मोरङबाट प्रदेशसभामा कांग्रेसका अर्याल विजयी
७ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गरे ।
अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा अर्याल क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ-५ मा उपेन्द्र …
काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गर्नु भएको थियो ।
आफूले सपथ लिएलगत्तै मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू र वडा सदस्यहरूलाई सपथ गराउनु भएको छ ।
मेयर साह र उपमेयर डंगोलले महानगरपालिकामा गएर आजै पद बहाली गर्नु हुने भएको छ । अन्य पदाधिकारीहले …
नवनिर्वाचित जनप्रतिनिधिका अजबगजब निर्णय
काठमाडौं । अरुभन्दा छुट्टै देखिने नाममा स्थानीय निकायका नवनिर्वाचित जनप्रतिनिधिहरू एकपछि अर्को सस्ता निर्णय सार्वजनिक गर्ने होडमा छन् ।
कुखुराको चल्लादेखि नवजात छोरीको जीवन बीमासम्मका होडमा उनीहरू देखिएका छन् । रोजगारी सिर्जना, आत्मनिर्भर गाउँशहर, व्यावसायिक कृषि, उपार्जनका स्रोत खोजी गरी राजश्वमा भरथेग पुर्याउनेतर्फ कसैको न चासो छ, चिन्ता नै ।
बरु जनताको बहुआयामिक विकासका लागि सरकारले दिएको पैसा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने प्रतिस्पर्धामा जनप्रतिनिधि लागेको देखिन्छ ।
दोस्रो पटक भरतपुर महानगरपालिकाको बागडोर सम्हाल्न पुग्नुभएकी रेनु दाहालको सरकारी अस्पतालमा जन्मने छोरीको जीवन बीमा गर्ने निर्णय गरेर मतदाता खुसी राख्ने प्रयास गर्नुभएको छ । …
लयमा फर्किएनन् सरकारी कार्यालय : न सेवाग्राहीको भीड, न कर्मचारीमा उत्साह
काठमाडौं । स्थानीय निकायको चुनाव सकिएको ११ दिन वितिसक्दा पनि सेवाग्राहीको भीडभाड हुने काठमाडौंका सरकारी कार्यालय लयमा आउन सकेका छैनन् ।
न सेवाग्राहीको भीडभाड छ, न कर्मचारीमा उत्साह । सेवाग्राही कम हुँदा आर्थिक वर्षको अन्त्यमा हुने राजश्व संकलनमा समेत प्रत्यक्ष असर परेको छ ।
अरुबेला यहाँ सेवाग्राहीको भीडले खुट्टा राख्ने ठाउँ नहुने काठमाडौं सानोभर्याङस्थित यातायात कार्यालयमा अहिले सेवाग्राही पातलिएका छन् ।
चुनावअघि दैनिक १ देखि डेढ करोड रुपैयाँ राजस्व उठ्ने कार्यालयका आम्दानी अहिले २०–३० लाखमा खुम्चिएको शाखा अधिकृत उपेन्द्र साह बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय, राजश्व कार्यालय, काठमाडौं महानगर, नापी र मालपोतको अवस्था पनि …
शशांकको क्षेत्रमा कांग्रेसलाई हराउने एमालेका २८ वर्षे दीपेन्द्र
११ जेठ, चितवन । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए ।
डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यसबेला उनले सरकार र जनता बीचको सम्बन्धमा ठूलो खाडल देखे ।
गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छट्पटी भयो । उनलाई गाउँलेका निर्दोष मनहरुले प्रश्न सोधेको अनभूति हुन्थ्यो, ‘के तिमी हाम्रो जुनी बदल्ने कुनै काम गर्न सक्छौं …
महानगर र उपमहानगरमा कुन पार्टीले कहाँ जिते? मतसहित
काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन भएको १३ औं दिन पश्चात् ७ सय ४७ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। यसैबीच महानगर र उपमहानगरको नतिजा पनि सार्वजनिक भएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजयी भएपनि घोषणा हुन् बाँकी छ।
यी बाहेक देशभर रहेका ६ मध्ये ५ महानगर र ११ उपमहानगरको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले २ महानगरसहित ५ प्रमुख जितेको छ। नेकपा एमालेले तीन उपमहानगरमा प्रमुखमा विजयी भएको छ। नेकपा माओवादी केन्द्रले एक महानगर एक उपमहानगरमा प्रमुख जित हासिल गरेको छ।
नेकपा एकीकृत समाजवादीले एक महानगर र …
सधैँ नगरवासीलाई शिरमा राखेर काम गर्नेछौँ : चिरिबाबु
काठमाडौं : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम अगाडि बढाउने बताएका छन्। बुधबार जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर काम गर्ने बताए।
नगरप्रमुखमा पुनः निर्वाचित उनले भने,‘हामी जे काम गछौँ,टिम वर्कको रूपमा अघि बढ्नुपर्छ,नगरवासीलाई शिरमा राखेर काम गर्दा सफल हुनेछौँ।’
उनले आफूबाट कुनै पनि पक्षपात नहुने प्रतिबद्धता व्यक्त गरे।
‘हिजोको दिनमा पनि यो पाटी, त्यो पाटी भनेर कुनै पक्षपात गरिनँ। त्यसै कारण अघिल्लो चुनावमा भन्दा यस पटक ६० गुणा बढी भोटले अहिले जितेँ। मेरा तर्फबाट कुनै अब पनि पक्षपात व्यवहार गर्दिनँ, तेरो मेरो भनेर कसैलाई काखा पाखा लाउँदिनँ,यो …
बालेन साहको उदय,राजनीतिक दलहरुलाई गतिलो सवक
काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा केही रोचक परिणामहरु आएका छन् । राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहको जित निश्चित भइसेको छ । यो टिप्पणी लेख्दासम्म उनी गणना गर्न बाँकी मत भन्दा बढीले अग्रता लिइरहेका छन् ।
उता धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भए भने जनकपुर उपमहानगरमा पनि स्वतन्त्र मनोज कुमार साहले जित हात पारे । सुदुर पश्चिमको धनगढी उपमहानगरमा गोपाल हमाल विजयी भए । यी लगायत अन्य केही स्थानीय तहका पालिका प्रमुख र वडाहरुमा स्वतन्त्र उम्मेदवार विजयी भए । राजनीतिमा …
माओवादीको निष्कर्ष : आन्तरिक कमजोरीले कम सिट जितियो
११ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
पूर्व स्थायी समिति सदस्यहरुको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले १५० भन्दा बढी पालिकामा जित्ने आफूहरुको प्रक्षेपण भए पनि पार्टीको आन्तरिक सांगठनिक कमजोरीका कारण कम सिट आएको निष्कर्ष बैठकमा निकालिएको बताए । ‘मूलभूत रुपमा गठबन्धन सफल नै भयो भन्ने नै निष्कर्ष बैठकको रह्यो’ आचार्यले अनलाइनखबरसँग भने, ‘१५० भन्दा बढी पालिकामा जित्नुपर्थ्यो । तर …
पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित
११ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए ।
मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् ।
उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।
उपमेयरमा राप्रपाकी रन्जनाकुमारी …
काठमाडौंमा ५० हजार बढी मतका साथ बालेनको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ।
पछिल्लो मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत प्राप्त गरेर अग्रता अग्र स्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै, ३० हजार १५ मतसहित केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । बालेन साह सिर्जना सिंह भन्दा १९ हजार २ सय ६३ मतले अगाडि हुनुहुन्छ ।
अहिलेसम्म करिब १ लाख ५३ हजार मत गणना भइसकेको छ। अब ३७ हजार ७ …
भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल विजयी
नवलपुर : भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा पाँचचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्।
दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ।
यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे। दाहाल २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको …
अल्लाहको प्रार्थना र स्वस्ती वाचन गरेर पदभार ग्रहण
९ जेठ, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मुस्लिम धर्मगुरुबाट मुस्लिम परम्परा अनुसारको दुवा (अल्लाहको प्रार्थना) र हिन्दु पुरोहितबाट स्वस्ती वाचन गराई पदभार ग्रहण गरेका छन् ।
वडा नम्बर १ पकडीस्थित गाउँपालिकाको कार्यालयमा नवनिर्वाचित अध्यक्ष वलिउद्दिन मुसलमान र उपाध्यक्ष सरस्वती यादवले पदभार ग्रहण गरे । अध्यक्ष मुसलमानले कुर्सीमा बस्नुपूर्व मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका मौलाना मोहम्मद तारिखले दुवा गरे भने मायादेवी १ का पुरोहित जनार्दन मिश्राले स्वस्ती वाचन गरे ।
त्यसैगरी उपाध्यक्ष सरस्वती यादवले पनि अध्यक्ष मुसलमानले जस्तै मौलानाबाट दुवा र पुरोहितबाट स्वस्ती वाचन गराएर पदभार ग्रहण गरिन् ।
‘अध्यक्षसहित …
६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक
काठमाडौं । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ।
सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ । नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ। एमालेले २ सय १२ उपमेयर जितेकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र १ सय १६ पालिका मेयरमा विजयी हुँदा १ सय २० उपमेयर जितेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले २३ पालिका मेयर जितेको छ। जसपाले २३ उपमेयर जितेकाे छ। नेकपा एकीकृत …