काठमाडौं । सरकारले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनःस्थापनाका लागि अध्ययन टोली गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मोस्थित सीमा चिह्न स्तम्भ ५३ (१) लाई यथास्थानमा संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो ।

