
देवचुली नगरपालिकामा हाल सम्म १ सय ७९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ जसमा ८८ जना निको भइसकेका छन् भने ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जेठ १ गते शनिबार सम्म देवचुली नगरपालिकाका विभिन्न वडा भित्र ८७ जना कोरोना संक्रमित रहेका छन् । देवचुली नगरपालिका भित्र सबै भन्दा बढि वडा नं १६ मा सक्रिय संक्रमित रहेको पाइएको छ । देवचुली १६ मा २८ जना संक्रमित मध्य १५ जना निको भईसकेका छन् भने १ जनाको मृत्यु भएको र बाँकी १२ जना संक्रमित रहेका छन् । यसैगरि देवचुली वडा नं ६ मा हालसम्म कसैमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छैन । देवचुली वडा नं १० मा हाल सम्म १२ जनामा संक्रमण पुष्टि भएको छ जसमा २ जना निको भएका छन र बाँकी १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । वडा नं ३ मा हाल सम्म १५ जनामा संक्रमण पुष्टि भएको छ जसमा ६ जना निको भएका छन् र बाँकी ९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । वडा नं २ मा हाल सम्म १५ जनामा संक्रमण पुष्टि भएको छ जसमा ७ जना निको भएका छन् र बाँकी ८ जना संक्रमित मध्य ६ जना होम आइसोलेसनमा र २ जना दुम्कौली अस्पतालमा उपचाररत रहेका छन् । वडा नं ७ मा हाल सम्म १४ जनामा संक्रमण पुष्टि भएको छ जसमा ७ जना निको भएका छन् र बाँकी ७ जना होम आइसोलेसनमा रहेका छन् । यसैगरि वडा नं १३ मा हाल सम्म २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा १४ जना निको भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ र बाँकी ७ जना होम आइसोलेसनमा रहेका छन् । वडा नं १५ मा हाल सम्म १२ जनामा संक्रमण पुष्टि भएको छ जसमा ६ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको र बाँकी ६ जना मध्य १ जना मध्यविन्दु अस्पतालमा उपचाररत र ५ जना होम आइसोलेसनमा रहेका छन् । वडा नं ११ मा हाल सम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा १ जना निको भएका छन भने बाँकी ५ जना मध्य २ जनाको जनज्योती मा।विको आइसोलेसनमा र ३ जना होम आइसोलेसनमा रहेका छन् । वडा नं १७ मा हाल सम्म १० जनामा संक्रमण पुष्टि भएको छ जसमा ५ जना निको भएका छन भने ५ जना होम आइसोलेसनमा रहेका छन् । वडा नं १४ मा हाल सम्म १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ जसमा ६ जना निको भइसकेका छन् भने बाँकी ४ जना होम आइसोलेसनमा रहेका छन् । वडा नं ९ मा हाल सम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा ४ जना निको भएका छन भने १ जनाको मृत्यु भएको र बाँकी ३ जना होम आइसोलेसनमा रहेका छन् । यसैगरि वडा नं १२ मा हाल सम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा ९ जना निको भएका छन भने बाँकी ३ जनाको होम आइसोलेसनमा रहेका छन् । वडा नं ४ मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा २ जना नै होम आइसोलेसनमा रहेका छन् । वडा नं ५ मा हाल सम्म १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ व्यक्ति होम आइसोलेसनमा रहेका छन् र वडा नं ८ मा हाल सम्म २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा १ जना निको भएको र १ जना उपचाररतका लागि भरतपुर अस्पतालमा रहेको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । देवचुली नगरपालिकामा संक्रमित मध्य धेरै १९ बर्ष देखि ३० बर्ष सम्मका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।