
सुरेश छन्त्याल,बाग्लुङ,माघ २४ः स्पोर्ट्स ग्रुप हङकङका अध्यक्ष तथा बाग्लुङ समाज हङकङका बरिस्ट सल्लाहकार मेगराज पुनले घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चलाई भलिबलका साथै रकम हस्तान्तरण गरेका छन ।
पुनले क्लबका अध्यक्ष प्रकाश पुन , सचिव दिप घर्ती सहित क्लवका अन्य सदस्यहरूका विच रू १० हजार नगद सहित २ वटा वल हस्तान्तरण गरेका हुन
रकम हस्तान्तरण पुनले आफू गाउँमा हुदा यसै क्लबबाट खेल खेलेकाे साथै क्लबमा रहेर विभिन्न कार्यक्रम संचालन गर्दै आएकाे तथा विदेशमा पनि आफू यहि क्षेत्रमा रहेर विभिन्न पदमा बस्दै गर्दा गाउँ आएकाे समयमा क्लबलाइ केही सहयोग गर्ने उदेश्यका साथ सहयोग गरेकाे र पाण्डबखानीमा विभिन्न क्लब रहेकाे र विशेषगरि घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले पाण्डबखानीकाे पहिचान संगै यस गाउँमा रहेकाे विभिन्न कला, संस्कृतिकाे जगेर्ना गर्दै आईरहेकाे क्लब भन्दै टाेल – टाेलमा रहेकाे विभिन्न क्लबलाइ एकबद्धता गराई एकताकाे सन्देश दिन समेत पुनले अनुरोध गरेका थिए ।