तारा एयरको हवाईजहाज दुर्घटना : भेटियो ब्ल्याक बक्स

१७ वैशाख, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।
दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए ।

 
ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।

यसैबीच हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको मल्लले जानकारी दिए । ‘सबै २२ वटा शव र ब्ल्याक बक्स भेटियो र …

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

१६ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ ।
तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको छ ।

‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको …

तारा एयरको विमान दुर्घटना छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी समिति गठन गरेको हो ।

समिति सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

यस्तो छ तारा एयरको जहाज दुर्घटनास्थल (फोटो र भिडियाे)

१६ जेठ, काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याइँदै छ ।
शवहरु अनुहार चिनिने खालका छन् । शव काठमाडौं ल्याएपछि प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ :५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो ।

खोजी गर्दै जाँदा आज बिहान थासाङ गाउँपालिका–२ सानुसरे डाँडाको १४ हजार …

सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई स्थगित : नेपाली सेना

१५ जेठ, काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।

You Missed

पूर्वी नवलपरासीबाट गोरखा भ्रमणमा गएको माइक्रो बस दुर्घटना, ९ जना घाइते
विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक
शंकर पोलिक्लिनकमा फाेरडी अल्ट्रासाउन्ड सेवा सुरु
नेपालमा अब नेपालकै फलाम, धौवादी फलाम खानी : नागरिकको उत्साह र उर्जाको खानी
आगोले जलेर घाइते कावासोतीकी बालिकाको उपचारको क्रममा मृत्यु

मनसुन प्रणाली देशभर फैलियो

  • By
  • २०८२ असार ६, शुक्रबार १८:२१
  • 0 views
मनसुन प्रणाली देशभर फैलियो
पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Primary Color

Secondary Color

Layout Mode