यी हुन् मासुबाट भन्दा दोब्बर प्रोटिन पाइने ड्राइफुडहरु, नछुटाई खाँदा फाइदै-फाइदा !

काठमाडौँ, अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले गरेको एक अनुसन्धानले मासुले भन्दा धेरै ड्राइ फ्रुट्स तथा बीउबिजनबाट दोब्बर तेब्बर प्रोटिन पाइने बताएका छन् ।

८१ हजार मानिसहरुमा गरेको अनुसन्धानबाट मासुले मुटुको खतरा बढाउने भएकाले स्वास्थयको लागि मासु भन्दा फलफुल राम्रो रहेको बताए । मासुजन्य प्रोटिन उपभोग गर्नेहरुमा ६० प्रतिशत मुटु रोगको खतर रहेको र ड्राइ फ्रुटजन्य प्रोटिन सेवन गर्नेमा ४० प्रतिशत कम देखिएको छ । हरौँ केके हुन् ती चिजहरु जसबाट मासुमा भन्दा बढी प्रोटिन पाइन्छ ।

देशी बदाम :पर्याप्त मात्रामा प्रोटिनजन्य फाइबर पाइने भएकाले क्याल्सियम, एन्टिअक्सिडेन्ट तथा भिटामीन् ई पाइन्छ । देशी बदाम खाने गर्नाले दाँत हड्डी समेत बलियो हुन्छ । अत्याधिक मात्रामा फइबर हुने भएकाले मुटुको लागि निकै राम्रो मानिन्छ ।

काजु :थोरै चिजमा धेरै थरिका तत्वहरु पाइने भएकाले काजुलाई ड्राइ फुडको राजा भनिएको हो । यसमा पर्याप्त मात्रामा भिटामिन के भिटामिन बी ६ पाउनुको साथै काजुमा क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता :स्वास्थयको लागि निकै फाइदाजनक मानिएको पेस्तामा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी र फाइबर पाइन्छ । यसको सेवन गर्नाले कोलेस्ट्रोल र हर्ट अट्याक बाट बचाउँछ ।

बदाम :बदाममा दूध बराबरको प्रोटिन पाइन्छ । बदाममा प्रोटिनको मात्रा बढी हुने भएकाले बदामले पाचन शक्ति समेत बढाउछ ।

ओखर :यसमा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस पाइन्छ । ओखरको सेवनले शरिरमा रगतको मात्रा बढाउनुको साथै कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट बचाउछ । जिंकले इन्फेक्सन हुनबाट बचाउछ भने भिटामिन ईले क्यान्सरबाछ बचाउछ । ओखरले मस्तिष्कको क्षमता बढाउनदेदि लिएर छालामा चकम ल्याउँछ ।

किसमिस :किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । नियमित सेवन गर्नाले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यसमा आइरन र प्रोटिन पर्याप्त मात्रामा पाइन्छ ।

अन्जीर :यसमा प्रोटिको साथै क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवन गर्नाले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको दुखाइ, टाउको दुखाइ, थाइराइड पायल्स जस्ता रोग लाग्न दिँदैन् । यसले शरिरमा तागत बढाउँछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १७, बिहीबार २१:०४
    • 50 views
    नवलपुरका १७ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने ।

    सञ्जय भट्टराइ, माघ १७। नवलपुरमा १७ हजार  किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ । प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले बिहिबार आयोजना गरेको कार्यक्रममा जिल्लाभर २ सय…

    विस्तृत.....

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 88 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *