काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) को जितको खुशीमा देवचुलीका एक शिक्षकले दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएकाे छ । देवचुली नगरपालिका वडा -१६ रजहरमा रहेको देवचुली माध्यमिक विद्यालय नि.मा.वि तहका संयोजक एवम् खेलकुद शिक्षक दिवश थापाले विद्यालयमा अध्ययनरत दुई बालिकाको अभिभावकत्व ग्रहण गर्नुभएकाे हाे । थापाले देवचुली मा.विमा कक्षा १ मा अध्ययनरत रेसु तामाङ र २ मा अध्ययनरत सृष्टि वि.कको अभिभावकत्व गर्नुभएकाे हाे । उहाँले बालेन शाहले काठमाडौँको मेयरमा जिते दुई विपन्न परिवारका बालबालिकालाई दुई बर्षसम्म आफ्नै खर्चमा पढाउने बाचा गर्नुभएको थियो । अहिले बिद्यार्थीहरु निकै खुसी देखिन्छन् ।