ईन्भटर व्यवसायिसँग मिलेर ईन्भटर बिकाउनकै लागि कावासोति प्रसारण केन्द्रले यस्तो गरेको हो भन्ने आरोप लगाएका छन् नि, भन्ने एनसञ्चार अनलाईनको प्रश्नमा कार्यालय प्रमुख कर्णले भने : कसैले त्यस्तो भन्नै नपाउने त म कसरी भनुँ…”
एनसञ्चार संवाददाता, साउन ६, कावासोति : नवलपरासि (वर्दघाट सुस्ता पूर्व)को जिल्ला सदरमुकाम समेत रहेको कावासोतिमा दैनिक २०,२२ पटक झ्याप्प झ्याप्प बत्ति जाने र आउने समस्याले उपभोक्ता मारमा परेका छन् । विद्युत्त प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ् आएपछि देशैभर लोडसेडिङ् अन्त्यको घोषणा त गरे तर नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले भने कुलमानको उक्त घोषणालाई गिज्याईरहेको भन्दै उपभोक्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।
जिल्लामा पछिल्लो समय अघोषित रुपमै दिउँसो र रातिको समयमा अध्यधिक समय लाईन जाने र आउने क्रम चलिरहँदा विद्युत्तबाट चल्ने (ईलेक्ट्रिक) विभिन्न उपकरणहरुमा समस्या आउने मात्र होईन केहि उपकरण त विग्रिएर कामै नलाग्ने बनिसकेको स्थानियको भनाई छ ।
कावासोतिमै ईलेक्ट्रिोनिक व्यवसाय सञ्चालन गर्दै आउनुभएका व्यवसायि हिमाल मरासिनिले: पछिल्लो केहि दिनमा पसलमा रिपेयर गर्न ल्याईएका सामानको संख्याले पनि बिनामेसै आउने जाने भैरहेको विद्युत्तले कतिसम्म समस्या पारेको रहेछ भनेर पुष्टि गर्ने बताएका छन् । मरासिनिका अनुसार विद्युत्त जानेआउने ठेगान नहुँदा विग्रिएका सामान बनाउन पनि समस्या परेको छ । उनले भने : “फ्रिज चलाउन पाईएको छैन, झ्यापझ्याप लाईन जाँदा विग्रन्छकि भन्नु पर्यो.., यो गर्मिमा लाईनले झन् गर्मि थपिराछ ।” कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण पङ्खा, फ्रिज जस्ता विद्युत्तिय उपकरण बिग्रने गरेको उनले बताए ।
त्यस्तै स्थानिय अर्का व्यवसायि हरि प्रसाद ढकालले केहि आवेश पोख्दै भने : “यो सब् ईन्भटर बिकाउने खेलो हो, यसरी झ्यापझ्याप विद्युत गएपछि, ईन्भटर किन्नुको अर्को विकल्प नै छैन ।”
स्थानियको गुनासो सुनिसकेपछि हामिले नेपाल विद्युत्त प्राधिकरण कावासोति शाखाका शाखा प्रमुख अमित कुमार कर्णलाई टेलिफोन सम्पर्क गरि, विद्युत्त ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती)को समस्या कहिले सम्म हो ? भनि प्रश्न गरेका थियौँ ।
कार्यालय प्रमुख कर्णका अनुसार भरतपुर प्रसारण लाईनबाटै समस्या आईरहेको भएपनि केहिहदसम्म समस्या सुल्झिसकेको एनसञ्चार अनलाईनलाई बताए । उनले भने ” “भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन ओभरलोड भएकोले पनि यो समस्या आएको हो ।”
भरतपुर–बर्दघाट प्रसारण लाइन भरतपुरबाट प्रगतिनगर हुँदै कावासोति ल्याईएको साथै यहि लाईन पाल्पा जिल्लाको पनि सिमानासम्म पुग्ने हुँदा धेरै भार पर्न गएको कर्णले एनसञ्चार अनलाईनलाई बताए ।
जिल्लामा विद्युत्त आपुर्तिको माग बढ्दै गएपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको कामलाई तीव्रता दिईएपनि विभिन्न ठाउँमा स्थानियहरुकै अवरोधका कारण पनि छिटो प्रयोगमा ल्याउन नपाईएको उनको भनाई छ । कर्णले यसको विकल्पमा ल्याउन लागिएको भरतपुर–बर्दघाट २२० केभीए प्रसारण लाइन सञ्चालनमा नल्याउँदा सम्म यस्तो समस्या भैरहनसक्ने बताए ।
यहि प्रसारणलाईन भित्र पनि कावासोतिमा विद्युत नभएको समयमा गैँडाकोटमा भने विद्युत्त आईरहेको पनि पायौँ, केहि व्यक्तिहरुले ईन्भटर व्यवसायिसँग मिलेर ईन्भटर बिकाउनकै लागि कावासोति प्रसारण केन्द्रले यस्तो गरेको हो भन्ने आरोप लगाएका छन् नि, भन्ने एनसञ्चार अनलाईनको प्रश्नमा कार्यालय प्रमुख कर्णले भने : “कसैले त्यस्तो भन्नै नपाउने त म कसरी भनुँ, तर हामिले विद्युत्त आपुर्तिलाई सकेसम्म सहज बनाउने प्रयास गरिरहेकाछौँ, अब माथिबाटै भएको समस्यालाई जिल्लाले मात्र त समाधान गर्नै सक्दैननि ।”
यता केहि स्थानियले भने यस्तै गरि ट्रिपिङको समस्या भोगिरहनुपर्यो भने प्राधिकरणको जिल्ला कार्यालयमा डेलिगेसननै जानेगरि तयारि थालिएको पनि बताएका छन् ।

