स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : भदौ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा
२० साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।
ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो ।
पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ असारमा परीक्षण गरिएको नमुनामध्ये ०.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २० साउनमा आइपुग्दा यो संक्रमण दर बढेर १५ प्रतिशतको हाराहारीमा पुगेको छ ।
कोरानोको नर्मल, मध्यम र …
देशभरका अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थाले
काठमाडौं । देशभरका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।
रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ । बिरामीको सङ्ख्या बढ्दा उपचारमा समेत समस्या भएको डाक्टरहरुले बताएका छन् । भाइरल ज्वरोका कारण इलामको विभिन्न पालिकामा रहेका विद्यालयहरु बन्द भइसकेका छन् ।
त्यस्तै, डोटीमा पनि बिरामीको सङ्ख्या बढेपछि उपचारमा समस्या भएको डाक्टरहरुले बताएका छन् । डोटीमा उपचारका लागि आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिरामी भाइरल ज्वरोका भएका शैलेश्वरी अस्पताल दिपायलले जनाएकाे छ । त्यस्तै काठमाडाैंमा पनि भाइरल ज्वरोका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले …
के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने ?
१४ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुमा एडिनो भाइरसबाट संक्रमित भएका बालबालिकाको संख्या बढ्दै गएको छ । कान्ति बाल अस्पताल, महाराजगञ्जमा ज्वरो, रुघाखोकी, पातलो दिसा आउने, आँखा रातो भएर, पेट दुख्ने समस्या लिएर उपचार गर्न आउने बालबालिकाको संख्या केही हप्तादेखि बढिरहेको बालरोग विषेशज्ञ डा.रामहरि चापागाईं बताउँछन् ।
चिकित्सकका अनुसार भाइरसको संक्रमण विभिन्न लक्षण देखिए पनि स्वास्थ्यमा खासै गम्भीर जटिला ल्याउँदैन । ‘यो भाइरस हरेक वर्ष देखिन्छ । एडिनो भाइरस भनेको अरु भाइरस जस्तै हो । अरु रुघाखोकी ज्वरो ल्याउने भाइरस जस्तो यो पनि एउटा भाइरस हो’ डा. चापागाईं भन्छन्, ‘एडिनो भाइरसको …
७१० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ५ सय ४१ जनाको पीसीआर र २ हजार ४ सय ८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार २ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका …
शिशुको मृत्युपछि भरतपुर अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने
१२ साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् ।
पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरुले लापरवाही गरेको आरोप लगाएका छन् । भरतपुर महानगरपालिका वडा नं.१५ का एक बालकको उपचार क्रममा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनिदिएका हुन् ।
शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पतालमा ल्याइएको थियो । तर, उपचारको क्रममा बालकको दिउँसो ३ बजे …
बालबालिकामा एडिनो भाइरसको संक्रमण पुष्टि
१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बालबालिकामा एडिनो भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बालबालिकामा कडा ज्वरो संक्रमण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा नमुना परीक्षणका लागि पठाएको थियो । पठाएका १३ नमुनामध्ये १० वटामा एडिनो भाइरसको संक्रमण देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले जानकारी दिए ।
‘नमुना पठाएकामध्ये तीन वटामा इन्फ्लुएन्जा भाइरस देखियो बाँकी सबैमा एडिनो भाइरस पुष्टि भएको छ’, डा. चापागाईंले भने ।
उनका अनुसार एडिनो भाइरस मुख्यतया व्यक्ति–व्यक्तिको सम्पर्क, श्वासप्रश्वासकोे सम्पर्कबाट फैलिन्छ ।
चिकित्सकका अनुसार बालबालिकमा एडिनो भाइरसको संक्रमण अन्य उमेर भन्दा धेरै पटक हुन्छ …
थप ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु
९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।
जसमध्ये ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा ४५३ जना र १ हजार ७१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना …
कोभिड–१९ बाट कति सुरक्षित छन् स्कुले बालबालिका ?
