राजेश सुनाम ०७९,फाल्गुन २३,नवलपुर होली र्पव निकै हर्षउल्लासका साथ आज र भोली नेपालको पहाडी र तराइ भागमा मनाउने गरीन्छ । यो पर्व कहिलेबाट सुरु भएको हो भन्ने धेरैलाइ थाहा नहुन सक्छ तर धेरैले परापूर्वकाल देखि नै चल्दै आएको हिन्दु धर्म सस्कार अनुसारको चलन हो पनि भन्ने गर्दछन् ।
आज भन्दा धेरै वर्ष पहिलाको कुरा हो कुनै एक राज्यमा राजा हिरण्यकस्यप बस्थे । उनि अलि राक्षसी स्वभावका थिय । उनले यो संसारको सबै भन्दा शक्ति साली राजा म नै हु भनेर घमण्ड गर्थे । पृथ्वी,आकाश र पातालमा उनले शासन चलाएका थिय । तिनै लोकमा विजय प्राप्त गरेका थिय । उनको छोरा प्रह्रलाद भन्ने भगवान बिष्णुको भक्त थिय यहि कुरामा कहिले काहि बावुछोराको झगडा पर्ने गर्दथ्यो । छोराले तिनै लोकका देवता भगवान बिष्णु हुन भन्थे भने बावुले तिनै लोकको देवता म हु भन्थे।
यसरी यिनीहरुको दिनचार्य चलिरहेको थियो एकदिन बावु हिरणकसुपलाइ सारै रिस उठ्यो र छोरा प्रह्रलादलाइ मार्ने जुक्ति सोच्न थाल्यो र उसले आफ्रनी बहिनी होलीकालाइ बोलाउन पठायो ।
होलिकालाइ भगवान संग वरदान मिलेको थियो कि उ कुनै पनि आगोबाट जल्ने छैन् भनेर त्यहि सोचेर हिरणकसुपले बहिनी होलिकालाइ आफ्नो दरवारमा बोलाउन पठायो । र उसले दरबारमा दाउराको ठूलो चिता बनाउन लगायो ।
होलिकाको आगमन संगै स बिस्तार सबैकुरा बहिनीलाइ बतायो र उ मेरो ठूलो सत्रु भएको र उस्लाइ मार्न चाहेको कुरा सुनायो । दाजुबहिनीको कुराकानी पछि रातको समयमा राज्यका सबै मानिसहरुलाइ बोलाएर रात्रि कार्यक्रमको आयोजना गरीयो ।
भक्त प्रह्रलादलाइ पनि सेनाहरु गइ राजाको आदेश भनि समातेर ल्याए र प्रह्रलादलाइ फूपु होलिकाको जिम्मा लगाइ दिय । होलिकाले प्रह्रलादलाइ समातिन् र दाउराको चितामा गइ बसिन् ।
सेनालाइ चितामा आगो लगाउन आदेश दिइन्न आगो दनदनी बल्न थाल्यो उता प्रह्रलाद भन्ने मुसुमुसु हासी रहे होलिका भने बेस्सरी हास्न थाली उता प्रह्रलादको आमा चाहि रुदारुदै वेहोस भइ ढलिन आगो बेस्सरी दन्कन थाल्यो पहिला हासेकी होलिका रुन र कराउन थाली फुपुको काखमा बसेका प्रह्रलाद भने अझै पनि हासि नै रहेकाछन् उनलाइ त आगोको लप्कोले एक छेउ पनि छोएको छैन् सबै दंग पर्न थाले लौ यो के भयो अचम्म भन्दै दरवार भरि हल्ला मचिन थाल्यो उता आगोबाट नजल्ने बरदान पाएकी होलिका भने जलेर खरानी भइन र आगोबाट प्रह्रलाद भने सकुशल निस्किय त्यसै दिनलाइ असत्य माथिको सत्यको जित भनि होलिकाको अन्त्य भएको दिनलाइ स्मरण गर्दै रगैरगंको पर्व भनि होलि पर्व मनाउन लागिएको हो भन्ने धार्मिक बिश्वास रहि आएको छ ।
फाल्गुन शुक्ल पुर्णिमाका दिन मनाइने यो पर्व बिभिन्न रंगहरुका साथमा खेल्ने गरिन्छ । बिशेष गरी साथिभाइ, इष्टमित्र र आफन्तिहरुको बिचमा शुभकामना सटासाट गरी बिभिन्न परिकारहरु खाइ रमाइलो गरी रंग दलि खेल्ने चलन रहि आएको छ ।