वैदिक सत्य सनातन हिन्दु धर्म रक्षाकाे माग गर्दै धरानमा प्रदर्शन

काठमाडौँ- सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरूले प्रदर्शन गरेका छन् ।

शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण र्याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरू तरहराको पानी पियामा आन्दोलित भएका हुन् । शुक्रबार मध्यरातिदेखि धरानमा निषेधाज्ञा जारी गरिएको छ ।


 

हिन्दु धर्मावलम्बीहरूको प्रदर्शनलाई निषेधाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन् । धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो ।

हिन्दु धर्मावलम्बीहरूले गाई, गोरुलाई आस्थाका साथ पूजा गर्ने गर्दछन् । एक धर्मावलम्बीहरूले अर्को धर्मावलम्बीहरूको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यति बेला आन्दोलन चर्किँदै गएको छ ।

 

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २६, शनिबार १५:३८
  • 33 views
खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

विस्तृत.....

  • २०८१ माघ २५, शुक्रबार ०८:२१
  • 85 views
कावासोती खानेपानीका अध्यक्षको मेयरलाई सुझावः व्यवहार र स्वभाव बदल्नुस्

रमेश बस्ताकोटी, नवलपुर:  कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषाललाई आफ्नो व्यवहार र स्वभाव परिवर्तन गर्न सुझाव दिएका छन्…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *