काठमाडौं । गायक तथा सर्जक प्रशान्त मिस्टको नयाँ गीत ‘पहाड हिमाल तराई’ सार्वजनिक भएको छ । गीतमा गायक प्रशान्त मिस्टको स्वर तथा शब्द रहेको छ ।
गीतको भिडियोमा नलिना चित्रकार र दिपेश सिंहको गायन र अभिनय रहेको छ । गीतको म्युजिक भिडियो OSR Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
नेपालभित्र रहेका हिमाल, पहाड र तराईमा भएका विविध कुराहरुलाई समावेश गरेर उत्कृष्ट शैलीमा गीतमा प्रस्तुत गरिएको छ । गीतमा नेपाली मौलिकपन झल्काईएको छ ।
भिडियाे हेर्न तलकाे लिङकमा क्लिक गर्नुहाेस ।

