अण्डाको पहेंलो भाग खानै हुन्न ?

कुखुरा पहिले भयो कि अण्डा ? यो प्रश्न जति जेलिएको छ उत्ति नै विरोधाभास छ- ‘अण्डा खानु हुन्छ कि हुँदैन’ भन्ने सवाल पनि ।
पोषणविद् भन्छन्, ‘अण्डा प्रोटिनको राम्रो स्रोत हो । खानपानको सन्तुलन मिलाउन अण्डा सामेल गर्न सकिन्छ ।’ चिकित्सक भन्छन्, ‘अण्डाबाट शरीरमा जुन तत्व प्राप्त हुन्छ, त्यो हानिकारक छैन ।’

योगगुरु भन्छन्, ‘अण्डा खानै हुन्न । निरोगी जीवनको लागि यो सही खानेकुरा होइन ।’

मान्छेमा द्विविधा छ, अण्डा खान हुन्छ वा हुँदैन ? त्यो भन्दा बढी द्विविधा त के भने अण्डाको पहेंलो भाग खान हुन्छ वा हुँदैन ?

अण्डा खानेमध्ये कतिपयले पहेंलो …

नागरिकको स्वास्थ्य जाँच्न घरैमा डाक्टर-नर्स

१९ भदौ, काठमाडौं । दुई सन्तानकी आमा शकुन्तला पराजुली काठमाडौं–३० स्थित मैतिदेवी मन्दिर पछाडिको बस्तीमा बस्छिन् । उनले दोस्रो सन्तानलाई जन्म दिएको दुई साता कटेको छ ।
गर्भवती भएको बेला नियमित स्वास्थ्य परीक्षणका लागि उनलाई पहिलो बच्चा हुने बेलाभन्दा यसपटक धेरै सहज भयो । स्वास्थ्य परीक्षणका लागि अस्पताल गइराख्नुपर्ने तर शारीरिक अवस्थाले कठिनाइ भोग्नुपरिरहेको थियो ।

पहिलो बच्चा जन्माउँदा उनले जुन कष्ट भोगिन्, त्यस्तो दुःख दोस्रो बच्चा जन्माउने बेला भएन । कारण हो– काठमाडौं महानगर वडा नम्बर ३० मा स्थापना भएको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र । गत चैतबाट सेवा प्रारम्भ भएको स्वास्थ्य …

डेंगुको लक्षण देखियो भनेर आफूखुशी औषधि नखानुस् : लक्षणअनुसार गर्नुपर्छ उपचार

काठमाडौं : देशका ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरण अनुसार यो वर्ष हालसम्म देशभर चार हजार १०४ जनामा डेंगु देखिइसकेको छ। सबैभन्दा धेरै संक्रमण ललितपुरमा देखिएको छ। यहाँ हालसम्म एक हजार ६०० जनामा संक्रमण देखिएको छ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। एडिस जातको पोथी लामखुट्टे रातमा भन्दा दिउँसो धेरै सक्रिय हुने हुँदा मानिसमा यस लामखुट्टेको टोक्ने सम्भावना धेरै हुने चिकित्सक बताउँछन्।
डेंगु संक्रमण के हो? समयमा उपचार गरिएन भने यसले मानव शरीरमा के कस्ता जटिलता निम्त्याउँछ? यसबाट बच्ने उपाय के–के हुन्? …

उपत्यकामा डेंगुको प्रकोप, सरकारी अस्पतालहरू डेंगुका बिरामीले भरिन थाले

काटमाडौं । काठमाडौं उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरूमा डेंगुका बिरामी भरिन थालेका छन् भने सोमबार उपचारका क्रममा एक जनाको मृत्यु समेत भएको छ ।
त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीहरू भर्ना गरिएका छन् । टेकु अस्पतालमा डेंगुका बिरामीले बेड नै पाउन मुस्किल भईरहेको छ । टेकुमा चार जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार ३५ वर्षीय एक युवकको डेंगुका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
आकस्मिक कक्षमा पुग्ने अधिकांश बिरामी डेंगुको लक्षण …

थप ३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ७६६ जना …

थप २९९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ ।

इमर्जेन्सी कक्षमा कर्मचारीबाटै कुटिए कासका चिकित्सक

४ भदौ, सुर्खेत । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ ।
अस्पतालको आकस्मिक विभागमा कार्यरत डा.करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।

प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबीच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले जानकारी दिए ।

‘इमरजेन्सी वार्ड बिहानपख भीडभाड नै हुन्छ । डाक्टरले बच्चाको अवस्था नर्मल छ । …

कसरी प्रयोग गर्ने महिनावारी कप ?

काठमाडौं । महिनावारी कप कसरी लगाउने ? यसले कुनै हानी गर्छ कि ? रगत भरिएको कसरी थाहा पाउने ? भित्रै अड्किने पो हो कि ? धेरैको चासो र जिज्ञासा छ ।
किनभने अहिले महिनावारीको बेला कप लगाउने क्रम सुरु भएको छ । यो सेनिटरी प्याडको विकल्पमा प्रयोग हुन थालेको हो । तर सेनिटरी प्याडमा अभ्यस्त महिलाहरु हत्तपत्त यो कप लगाउन हच्किन्छन् । किनभने झट्ट हेर्दा यो असजिलो र झन्झटिलो देखिन्छ ।

जबकि, प्रयोगकर्ताहरुले यसलाई अरु बढी प्रभावकारी, सहज र टिकाउ भनिरहेका छन् । वास्तवमा महिनावारी कप कति उपयोगी र प्रभावकारी छ त …

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ ।
भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन ।

मानव छालाले सूर्यको प्रकाशमा …

प्रधानमन्त्री र शिक्षामन्त्रीसँग डा. केसीको माग– ‘माफियाहरूको स्वार्थमा भइरहेको नीतिगत भ्रष्टाचार रोक्नुस्’

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले माफियाहरूको स्वार्थमा भइरहेको नीतिगत भ्रष्टाचार रोक्न माग गर्नुभएको छ ।
बुधबार जारी विज्ञप्तिमा डा. केसीले चिकित्सा शिक्षा ऐनमा संशोधन गरी मापदण्ड पूरा नगरेका नर्सिङ कलेजहरूमा भर्ना खुलाउने प्रयास भइरहेको भन्दै माफियाहरूको स्वार्थमा चलिरहेको नीतिगत भ्रष्टाचार रोक्न प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पाैडेलसमक्ष माग गर्नुभएको हो ।
‘स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा शिक्षा नदिई प्रमाणपत्रको मात्र किनबेच गराइरहेका माफियाहरूको व्यापारिक स्वार्थअनुसार त्यस्तो कदम अघि बढेकोमा कुनै शंका छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले त्यस्तो कुनै पनि कदम हामीलाई स्वीकार्य छैन ।’
अहिले चलिरहेको अवाञ्छित गतिविधि तत्काल रोकेर …

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर, को–कहाँ पुगे ?

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानी खापुङले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुर स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् ।
राष्ट्रिय क्षयरोग केन्द्रमा भने लामो समयदेखि फाजिलमा रहेकी डा. रिता जोशी पठाइएकी छन् । त्यसैगरी, फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश १ मा पठाइएका छन् । यसअघि उनी औषधि व्यवस्था विभागका महानिर्देशक थिए ।

यस्तै डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडा पठाइएको छ भने केन्द्रका प्रमुख डा.केशव पण्डितलाई स्वास्थ्य मन्त्रालयमा आएका छन् ।

डा. संगीता मिश्रा प्रमुख विशेषज्ञमा बढुवा …

एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु, ८६८ जना संक्रमित

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ८६८ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ६७१ जना होम आइसोलेसनमा …

काठमाडौमा कोरोनासँगै हैजा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका साथै हैजाका बिरामी पनि बढ्दै गएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ४२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएको बताइएको छ ।
पछिल्लो समय ताहाचल, त्रिपुरेश्वर, टेकु र ढल्कुमा हैजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टेकुमा दुई जनामा तथा ताहाचल, त्रिपुरेश्वर र ढल्कुमा एक एक जनामा हैजा देखिएको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

काेराना संक्रमण र मृत्यु हुनेमा ७० प्रतिशत बढी खोप नलगाएका व्यक्ति

काठमाडौं । नेपालमा गत फागुन महिनाको अन्तिम सातादेखि शून्यमा झरेको कोरोनाकाे मृत्युदर पुनः उकालो लाग्न थालेको छ ।
करिब चार महिनासम्म शून्य रहेको कोरोना मृत्युदर असार १ गतेदेखि सुरु भएको हो । कोरोना संक्रमण देखिनु र संक्रमणका कारण मृत्यु हुनेहरु ७० प्रतिशत भन्दा बढी खोप नलगाएका व्यक्ति रहेका छन् ।
असार १ गतेबाट सुरु भएको कोरोनाका कारण मृत्युको शिलशिला रोकिएको छैन् । केही समयदेखि दैनिक एक दुई जनाको दरले कोरोनाका कारण ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेहरु प्रायजसो खोप नलगाएका र दीर्घरोगी रहेको पाइएको छ ।
साउन १ देखि हालसम्म …

मंकीपक्सको संक्रमण कति गम्भीर ?

क्यालिफोर्निया डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार मंकीपक्स नयाँ रोग होइन र यो कोभिड-१९ भन्दा धेरै कम संक्रामक छ । मंकीपक्सको लक्षण बिफर (स्मलपक्स)सँग मिल्दोजुल्दो छ, जुन सन् १९८० मा विश्वव्यापी रूपमा उन्मूलन घोषणा गरिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स बिफरको तुलनामा पनि कम संक्रामक छ र यसले तुलनात्मक रूपमा कम गम्भीर रोग निम्त्याउँछ ।
मंकीपक्स के हो ?

मंकीपक्स एक भाइरल जुनोटिक (जनावरबाट मानिसमा सर्ने भाइरस) रोग हो । यो रोग मंकीपक्स भाइरसको संक्रमणबाट हुन्छ । यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जीनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डिएनए भाइरस हो । मंकीपक्सका …

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

काठमाडौं । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ ।
आगामी दशैंअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो ।
सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको जनाएको छ । दशैं अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिनुभयो ।
भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उहाँले बताउनुभयो । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै एक अर्ब २७ करोड खर्च गरेको …

एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५०९ जना होम …

३ लाख बालबालिकामा अटिजम : समयमै परामर्श र हेरचाह पाउँदा सामान्य जीवनमा फर्कँदै

काठमाडौं । बौद्धिक अपाङ्गता र अटिजम भएका बालबालिकाहरूको स्वास्थ्य समस्याबारे समयमै परामर्श, उचित हेरचाह पाएमा उनीहरू नयाँ–नयाँ काममा उत्प्रेरित हुने गरेका छन् ।
शिक्षा, स्वास्थ्य र पुनर्स्थापना गर्न सके उनीहरूमा शारीरिक, मानसिक विकास हुन सक्ने उदाहरण धेरै छन् । यिनै बालबालिकाको सीपबाट बनेका हस्तकला सामग्रीको बिक्री कक्षले उनीहरूको प्रतिभा प्रमाणित गर्छ ।
१८ महिनादेखि ३ वर्ष उमेर समूहका बालबालिकामा यो रोगको लक्षण देखिन्छ । नेपालमा यो रोगी संख्या ३ लाखको हाराहारीमा छ । सामाजिक त्रासका कारण परिवारको कुनै सदस्य अटिजमबाट ग्रसित भए घरभित्रै लुकाउने बाध्यताले रोगी झन् मारमा परेका छन् ।
उचित व्यवस्थापन …

पेटको मोटोपन घटाउन गरिने योगाशन

चन्द्र कटुवाल
मोटोपन पनि रोग हो । आजभोलि रोग भगाउन योग भन्न थालिएको छ । योगले पेटको बोसो कम गर्नमा निकै मद्दत गर्दछ । दैनिक कार्यतालिकामा योगलाई समाबेश गर्नु भनेको स्वस्थ रहनको लागि सबैभन्दा राम्रो उपाय अंगाल्नु हो । दिनदिनै योगलाई जीवनशैलीको रुपमा अंगाल्न थालिएको छ । हुन त एकै आशनका सयौं फाईदा हुन्छन । तर पनि यसमा विशेष गरेर पेटको बोसो घटाउने अर्थात बेलिफ्याट कम गर्न निकै उपयोगी आशनहरु यस्ता छन् ।
१. पादहस्ताशन
यो आशनमा सर्वप्रथम दुबै खुट्टालाई जोडेर सिधा उभिने । हातलाई सिधा माथि गर्ने । बिस्तारै अगाडितर्फ झुक्ने । …

सिन्धुली सर्पदंशको उच्च जोखिममा, उपचारमा समस्या

सिन्धुली । वातावरणीय प्रभावको असरले तराई क्षेत्रमा हुने गर्मी पछिल्लो समयमा सिन्धुली लगाएतका भित्री तराईका जिल्लाहरुमा समेत गर्मी बढेपछि सर्पदंशको उच्च जोखिममा सिन्धुली परेको छ ।
सिन्धुलीमा वर्षायामको समयमा गोमन, करेत जस्ता विषालु सर्पहरुको विगविगी बढ्दा सर्पदंशको उपचारमा समस्या आउन थालेको छ । चुरे भावर क्षेत्रले लामो क्षेत्र ओगटेको जिल्लामा साना विषालु सर्पहरुदेखि राज गोमन र बैरी करेत जस्ता खतरनाक सर्पहरु देखिदै आएका छन् । केही वर्ष यता सिन्धुली जिल्लाको कमलाखोच लगएतका क्षेत्रमा सर्पदंशबाट वर्षेनी मानिसहरुले अकालमै ज्यान गुमाउँदै आएका छन् ।
पछिल्लो एक तथ्यांकका अनुसार विगत २० वर्षमा सिन्धुलीमा १२ जनाको …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode