जेठ १३, कावासोती : नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं जिल्ला अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । शनिबार सदरमुकाम कावासोतीमा भएको एक औपचारीक कार्यक्रमका विच गण्डकी प्रदेशका कृषि मन्त्री महेन्द्रध्वज जिसीद्धारा नवनिर्वाचित समितिले पदभार ग्रहण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले पत्रकार समाजको आँखा भएको बताए । समाजमा भएका विकृति कुरीति एवम् सत्तामा भएका विकृतिका कुराहरुलाई उजागर गर्दै निष्पक्ष ढङ्गबाट समाचार सम्प्रेषण गर्दै जनतालाई सुसुचित गराउनमा पत्रकारको महत्वपूर्ण भूमिका रहने समेत मन्त्री जिसिको भनाइ थियो ।
पत्रकारिता जगतमा पार्टीको भातृ संगठन भएतापनि समाजलाई अहित गर्ने खालका क्रियाकलाप कुनैपनि राजनिति दलबाट हुन गएमा पत्रकारले निष्पक्ष ढङ्गबाट कलम उठाउनु पर्नेमा जिसिको जोड थियो । नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं जिल्ला अधिबेशनले अध्यक्षमा खगराज सापकोटालाई चयन गरेको छ । निर्वाचन मार्फत सापकोटा अध्यक्ष तथा उपाध्यक्षमा सुजन अधिकारी, समावेशी उपाध्यक्षमा मिना कँडेल , सचिवमा कल्पना कुँवर , सहसचिवमा गीता गैरे , कोषाध्यक्षमा अजय पौडेल चयन भएका हुन । सदस्यहरूमा गोविन्द रिमाल , एलिना केसी , नवराज अधिकारी, शुसिल भुसाल , निकेश काफ्ले , नारायण प्रसाद भुर्तेल , नारायण सुवेदी , सन्तोष गौडेल , सञ्जय भट्टराई र दिपा पंगेनी निर्विरोध निर्वाचित भएका छन । यस्तै शनिबार सम्पन्न कार्यक्रमले निवर्तमान कार्यसमितिलाई सम्मान पत्र प्रदान गरि सम्मान गरेको नवनिर्वाचित अध्यक्ष खगराज सापकोटाले जानकारी दिए ।