‘चर्चित गित रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक

काठमाडौं : ‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको आवाजमा फिमेल भर्सन सार्वजनिक भएको हो।

यसअघि सुरज पण्डितको आवाजमा रहेको यो गीतलाई स्मृती शाहीले आवाज दिएकी छिन्। यो गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेसमा तयार पारिएको हो। लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ।

सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश गीतमा छ। ‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतको भिडियोमा देखाउनेगरि हामीले अथक प्रयास गरेर फिमेल भर्सन ल्याएका छौ’ गीतमा अभिनय गरेका चिञ्जिवी सापकोटाले भने,‘यसअघिको मेल भर्सनमा डोल्पासहितका जिल्लावासीले भोग्नु परिरहेको ब्यथा देखाएका थियौँ।

 

 

यसपटक गीतको बोलअनुसार नै हुम्लावासीले भोगिरहेको पीडाको एक अंश प्रस्तुत गरेका छौँ।’ गीतको भिडियो निर्माणका लागि एक महिना समय लागेको भिडियो निर्देशक लक्ष्मण सुनारले बताए।

‘अफ्ठ्योरो परिस्थितीका बावजुत पनि हामीले मेल भर्जनमा देखाउन नसकेको त्याँहाको अवस्था देखाउने प्रयास गरेका छौँ।’ सुनारले भने,‘दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छौ।’ गीतको मेल भर्सनलाई युट्यूबमा साढे १८ लाख बढी पटक हेरिएको छ।

हिजो (बिहीबार) मात्रै सार्वजनिक भएको फिमेल भर्सन  युट्यूबको टेण्डिङमा छ। गीतमा कलाकार चिरिञ्जवी सापकोटा, सरस्वती खत्री लगायत स्थानीय कलाकारहरुको पनि अभिनय छ। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 853 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८० भाद्र २२, शुक्रबार ११:४७
    • 230 views
    विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)

    भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *