्डकीका धेरै स्थानमा रोपाइँ हुनै बाँकि
एन सञ्चार अनलाईन संवाददाता, साउन ९, कावासोति : यसअगाडि असारको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा धेरै जमिनमा रोपाई भै सक्ने गण्डकी प्रदेशमा यसपालि भने अहिलेसम्म करिब ७५ प्रतिशत मात्रै रोपाई सकिएको छ ।
अधिकांश खेत वर्षामा निर्भर रहेको गण्डकी प्रदेशमा हालसम्म ७५ प्रतिशत रोपाइँ पूरा भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले एनसञ्चार अनलाईनलाई बताएका छन् । उनका अनुसार असार १५ गतेसम्म १८ प्रतिशत मात्रै रोपाई भएको भए पनि वर्षाको क्रम बढेपछि असार १५ यता रोपाई बढेको हो ।
११ जिल्लाहरू रहेको गण्डकी प्रदेशका नौ वटा जिल्लाहरूमा मात्रै धान खेती हुने …