चितवनका प्रहरीद्वारा आम सर्वसाधारणलाई मास्क लगाउन अनुरोध

  • समाचार
  • २०७८ बैशाख १३, सोमबार ०५:२१

जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन मातहतमा रहेका प्रहरीले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिरहेका छन् । ठाउँठाउँमा रहेका प्रहरीले चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क उपलब्ध गराउँदै आएका छन् । चोकचोकमा प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रमसमेत गर्दै आएका छन् । ‘तपाईंको मास्क खोइ रु’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराइरहेका छन् । निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरिरहेका छन् । मास्क नलगाई हिँडेका अधिकांशले खल्तीमै मास्क लिएर हिँड्ने गरे पनि नलगाएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकांशले मास्क बोकेर पनि नलगाएको पाइएको भन्दै उहाँले मास्क नै नलिई हिँडेकालाई प्रहरीले नै मास्क दिने गरेको बताउनुभयो ।

 

स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक ठानेको हुँदा प्रहरीले यो काम गर्दै आएको उहाँले बताउनुभयो । देशभरको १४ जिल्लामध्ये चितवन जिल्ला र त्यसको पनि भरतपुर महानगरपालिका क्षेत्र सबैभन्दा बढी जोखिममा भएपछि यहाँ मानिसको भीडभाड हुने कुनै पनि गतिविधि हुन दिइएको छैन । यहाँका विद्यालयसमेत वैशाख मसान्तसम्मका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पनि २५ जनाभन्दा बढी मानिसको जमघट हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरिसकेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *