एन सन्चार, कावासोती, असार २९ः पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा चोरी भएको छ ।
शुक्रवार दिउसो करिव ११ वजेको समयमा गैडाकोट ७ पिसपार्क टोल वस्ने चुणामणी सापकोटाको घरमा मुल ढोकाको ताला फुटाएर चोर पसि अन्दाजी ९ तोला वरावरको सुनका गरगहना र नगद रु ३० हजार चोरेर लगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
घटनाको खवर पाउनासाथ प्रहरीको टोली अनुसन्धानमा खटिएको तथा चोरको खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

