हाटवजार व्यवसायीको अटेरीले संक्रमणदर वढन सक्ने ,प्रशासनको निर्णय कार्यान्वयन भएन ।

ज्ञानु पंगेनी,कावासोती , वैशाख २०||  कावासोती नगरपालिकाले नगरपालिकाभित्र सञ्चालन हुँदै आएका साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेपनि यहाँका व्यवसायीले अटेर गरेका छन् । नगरपालिकाको विपद व्यवस्थापन समितीको यहि वैशाख १७ गते वैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने निर्णय गरेको थियो । तर नगरपालिकाको उक्त निर्णयको वेवास्था गर्दै कावासोती २ स्थीत हाटबजार आज सञ्चालन गरिएको छ ।
 
हाट बजारमा बढि भिडभाड हुदा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले हाट बजार बन्द गर्ने निर्णय गरेको हो । तर हाट बजार सञ्चालन गर्दै आएका व्यवासयीहरुले भने अन्य पसल व्यवसाय , कार्यालय बित्तीय संस्था सञ्चालन भएको तथा भिडभाड हुने गरेकाले आफुहरुले पनि हाट बजारमा व्यवसाय सञ्चालन गरेको प्रतिकृया दिएका छन् ।
 
 
नगरपालिकाले यस अघि वैशाख १२ गते पनि एक हप्तालाई हाट बजार बन्द गर्ने निर्णय गरेको थियो । त्यो समयमा समेत यहाँका हाट बजार सञ्चालन भएका थिए । जिल्ला प्रशाशन कार्यालयले समेत कोभिड – १९ संक्रमणको महामारी नियन्त्रणमा भूमिका निभाउन आग्रह गर्दै आईरहेको छ ।
जोखिमलाई ख्याल राखेर सबै नागरिकले स्वास्थ्य सर्तकता अप्नाउने र भिडभाड नगर्न आग्रह गरिरहँदा समेत यहाँका कतिपय नागरिक तथा व्यवसायीहरुले अटेर गर्दै आएका छन् । प्रजिअ मनमाया पंगेनीले महामारीको जोखिम बढ्ने कुनै पनि कृयाकलाप नगर्न आम जिल्लाबासीमा आग्रह गर्नुभएको छ । महामारीको अन्त्यका लागि सबै एकजुट भएर पहल गर्न सके मात्रै सम्भव हुने भएकाले स्वास्थ्य सर्तकता र प्रशाशनको निर्णय कार्यान्वयन गर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 81 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 21 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *