राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर २४ देखि २९ गतेसम्म
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सरकारले माग ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित गर्नेगरी सो निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते सो निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि सूचना प्रकाशित हुनेगरी मंसिर १४ गते सो निर्वाचनको कार्यतालिका स्वीकृत गरी शुक्रबार सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले दल दर्ताका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकिएको बताउनुभयो ।
पौष १ गते ती दलहरुलाई निर्वाचन चिन्ह प्रदान …
धर्मगुरु आचार्य श्रीनिवास पक्राउ
काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित आएर सडक अबरुद्ध पार्न खोजेपछि उनलाई गौशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए ।
उनले प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा गेरुवस्त्रमा त्रिसुलसहित आएर विवादास्पद अभिव्यक्तिसमेत दिएका थिए ।
उनी १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका बेला पनि पक्राउ परेका थिए ।
चितवनमा ध्रुवे हात्तीकाे आतंक
काठमाडौं । चितवनमा जङ्गली ध्रुवे हात्तीले फेरि आतंक मच्चाएको छ ।
ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर मानव बस्ती पस्न थालेपछि स्थानीय आतंकित भएका हुन् ।
दुई साता यता ध्रुवे हात्ती माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।
बस्तीमा पसेर हात्तीले घर गोठ भत्काउने र अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जले जनाएको छ । हात्ती नियन्त्रणका लागि प्राविधिकसहितको दुई वटा टोली परिचालन गरिएको जनाइएको छ ।
हात्ती नियन्त्रण गर्न निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् …
इजरायल घटनाले चुँडियो मन, बदलियो विदेश सपना
२६ कात्तिक, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पनि ‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल जाने योजनामा थिए ।
पढाइसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता हमासको आक्रमणपश्चात भने हच्किएका छन् ।
‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल पुगेका अग्रजसहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुँडिएको छैन, वर्षौंदेखिको उनको सपना समेत तुहिएको छ ।
पढ्दापढ्दै इजरायल गएका साथीहरु हमासको आक्रमणमा परी मृत्यु भएको घटनापश्चात भने अमनले सोच बदलेका छन् । पुरानो सपना त्यागेका छन्, नयाँ सपना देखेका छन् । विदेश नजाने निधोमा पुगेका छन् ।
इजरायल घटनापछि आफ्नो …
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो
२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
हेर्नुहोस् सूचनाः
विमानस्थलमा विद्यार्थी कुरिरहेका नगर प्रमुख
२६ असोज, काठमाडौं । इजरायलबाट नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आगमन कक्षमा पर्खिरहेका थिए, स्वदेशबाट फर्किएका विद्यार्थीका अभिभावक र आफन्तहरू । त्यही भीडमा थिए, कृष्णपुर नगरपालिका कञ्चनपुरका नगरप्रमुख हेमराज ओझा ।
खादा र माला हातमा बोकेर बेग्र पतीक्षामा रहेका उनी सुदूरपश्चिम विश्वविद्यालय टीकापुरमा अध्ययनरत आफ्नो पालिकाका तीन जना विद्यार्थीलाई देख्नेबित्तिकै खुशीले मुस्कुराए ।
विमानस्थलका सुरक्षाकर्मीसँग अनुरोध गरेर एराइभल कक्षभित्रै पुगेर उनले क्रमशः तीनैजनालाई अंकमाल गरेर खादा लगाइदिए । ‘आफ्नै पालिकाका भाइहरू पनि परेका छन् भनेपछि घटना भएकै दिन फर्किने योजनालाई क्यान्सिल गरेर यतै बसिरहें । उनीहरू सुरक्षित छन् भने …
रिगलविरुद्धको मुद्दाको सुनुवाइ अब दशैंपछि
२५ असोज, काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीशसहित तीन न्यायाधीशले हेर्न नमिल्ने आदेश गरेका छन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले रिगल जोडिएको मुद्दा हेर्न नमिल्ने आदेश गरेका हुन् । त्यस्तै प्रकृतिको विषयमा आफूहरुले फरक फरक मुद्दामा फैसला गरेको र ती फैसला नजीरको रुपमा रहेको भन्दै उनीहरुले हेर्न नमिल्ने आदेश गरेका हुन् ।
सर्वोच्च अदालतले मुलुकी संहिता आउनुभन्दा अघिका घटनामा कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो । …
इजरायलमा रहेका नेपालीहरूलाई लिन नेपाल एअरलाइन्सकाे विमान इजराइल उड्याे, परराष्ट्रमन्त्री पनि गए
२४ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर उनी बिहान तीन बजेपछि मात्रै त्यहाँका लागि उडेका छन् ।
चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उनी जाने टुंगो थिएन ।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् ।
तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा …
भूकम्प पीडितलाई प्रधानमन्त्रीको आश्वासन : घर बनाइदिन्छौं
१९ असोज, बझाङ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।
उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए ।
प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए । त्यो समस्या सुने पछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन् ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही …
