‘प्रचण्ड चितवनबाटै चुनाव लड्नुहुन्छ, अन्त जानुहुन्न’, चितवन जिल्ला संयोजक भन्छन् : चितवनबाटै जिताउँछौं

२३ साउन, चितवन । नेकपा माओवादी केन्द्रको चितवन जिल्ला समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि चितवनबाटै आम निर्वाचनमा उम्मेदवार बन्नुपर्न निर्णय गरेको छ ।

आइतबार बसेको जिल्ला कार्यालय समितिको विस्तारित बैठकले प्रचण्डलाई चितवन-३ बाटै जिताउन तयारी गर्ने निर्णय गरेको माओवादी केन्द्र चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले बताए ।

‘हिजो हाम्रो कार्यालयको विस्तारित बैठक बस्यो, त्यसले तीनवटै निर्वाचन क्षेत्रको तयारी गर्ने र निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचण्डलाई भारी मतले जिताउन तयारी गर्ने निर्णय गर्‍यो’ उनले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड चितवन-३ बाट निर्वाचित भएका थिए । जिल्ला संयोजक अधिकारीले यस पटक पनि प्रचण्ड चितवन-३ बाटै उम्मेदवारी दिने ठोकुवा गरे । ‘प्रचण्ड चितवन ३ बाटै लड्नुहुन्छ, अन्त जाने कुरा हल्ला मात्रै हो । स्वयं अध्यक्षले पनि त्यो कुरा भनिराख्नुभएको छ’ उनले भने ।

खुला राजनीतिमा आएपछि प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् । उनले २०६४ को संविधानसभा चुनावमा रोल्पा–२ र काठमाडौं–१० दुबै क्षेत्रबाट चुनाव जितेका थिए ।

२०७० को दोस्रो संविधानसभामा उनी काठमाडौं-१० र सिरहा-५ बाट उठेका थिए । तर, काठमाडौं-१० बाट पराजित भए । २०७४ मा भने प्रचण्ड चितवन-३ बाट निर्वाचित भए ।

चितवनलाई नै स्थायी निर्वाचन क्षेत्र बनाउने गरी पछिल्लो पाँच वर्षमा प्रचण्डले आफ्ना गतिविधि चितवनमै केन्द्रित गरेका थिए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 16 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *