एक घण्टा सम्म पनि एम्बुलेन्स नपाउदा देवचुलीका एक संक्रमितको ज्यान गयो

देवचुली ,माधब सुबेदी
सोमबार एक घण्टा सम्म पनि एम्बुलेन्स नपाउदा एक संक्रमितको ज्यान गएको छ । देवचुली नगरपालिका वडा नं १३ दलदलेका ६८ बर्षिय एक पुरुषको ज्यान गएको हो ।
उनका नजिकका आफन्तले देवचुलीमा १० वटा एम्बुलेन्स भएपनि समस्या पर्दा नपाईने र कोभिड संक्रमित बिरामी भएको कारणले कुनै पनि एम्बुलेन्स आउन नमानेको भन्दै गुनासो गरेका थिए । आफन्तका अनुसार एम्बुलेन्सलाई खोज्दा खोज्दा नपाएपछि अन्तिममा ट्याक्टरमा अस्पताल लैजान परेको बताएका हुन । कोभिड-१९ को संक्रमण भई होम आइसोलेसनमा बैशाख १६ गतेबाट बस्दै आएका उनी अचानक श्वास फेर्न गाह्रो भएपछी अस्पताल लगिएको थियो । देवचुली नगरपालिका स्वास्थ्य शाखाले उक्त पुरुषको मृत्यु अस्पतालमा दिउसो २ बजेर ३५ मिनेटमा भएको जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 88 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *