अब मोबाइलमा फोन नम्बर नराखी ह्वाट्सएपमै सेभ गर्न मिल्ने

लोकप्रिय मेसेजिंग प्लाटफर्म ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक नयाँ फिचरको घोषणा गरेको छ ।

उक्त फिचरको नाम contact manager हो । यसको मद्दतबाट प्रयोगकर्ताले सजिलैसँग आफ्नो फोनमा रहेका सम्पर्क नम्बर अर्थात् कन्ट्याक्टहरु व्यवस्थापन गर्न सक्नुहेनछ।

अब फोन नम्बरहरुलाई सिधै ह्वाट्सएपमै सेभ गर्न सकिनेछ । अहिलेसम्म केवल पहिले फोनमा सेभ गरिएका नम्बरहरुमा मात्रै ह्वाट्सएपको पहुँच हुन्थ्यो ।

ह्वाट्सएपको यो बहुप्रतिक्षित नयाँ फिचर अन्तरगत अब प्रयोगकर्ताले सजिलैसँग मेसेजिंग एपमै फोन नम्बरहरु सेभ गर्न पाउनेछन् ।

यसअघि प्रयोगकर्ताहरुले केवल फोनबुकमा रहेका कन्ट्याक्ट नम्बरलाई मात्रै ह्वाट्सएपमा जोड्न सक्थे र फोनबुकबाट फोन नम्बर डिलिट हुँदा त्यो ह्वाट्सएपबाट पनि आफैं हराउने हुँदा कहिलेकाहीँ समस्या पनि पर्दथ्यो ।

यस्तोमा प्रइोगकर्ताको स्मार्टफोन हराउँदा वा पूरानो स्मार्टफोनको साटो नयाँ चलाउँदा ह्वाट्सएपका कन्ट्याक्ट पनि शेयर गर्नु पर्दथ्यो । कन्ट्याक्ट शेयर नगर्दा ह्वाट्सएपमा नामको साटो नम्बर मात्रै देखिन्थ्यो । तर, अब नयाँ अपडेटसँगै ह्वाट्सएपमा सेभ गरिएका फोन नम्बरहरु अटोम्याटिक रुपमा दोस्रो  डिभाइसमा आउनेछन् ।

कम्पनीका अनुसार ह्वाट्सएप कन्ट्याक्टस्को यो फिचर ती मानिसहरुका लागि उपयोगी हुनेछ, जसले आफ्नो फोन अन्य व्यक्तिसँग शेयर गर्दछन् वा एकभन्दा धेरै ह्वाट्सएप अकाउन्ट चलाउँछन् । यसमा प्रयोगकर्ताले आफ्नो पर्सनल र बिजनेस अकाउन्टलाई अलग अलग राख्न सक्नेछन् ।

ह्वाट्सएपको यो पछिल्लो फिचर ह्वाट्सएप वेब र विन्डोज एप्मा पनि उपलब्ध हुनेछ । त्यसैले अब मोबाइल फोनमा मात्र नभई ल्यापटप र डेस्कटपबाट समेत ह्वाट्सएपमा फोन नम्बरहरु सेभ गर्न सकिनेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १६:१०
    • 107 views
    इन्टरनेट प्रयोग गर्नुहुन्छ ? यी ५ काम अवश्य गर्नुहोस्

    स्टाटिस्टाको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब २२ करोड रहेको छ। जस अनुसार विश्वमा हरेक १०० सय जनामा करिब ६८ जनाले इन्टरनेट चलाउँछन् । यी मध्ये ५…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १६:०६
    • 89 views
    गुगलमा सेभ भएका फोन नम्बर कसरी सच्याउने, कसरी हटाउने ?

    आफ्नो सम्पर्कमा रहेका सयौं व्यक्तिहरुको फोन नम्बर, इमेल लगायतका विवरणहरु राम्रोसँग व्यवस्थित तरिकाले राख्ने काम वास्तवमै एउटा कला हो । यसले हाम्रो कामलाई सहज बनाउनुका साथै खोजेको बेला सम्बन्धित व्यक्तिको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *