जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर २४ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।
जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्तशुल्क २३ औं संशोधन नियमावली २०७९, भन्सा १३ औं संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले बजेट तथा अर्थ सम्बन्धी विधेयकहरु संघीय संसदमा पेस गर्ने, लोकसेवा आयोगको …
बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव
१६ जेठ, काठमाडौं । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ नेपाली कांग्रेसका चार सांसदले दर्ता गरेको संकल्प प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्ने उल्लेख छ ।
मुलुकी अपराध संहिताको दफा २२९ मा ‘जबर्जस्ती करणीसम्बन्धी मुद्दामा ‘कसुर भएको मितिले एक वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन’ भन्ने व्यवस्था छ ।
तर पछिल्ला समय ‘मी टू’ अभियान …
आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।
यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।
ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो ।
सरकारले …
आज १५औँ गणतन्त्र दिवस, विविध कार्यक्रम गरि मनाईदै
काठमाडौं : आज जेठ १५ गते, १५औँ गणतन्त्र दिवस। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस। निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं …
सार्वजनिक हितका २५ सेवामा हड्ताल गर्न नपाइने
काठमाडौं : सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ।
जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हटताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरशीप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायव महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि बताए।
त्यस्तै, सरकारले अमेरिकाको हवाईस्थित मनोलोलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने …
बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुनेछ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/२०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि अध्ययन गर्नका लागि बुधबारको समय छुट्याइएको हो …
माओवादीको सरकार विस्थापित गराउँदै एमाले, प्रदेशमा पनि जसपाकै निर्णायक तह
काठमाडौं । सर्वोच्चको फैसलापछि ब्यूँतिएको नेकपा एमाले केही प्रदेशमा रहेका माओवादी सरकार पनि विस्थापित गर्ने अभियानमा लागेको छ । कर्णाली प्रदेशको माओवादी सरकारको समर्थन फिर्ता लिएर एमालेले त्यसको संकेत गरेको छ । सुदूरपश्चिम प्रदेशमा पनि सरकार हटाउने कोसिसमा उनीहरू लागेका छन् ।
एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ भने उहाँले अब विश्वासको मत लिनुपर्ने भएको छ । ४० सांसद रहेको कर्णाली प्रदेशमा विश्वासको मतका लागि २१ सांसद आवश्यक पर्छ ।
तर, १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रले विपक्षी कांग्रेसका ६ र राप्रपाको एक सांसदको …
दुईदिने राजकीय भ्रमण पस्चात राष्ट्रपति स्वदेश फिर्ता :
काठमाडौं । दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्कनुभएको हो ।
राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो ।
भण्डारीले त्यहाँ रहँदा राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना लगायतका उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभएको थियो ।
राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बंगलादेश जानुभएको हो । डेढ वर्ष अघि बंगलादेशका राष्ट्रपति हमिद नेपालको भ्रमणम आउनुभएको थियो ।
नया सरकार गठनको पहल लिन देउवालाइ दवाव : जसपा विवाद र माओवादी केन्द्रको अलमलका कारण आफ्नो नेतृत्वमा सरकार निर्माण हुने ठोस आधार निर्माण नभएको देउवाको ठम्याइ
९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नयाँ सरकार गठनको पहल लिन पार्टीभित्र र बाहिरबाट दबाब छ ।
तर, जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद र नेकपा (माओवादी केन्द्र) को अलमलका कारण आफ्नो नेतृत्वमा सरकार निर्माण हुने ठोस आधार अझै निर्माण नभएको भन्दै देउवा अगाडि सरेका छैनन् ।
नेताहरूका अनुसार आफैंले पहल गरेर अगाडि बढिसकेपछि कुनै अवरोध नआओस् भनेर देउवा आश्वस्त हुन चाहिरहेका छन् । सोमबार बसेको पार्टी पदाधिकारीको बैठकले पनि सरकार बनाउन पहल गर्ने विषयमा कुनै ठोस निर्णय गरेन ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको …
दुइ तिहाइको ऐतिहासीक अवसर गुमाएको नेकपाको ४१ महिना (फर्केर हेर्दा)
२५ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले दिएको ‘दसैं बम्पर उपहार–२०७४’ ले मुलुकमा सानो कम्पन ल्याएको थिएन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन दुई महिना पनि बाँकी थिएन । निर्वाचनको तयारी तीब्र थियो । दसैं मनाउन गाउँ गएकाहरू राजधानी फर्किएका थिएनन् ।
दसैंको टीकाकै भोलिपल्ट (१५ असोज २०७४ मा) सहमति जुट्यो– नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच वाम गठबन्धन बनाउने । नेपाली काँग्रेस नेतृत्वको संयुक्त सरकारमा रहेका माओवादी र प्रमुख विपक्षी दल एमाले बीच १७ असोज २०७४ मा गठबन्धन घोषणा भयो ।
सत्ता साझेदार काँग्रेस नराम्रो गरी …
प्रतिवन्धित विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै सरकार :
२० फागुन, काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।
‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’