८ साउन, काठमाडौं । ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् । नयाँ संक्रमितमा बालबालिका समेत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्षमुनिका बालकालिका थिए भने ११ देखि २० वर्षका १९ जना थिए । मन्त्रालयका अनुसार साउन पहिलो सातामात्र २० वर्ष मुनिका १४८ जनामा संक्रमित भएका छन् ।
बालबालिका पनि संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालयमा पनि मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । शुक्रराज …
थप ३९१ जनामा कोरोना संक्रमण
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८१ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ५ सय ६५ जनाको पीसीआर र १ हजार ४ सय १९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ४६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार २ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले …
एकै दिन ३५७ जनामा कोरोना संक्रमण
३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन …
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द
२ साउन, काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ ।
आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् ।
‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न …
आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै
२ साउन, काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ ।
पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।
बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ ।
दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही,बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउनेछन् ।
३१ जनामा हैजा पुष्टि, १४ वर्षभन्दा मुनिका ६ बालबालिका
१ साउन, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो ।
‘नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो,’ महाशाखाका प्रमुख चुम्मनलाल दासले भने,’ अहिले उहाँ घर फर्किनु भएको छ । संक्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।’
हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन्।
त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा …
कोभिड संक्रमणमा केही वृद्धि भएपनि नियन्त्रण गर्न सरकार सक्षम छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही वृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनुभएको छ ।
कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दावी गर्नु भएको हो ।
चिकित्सा शास्त्र अध्ययन संस्थानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कोभिड विरुद्धको खोप लगाउन छुटेकालाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गर्नुभयो ।
मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको बताउनुभयो । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५२ …
१३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ४ सय ७३ जनाको पीसीआर र १ हजार ५ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतबार ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ४ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ …
गोलन्जोर गाउँपालिकाले ५५० जनाकाे नि:शुल्क स्वास्थ्य बिमा गर्ने
सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले ५ सय ५० जनाको नि:शुल्क बिमा गराउने कार्यको सुरुवात गरेको छ।
गाउँपालिकाले यस आर्थिक वर्षको कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रका सीमान्तकृत,पिछडिएका वर्गका लागि नि:शुल्क स्वास्थ्य बिमाका वडाहरूमा बिमा गराउने कार्यको थालनी गर्न निर्देशन दिइएको हाे।
गाउँपालिकाले वडाबाट सिफारिस भएकाहरूकोप्रति परिवार ३५ सय रूपैयाँको दरले बिमा गर्ने प्रमुख प्रशासकीय अधिकृत माधव कुमार अधिकारीले जानकारी दिनुभयो ।
गोलन्जोर गाउँपालिका अन्तर्गत वडा नं १ बाट ९० परिवार, २ बाट ७० परिवार, ३ बाट ६५ परिवार, ४ बाट ९० परिवार, ५ बाट ७५ परिवार, ६ बाट १०० परिवार र ७ बाट ६० …
लुम्बिनी अस्पताल र राप्ती अस्पतालमा आजदेखि इमरजेन्सी सेवाको टिकट र बेड नि:शुल्क
काठमाडौं । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज (आइतबार) देखि ओपीडी र इमरजेन्सी सेवाको टिकट र बेड निःशुल्क गरिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि जाने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेड शुल्क गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारले ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसैगरी आइतबारदेखि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निःशुल्क हुने भएको छ। रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक …
पूर्वी तराईमा अत्याधिक गर्मीका कारण अस्पतालमा विरामीकाे चाप
काठमाडौं । विराटनगरका अस्पतालहरूमा गर्मीका कारण बिरामीहरूको चाप बढेको छ ।
पूर्वीतराईमा पछिल्ला केही दिनयता अत्याधिक गर्मी बढेका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको हो । तापक्रम निरन्तर बढ्दा दिनभर तातो हावा चल्ने गरेको छ । जसका कारण ज्वरो आउने, रुघा खोकी लाग्ने र घाँटी खसखस हुने लगायतका समस्या पनि बढेको छ ।
बढ्दो दैनिक ४ सयदेखि ५ सयको हाराहारीमा ज्वरो र रुघा खोकीका बिरामी आउने गरेकाे कोशी अस्पतालले जनाएको छ । अत्यधिक गर्मीका बेला ज्वरो आएर कमजोर बनाउने भएकाले बिरामी भर्ना गर्न बेडको अभाव हुने गरेको छ ।
बढ्दो अस्पतालको आकस्मिक कक्षमा एक …
अमेरिकामा फैलियो मंकीपक्स, ४३ राज्यका १ हजार बढि संक्रमित
एजेन्सी । अमेरिकामा पछिल्लो समय मंकिपक्स संक्रमितको संख्या बढ्न थालेको छ ।
अमेरिकाको ४३ राज्यका १ हजारभन्दा बढीमा मंकीपक्स संक्रमण पुष्टि भएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ सय ६१ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि भएको छ ।
त्यसैगरी न्युयोर्कमा १ सय ५९ र इलिनोइमा १ सय ५२ जनामा उक्त रोगको संक्रमण देखिएको सीडीसीले उल्लेख गरेको छ ।
बिफर र मंकीपक्स रोकथामका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोपको एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा लगाइएको छ ।
विशेषज्ञहरूका अनुसार संक्रमित बढ्दै …
थप २२९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा २२९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा ४८ जना संक्रमित निको समेत भएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ । मन्त्रालयका अनुसार देशभर एक हजार २८४ जना सक्रिय संक्रमित छन् ।