नारायणगढबाट बुटवल जाँदै गरेको माइक्रो हर्कपुरमा दुर्घटना
गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ । नारायण्गढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको वीङ्गर गैँडाकोट नगरपालिका वडा नं. १२ स्थित राजमार्गमा साँझ पौने ६ वजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
१५ जना यात्रु बोकेर बुटवलका लागि छुटेको माइक्रो आफै अनियन्त्रीत भै दुर्घटनामा परेको प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको गैँडाकोट नगर अस्पतालमा उपचार भैरहेको छ भने अन्य १० जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय …
अर्थतन्त्र चलायमान बनाउन अपनाउनै पर्ने केही सूत्रहरू
एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान बनाई राजनीतिक संक्रमणकालको उत्तरार्धतिर हामी भए पनि राजनीतिक स्थिरता कायम गरी नागरिकका उच्च आकांक्षाको सम्बोधन गर्छौं भनेर आशा देखाउन राजनीति भनेजति सफल हुन सकेन। हिंसात्मक द्वन्द्व सुरु भएदेखि देशमा विकल्प नभएपछि श्रम बेच्न विदेशिने युवाको संख्या बढ्न थाल्यो। श्रमगरी खानेले आफ्नो श्रम बेच्दा जहाँ भए पनि उचित र आकर्षण पारिश्रमिक खोज्छ, यहाँ श्रम बेच्नुको साटो दिगो र बढी आम्दानीका लागि युवा विदेशतिर लागे। उनीहरुका कारणले रेमिट्यान्स (विप्रेषण) बढेको देखिएको छ र रेमिट्यान्सले देशको अर्थतन्त्रको बाह्य क्षेत्र विशेषगरी वैदेशिक मुद्राको सञ्चिति लगायतका सूचकांक …
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद
१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो ।
साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिनिधि सभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने
१४ असोज, काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचना निर्णयार्थ प्रस्तुत भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्नेछन् ।
विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै विवाद भएको थियो । शिक्षकहरू आन्दोलित भएपछि सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो ।
त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार …
प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै हुनुहुन्छ ।
चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लाग्नुभएको हो ।
न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ ।
त्यहाँ भईरहेको १९ औं एसियाली खेलकुदको भोलि हुने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागि हुनुहुनेछ । भ्रमणकोक्रममा प्रधानमन्त्री दाहालले चिनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ ।
सो अवसरमा केही महत्वपूर्ण सम्झौता हनुसक्ने बताईएपनि के कस्ता सम्झौताको तयारी गरिएको छ भन्ने खुलाईएको छैन ।
मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरू
१ असोज, गलेश्वर। हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ ।
मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् ।
पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् । मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिए ।
विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा …
आज कुशे औँसी, गोकर्णेश्वरमा पितृको सम्झना (फोटोफिचर)
काठमाडौं । आज कुशे औँसी आर्थात बुबाको मुख हेर्ने दिन । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन ।
कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्ने गर्दछन् ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न …
नेम्वाङप्रति राष्ट्रपति पौडेल र प्रधानमन्त्री दहालको समवेदना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनमा समवेदना व्यक्त गर्नुभयको छ ।
राष्ट्रपति पौडेल संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ ।
नेम्वाङको अप्रत्यासित निधनप्रति दुख व्यक्त गर्दै पौडेलले शोकाकुल परिवारलगायतमा समवेदना प्रकट गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री दाहालले पनि नेम्वाङको निधनबाट मर्माहत भएको बताउनु भएको छ ।
नेम्वाङको निधनको खबरलगत्तै सामाजिक संजालमा लेख्दै प्रधानमन्त्री दाहालले शोककाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी
२६ भदौ, काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् । उनी केहीबेर अघि अस्पताल पुगेका थिए ।
स्रोतका अनुसार केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ । त्यसो भएमा नेम्वाङको शव …
संविधान सभा अध्यक्ष सुभास नेम्बाङ्गको निधन
काठमाडौँ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसकेका छन्।
इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै …
इँटको जवाफ पत्थरले दिनुस्ः प्रधानमन्त्री प्रचण्ड
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए ।
सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’
यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले …
