कुलमान आएपछि प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुखहरु फेरिए
५ भदौ, काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालयका प्रमुखहरुको सरुवा गरेका हुन् ।
घिसिङले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरको निर्देशकमा राजन ढकाललाई जिम्मेवारी दिएका छन् । प्रशारण लाइन आयोजना निर्माणमा अब्बल मानिएका र अहिले बृहत् प्रसारण लाइन आयोजना हेर्ने जिम्मेवारीमा रहेका ढकाललाई त्यहाँ लगिएको हो । त्यहाँ रहेका टेकनाथ तिवारीलाई बृहत प्रसारण लाइन आयोजना ४ सय केभीको प्रमुखमा …
कुलमानविरुद्धको रिट कुमार रेग्मीको इजलासमा
२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् । रेग्मीको इजलासमा उक्त रिट १० औं नम्बरमा छ ।
रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान …
कुलमानलाई रोक्न प्रतिस्पर्धाको तर्क, शाक्यलाई सोझै नियुक्ति
२७ माघ, काठमाडौं । गत भदौ २९ गते तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘कानुनअनुसार बुझौंला ।’
कुलमानको पुनः नियुक्ति माग्दै जनस्तरबाट आन्दोलन नै भएपछि कानुन, प्रक्रिया, प्रतिस्पर्धा लगायत कारण देखाएर सरकार पन्छिएको थियो ।
त्यतिबेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई दोहोर्याउन सरकारसँग आग्रह गर्दै ट्विट गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जवाफ दिएका थिए– कुलमान घिसिङको पक्ष–विपक्षमा आ–आफ्ना मत/अभिमत होलान् । ‘नेपाल आमाका सपुत’को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा …
