नवलपुरको अग्यौली खानेपानी सस्था प्रदेशकै उत्कृष्ट घोषित
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती वडा नं. १६ डण्डामा रहेको अयौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।
खानपानी तथा ढल व्यवस्थापन विभागले आफ्नो ५३औं स्थापना दिवसका अवसर पारेर मंगलबार प्रमाण पत्रले सम्मान गरेको संस्थाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सरकारले राखेका सबै मापदण्ड पूरा गरेकाले उत्कृष्ट बन्न सफल भएको संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपाइलीले जानकारी दिए । २४सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निशुल्क गरेको, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको, चाडपर्वमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कार्यवाहक अध्यक्ष श्रीपालीले जानकारी दिए ।
त्यस्तै चारवटा वडाको सिफारिसमा न्यून आय भएका १२ वटा धारा निशुल्क जडान, धारा जडान गर्न नसक्नेहरुका लागि समूह बनाएर निशुल्क मिटर जडान गरिदिने गरेको, जुनसुकै उपभोक्ताको मृत्यु भए पनि २५ हजार नगद र श्रद्धान्जली पत्र हस्तान्तरण गर्ने लगायत काम गरिएकाले त्यसैको मूल्यांकनका आधारमा उत्कृष्ट भएको जनाइएको छ ।
तीन हजार उपभोक्ता रहेको यो खानी पानी उपभोक्ता संस्थाले महसुलबाट मासिक १० देखि १२ लाख रुपियाँ आम्दानी गर्ने गरेको जनाएको छ । भूमिगत पानीलाई संचय गरेर फिल्टर गरी त्यसमा पनि क्लोरिन हालेर वितरण गर्ने गरिएको संस्थाको भनाइ छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष ज्योती न्यौपाने ढकालले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव अर्जुन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले