नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने
कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले नमूना जिल्ला सदरमुकामको गुरुयोजनामा केही परिमार्जन गरेर सरकारी कार्यालय भवन निर्माण गर्ने स्थान किटान गरेको हो ।
सोमबार सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनको अध्यक्षमा बसेको बैठकले बैठकले प्लट नं एफ १ मा जिल्ला प्रशासन कार्यालय, एफ १२ मा जिल्ला अदालत, एफ २,३,४ र ५ मा कोष तथा लेखा नियन्त्रकको कार्यालय र आन्तरिक राजस्व …
पुल भाँचिएपछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा
बोमलाल गिरी, नवलपुर, पुस २७ गते । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ ।
पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिए। उनका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।
राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको बनजराले जानकारी दिए । यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ ।
शुक्रबार …
नवलपुरमा नागरिक स्तरबाट मनाईयो पृथ्वी जयन्ती
नवलपुर : नागरिक स्तरबाट नवलपुरमा ३ सय ३ औं पृथ्वी जयन्ती मनाईएको छ । सदरमुकाम कावासोतीमा शनिबार एक कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको कार्यक्रमको संयोजन गरेका कावासोतीका अमृत श्रेष्ठले बताए ।
उनले भने,’ पृथ्वी जयन्ती सबैको साझा हो ,राष्ट्रनिर्मातालाई सबैले सम्झनु पर्छ भनेर यो कार्यक्रम गरेका हौं ।’ उनले नागरिक स्तरबाट सबैले साझा रुपमा पृथ्वी जयन्ती मनाउँदा नवलपुरबाट राष्ट्रिय एकताको सन्देश समेत गएको बताए । सचेत नागरिक समाज नवलपुरको नाम बाट आयोजित सो कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक निलकन्ठ बस्ताकोटीले गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी नवलपुरका निबर्तमान …
नवलपुरमा शनिबार जलपंछी गणना गरिने
कावासोती । नवलपुरमा आगामी शनिबार देखि जलपंछीको गणना सुरू हुँदैछ । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरू हुन्छ ।
यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको हो । नवलपुरमा भने आगामी शनिबार गणना गर्न लागिएको हो । यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने जलपंछी गणनाका नवलपुरका संयोजक डिबी चौधरीले जानकारी दिए । उनका अनुसार गणनामा पंछी बिद, नेचर गाईड, पत्रकार तथा अन्य …