हाल ४ वर्षे रहेको स्नातकलाई पुनः ३ वर्षे बनाउने त्रिविको तयारी
साउन ४, काठमाण्डौःत्रिभुवन विश्वविद्यालय९त्रिवि०ले केही वर्षअघि चार वर्षे बनाइएको स्नातक तहलाई पुनस्तीन वर्षमा झार्ने तयारी गरेको छ।
हाल चारवर्षे रहेको स्नातक तहको पढाइको प्रभावकारिता र उपयोगिताका बारेमा गरेको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो।
त्रिविका अनुसार तीन वर्षेलाई चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि यसलाई पुनस्तीनवर्षे बनाउने तयारी भएको हो। त्रिविले २०७१र७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो।
मानविकी तथा सामाजिकशास्त्र संकायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस संकायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका …
सुन जाँचपास गर्नेलाई निलम्बन गर्दै प्रहरी, सुराकि दिनेले १० करोड बढि पाउन सक्ने
साउन ४, काठमाण्डौ :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास पनि जाँचकीले बनाउनुपर्छ । यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।
विभागका महानिर्देशक शोभाकान्त …
स्कुटरको ‘ब्रेक सु’ बनाएर ल्याएको १ क्विन्टल बढि सुन ल्याउने १ भन्सार कर्मचारि सहित ६ जना समातिए
साउन ४, काठमाण्डौँ,
राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ। आज बिहान १० बजे राष्ट्र बैंकले सुन जोख्न लागेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गरिसकेको एक क्विन्टल सुन बुधबार बरामद भएको थियो। आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो। जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए।
गत जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको खनालको भनाइ …
धादिङ्ग मलेखु सडक दिउँसो १२ बजेदेखि अझै अवरुद्ध हुँदा यात्रु मारमा
साउन ३, काठमाण्डौ ।
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो साढे १२ बजेबाट सडक दुबैतर्फी अवरुद्ध बनेको हो ।
अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेको छ । घुम्ती काटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयबासिन्दाले बताएका छन् ।
पहिरोले ठुल्ठुला ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्प सपनामा देखिनुको संकेतहरु के के हुन्छ ? थाहा पाईराखौँ
सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ। सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ ।
यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ। केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ।
सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन। यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ ती बिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र …
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै
२८ असार, काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।
नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरु र दूतावासका कर्मचारीलाई भेट गर्नेछन् । लु अमेरिकाबाट सिधै नेपाल आउने र केही घण्टामा दक्षिण एसियाको अर्को कुनै देशमा जाने स्रोतको भनाइ छ ।
उनी नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । …
निक्षेपको ब्याजदरमा भद्र सहमति हट्यो, बैंकहरुले आफैं ब्याजदर तय गर्ने
२९ असार, काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।
१ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्ने भएका छन् । भद्र सहमति खारेज भए पनि राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाउन वा बढाउन सक्नेछन् । व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरकाे १० प्रतिशत सीमाभित्र रहेर थपघट गर्न …
सीता दाहालको निधनमा नरेन्द्र मोदीद्वारा दु:ख व्यक्त
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।
बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् ।
उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगियो
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।
सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।
श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
पत्नी शोकमा रहेका प्रचण्डलाई भेट्न नर्भिक पुगे नेताहरु
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
छोरी रेणु दाहाल सहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ ।
सीताको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई आज …
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । …
मनाङको हेलिकप्टर खोज्न सोलुको लाम्जुरापासतर्फ प्रहरी जाँदै
२६ असार कावासोती । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ ।
लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बुको लामजुराको डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टर सम्पर्कमा रहेको जानकारी दिनुभयो । त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी ।
बान्जाई एजुकेशनमा निःशुल्क जापानीज भाषा पढाइँदै
चितवन, २५ असार । जापान जाने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन बान्जाई सञ्चालनमा आएको हो ।
दुई हप्ता अघिदेखि भाषा अध्यापन गराउँदै आएको बान्जाईको आज बिहान भरतपुर–३ का वडाध्यक्ष विकास थापाले उद्घाटन गर्नुभयो । बान्जाईको उद्घाटनका क्रममा थापाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर त्यहाँको सांस्कृतिक र भौगालिक विषयबारे जानकारी गराउँदै वैदेशिक अध्ययनमा पठाउनुपर्ने बताउनुभयो । पढ्न जाने व्यक्ति राम्रोसँग भाषा अध्ययन गरेर जानुपर्ने …
जीएमआरबारे सर्वोच्चको फैसला त्रुटिपूर्ण : चित्रबहादुर केसी
२३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा भारतीय कम्पनी जीएमआरको म्याद थप गर्ने सरकारको निर्णयलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ ।
९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा ९ वर्षअघि भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) ले पाएको थियो । तर समयमा लगानी जुटाउन नसकेको उक्त कम्पनीको म्याद सरकारले २०७९ असार ३१ गते पुन: २ वर्षका लागि थप गरेको थियो ।
सरकारको उक्त निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार सरकारको निर्णय वैधानिक रहेको फैसला गरेको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक …
ललितानिवास जग्गा प्रकरण : ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी
२२ असार, काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन् ।
प्रहरीका एक अधिकृतका अनुसार ललिता निवास प्रकरणमा पूर्वसचिवहरुसमेत गरी ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति (पुर्जी) लिइएको छ । तीमध्ये कतिपयलाई हिरासतमा …
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ आरोपी अस्पतालमा
१५ असार, काठमाडौं । सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीन जना अस्पताल भर्ना भएका छन् ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम (२०४२–४५) अस्पताल भर्ना भएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार १२ असारमा पक्राउ परेलगत्तै उनीहरु स्वास्थ्य समस्या देखाएर अस्पताल भर्ना भएका थिए ।
प्रहरीका अनुसार शाहीले मेरुदण्ड र प्रोस्टेटको समस्या देखाएका छन् भने गौतमले आफूले लगाइरहेको अक्सिजन नै झिकेर प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । …
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
१५ असार, काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।
प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।
बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।
रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।
सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।
अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड
१५ असार, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ ।
मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्चालनमा आएको हो ।
यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध भएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरेको थियो ।
सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि …
स्व. मदन भण्डारीको ७२ औ जन्म जयन्तीको अवसरमा कावासोतीमा एमाले नेता तथा कार्यकर्ताविच अन्तक्रिया सम्पन्न
राजेश सुनाम, असार १४ , कावासोती, : जननेता मदन कुमार भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा नेकपा एमाले नवलपुर जिल्ला कमिटीले पार्टी कार्यालय कावासोतिमा पार्टीका नेता तथा कार्यकर्ताहरु बीच अन्तरक्रिया तथा
स्व. मदन भण्डारीको तस्बिरमा फुलमाला अर्पण गरि मनाएको छ ।
पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पान्डेको अध्यक्षताामा सम्पन्न कार्यक्रममा पार्टी पोलिट्ब्युरो सदस्य एवम् नवलपुर जिल्ला इन्चार्ज मना के.सि. (जि.सि.) को प्रमुख आतिथ्यता रहेको थियोे ।
त्यस्तै अतिथिहरुमा केन्द्रिय सदस्य रबिन्द्र अधिकारी, जिल्ला समन्वय समिति प्रमुख बाबुराम बि.क. कावासोति नगरपालिकाका नगर प्रमुख बिष्णु प्र. भुसाल, पुर्ण प्रकाश बि.क., मेक ब. पुलामी, नारायण तिमिल्सिना, होमनाथ …
सात वटा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले देशका विभिन्न सात क्षेत्रमा नयाँ औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रुपमा नवराज अधिकारीलाई नियुक्त गरेको पनि बताउनुभयो ।
संचारमन्त्री शर्माले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाको लागि प्रस्ताव आएकाले उद्योग वाणिज्य …
