
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।
कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।
विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा समूह ‘एच’ मा रहेका पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।
त्यस्तै बिहीबार हुने चौथो खेलमा समूह ‘जी’ मा रहेका उपाधि दाबेदार ब्राजिल र सर्बियाबीच राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ ।