नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरसहित)

कावासाेती। नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ ।  भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले संयुक्त रूपमा गरे । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा –याली आयोजना गरिएको थियो ।

 

 
 

बसन्तपुरमा इन्द्रजात्रा उत्सव (तस्वीरहरु)

११ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको दिन बिहीबार बसन्तपुरमा भव्य मेला लागेको छ ।
इन्द्रजात्राको मुख्य दिन बिहीबार हनुमानढोका दरबार क्षेत्रस्थित बसन्तपुरबाट तल्लो टोलमा रथयात्रा चलाइँदैछ । रथयात्राअघि विशिष्ट व्यक्ति र हजारौं सर्वसाधारणले जात्राको अवलोकन गरेका छन् ।

हनुमानढोकाको गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिले इन्द्रजात्रा अवलोकन गरेका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि …

पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ (फाेटाे फिचर)

काठमाडौं । संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरिरलाई पशुपति लगिएको छ ।
बिहीबार बिहान नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको हो । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याइएको छ ।
मंगलबार निधन भएका नेम्वाङको पशुपति आर्यघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । उनको अन्तिम विदाइको लागि ठूलो संख्यामा सुभेच्छुकहरु पशुपतिमा पुगेका छन् ।

वैदिक सत्य सनातन हिन्दु धर्म रक्षाकाे माग गर्दै धरानमा प्रदर्शन

काठमाडौँ- सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरूले प्रदर्शन गरेका छन् ।
शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण र्याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरू तरहराको पानी पियामा आन्दोलित भएका हुन् । शुक्रबार मध्यरातिदेखि धरानमा निषेधाज्ञा जारी गरिएको छ ।

 

हिन्दु धर्मावलम्बीहरूको प्रदर्शनलाई निषेधाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन् । धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो ।
हिन्दु धर्मावलम्बीहरूले गाई, गोरुलाई आस्थाका साथ पूजा गर्ने …

इटहरीदेखि तरहरासम्म हिन्दु धर्मावलम्बीको पैदलयात्रा (तस्बिरहरू)

भदौ ९, धरान : हिन्दु धर्मावलम्बीले शनिबार सुनसरीको इटहरीदेखि तरहरासम्म र्‍याली निकालेका छन् । धार्मिक र्‍यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी थिए ।
विभिन्न स्थानबाट धार्मिक गुरूहरू सहभागी भई धरानमा र्‍याली निकाल्ने तयारी गरिएको थियो । तर, सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरीले र्‍यालीका सहभागीलाई तरहराबाट मास्तिर जान रोक लगाएको छ । निषेधाज्ञा जारी भएको क्षेत्र तरहरासम्म धार्मिक गुरु र समर्थकले पैदलयात्रा गरेका …

अर्जुनचौपारि गाउँपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

भदौ ०८, स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारि गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र बल पदको तयारीका लागि निःशुल्क तिन महिने कक्षा संचालन गरेको हो । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार तथा देशभक्ति युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताएका छन् ।

समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे …

शाश्वतधाममा बागेश्वर बाबाको हनुमान प्रवचन (फोटो फिचर)

भदौ ३, नवलपुर : बहुचर्चित बागेश्वर धामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीको हनुमान प्रवचन सुन्न नवलपुरको शाश्वत धाममा हजारौंको ओइरो लागेका छन् । पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्था समेत मिलाइएको छ ।
भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री नेपालको गण्डकी प्रदेशस्थित नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरको दुम्कौलीमा रहेको शाश्वत धाममा ‘हनुमान कथा वाचन’ का लागि शनिबार यहाँ आइपुगेका हुन् । उनी चौधरी गुप्रका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा आएका हुन् । काठमाडौंमा सांसद विनोद चौधरी, सारिका चौधरीसहित शास्त्री चितवन उत्रिएका थिए ।
नेपालको अग्रणी औद्योगिक तथा …

धीरेन्द्रकृष्ण शास्त्रीलाई भेट्न होटलमै पुगे गृह र परराष्ट्रमन्त्री आजै शास्वतधाम आउँदै

शाश्वतधाम प्रवेशका लागि अनलाइन फर्म भरेर पास लिने व्यवस्था मिलाइएको छ । अनलाइन मार्फत भरिएको कार्डमा फोटो अनिवार्य गरिएको छ । फोटोसहित इमेलबाट प्रिन्ट गरिएको पासलाई आधिकारिक मान्ने बताइएको छ ।

एनसञ्चार संवाददाता, भदौ २, नवलपुर : बागेश्वर बाबाका नामले चर्चित भारतीय युवा धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीलाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद होटलमै पुगेका छन् । गएराति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले शास्त्रीलाई भेट गरेका हुन् ।

स्रोतका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गोप्यरूपमा भेट दिएका थिए । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो …

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा कुमारवर्ती कलेज परिसरमा वृक्षारोपण (फोटो फिचर)

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न स्थानमा रहेका ८८ वटा शाखा कार्यालय, एउटा एक्टेन्सन काउन्टर, १६ वटा एटीएम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा सुविधा दिदै आइरहेको छ ।
एनसञ्चार संवाददाता, साउन २७, नवलपुर : साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले कुमारवर्ती कलेज परिसर भित्र वृक्षारोपण गरेको छ । साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरपारि गत वर्ष देखि सु्रु गरेको हरित बढाउने परियोजना (ग्रो ग्रिन प्रोजेक्ट) अन्र्गत नै यस वर्ष पनि देशका हरेक कलस्टरहरुले विभिन्न स्थानमा वृक्षारोपण गरेको बैंकको कावासोति शाखा प्रमुख (बि.एम.) सुन्दर राउतले बताए ।
बैंक एक नाफा मुखि …

भोकभोकै सडकमा न्याय कुरिरहेकि एक नारि

एनसञ्चार संवाददाता, साउन १७, नवलपुर : गत फाल्गुन तिरको घटना थियो; २ दिन अगाडि काठमाण्डौको नयाँबानेश्वर स्थित संसदभवन अगाडिबाट दुईजना महिलालाई प्रहरीले पक्राउ गर्यो । निषेधित क्षेत्रमा आएर प्रदर्शन गर्न खोजेको उनिहरुलाई आरोप थियो ।
त्यसरि प्रहरीले पक्राउ गरेका दुई महिला थिए विनु यादव र आरति गिरि । विनु यादव र आरति गिरि दुवैले आँफु यौन हिंसाको सिकार भएको भन्दै न्यायको खोजिमा थिए ।

पक्राउको समाचार आएको सायद २ दिन पछि आरति गिरि रुँदै हाम्रो कार्यालयमा आएकि थिईन् त्यतिनैबेला हाम्रो पहिलो भेट भयो । करिब डेढ घण्टा जति उनको बिलौना सुन्यौ ।
आरतिको …

धान खेतीमा रोगब्याधि नलागोस् भनि थारु समुदायले हरेरी पूजा गर्दै

रासस
साउन ८, काठमाण्डौ: थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्। रोपिएको धान सप्रियोस् भनेर थारु समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ। अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ। पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन्।

हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ। विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेको टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए।

‘धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि …

साँच्चिनै नेपालको विामानस्थलबाट हात्ती छिराईदिए (क्विन्टल बढि सुन : संसदमा खैलाबैला)

साउन ४, काठमाण्डौ : एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिएको विषयलाई लिएर राष्ट्रिय सभामा प्रश्न उठेको छ । यसले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
चार्ल्स सोभराजले भित्रुभव विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउने गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको बताउँछन् नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी ।

बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको …

उग्र गर्मिकाे त्रास, विउ समेत नष्ट हुने भए : फाेटाे फिचर

एन सन्चार, २८ जेठ , कावासाेती  :  तराइ तथा भित्री मदेशमा भुभागहरूमा अत्याधिक रूपमा बढेकाे तापक्रमले धान खेतीकाे लागी राखीएकाे विउ समेत नस्ट हुने अवस्था देखीएकाे छ । नवलपुर सहित देशैभर  याे समस्याका कारण किसानहरू चिन्तामा छन ।
विउ राखिएकाे जमिन पानी नपरेपछी धाँजा फाटेकाे छ भने लगाइएकाे खेती पनि अत्याधिक गर्मिका कारण नस्ट हुने अवस्था सिर्जना भएकाे छ । पानी नपरेपछि छरिएकाे विउ समेत चराचुरूङ्गीले खाइदिने,  विउ राख्ने बेला पानीकाे अभावमा विउ सखाप हुने, वर्षातमा डुवानले धान खेती नष्ट गर्ने जस्ता समस्यामा बाट त्रसित किसानहरूकाे समस्या समाधानमा स्थानिय सरकारले उचित …

विश्व वातावरण दिवसको अवसरमा अर्जुनचौपारी गाँउपालिकाद्वारा वृक्षारोपण सम्पन्न ।

एन सन्चार अर्जुनचौपारी , २२ जेठ ०८०  :  प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ भन्ने नारा सहित विश्व वातावरण दिवसको अवसर पारी स्याङ्गजाको अर्जुनचौपारी गाँउपालिकाले वृक्षारोपण गरेको छ ।

गाँउपालिका प्रमुख प्रकास तिवारी, उपप्रमुख सपना गुरुङ्ग, जिल्ला सव डिभिजन वन कार्यालयका प्रमुख , नेपाल आर्मिका प्रमुख, स्याङ्गजा जिल्ला वन उपभोक्ता महासंघका अध्यक्ष, अर्जुनचौपारी सामुदायिक वनका अध्यक्ष, आमा समुहका प्रतिनिधीहरु पञ्चकन्या माध्यमीक विद्यालयका कर्मचारी तथा विद्यार्थीहरु, गाँउपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, प्रहरी चौकी अर्जुनचौपारीका प्रतिनिधी तथा स्थानिय समाजसेवी वुद्धिजिवी लगायतकाको उपस्थितीमा सो वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

वन पैदावारको संरक्षण सम्बर्धनका …

You Missed

समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः
दलदले दुर्घटना : बस, ट्रक र मोटरसाइकल ठोक्किदा ३ घाइते ।।
नेपालकै पहिलो नवग्रह मन्दिरको विशेषता वोकेको भजन गितको म्युजिक भिडियो सार्वजनिकः
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
क्षयरोग पहिचानमा परीक्षण साधनकाे कमी, एघार जिल्लामा दस जिन एक्सपर्ट केन्द्र
यातायात ब्यवस्था कार्यालय नवलपुरद्वारा कर संकलन अभियान संचालन

Primary Color

Secondary Color

Layout Mode