प्राञ्जलका तीन गजल

गजल

१.

आगो बोकेर हिंडेको छु पैतालामा
गहिरा समुन्द्र भए पनि आँखामा ।

राजधानीमा चिच्याउन सजिलो छ
राष्ट्रियता बिझाउँछ सिमानामा ।

यसरी हामी एक अर्काका भएनौं
कहाँ तिमी बगैंचामा कहाँ म पहरामा ।

बोलेर संसार जित्छु भन्नेहरू सुन
बुद्धले संसार जितेकाथे मौनतामा ।

लुटेरालाई चाबी सुम्पिएसी के हुन्छ !
नेता दरबारमा जनता भड्खालामा ।

२.

भीरको फर्सी भएको छ जिन्दगी पनि
जब घाती निस्कियो आफ्नै साथी पनि ।

हरेक कुराको आआफ्नो सीमा हुन्छ यार
धेरै खाए विष बन्छ औषधि पनि ।

तिमी कस्तो पुर्णताको खोजी गर्दैछौ !
बेदाग छैन पुर्णिमाको चाँदनी पनि ।

प्यासले नै हो सबैलाई दौडाइ रहने
सागर भेट्न दौडिरहन्छ नदि पनि ।

३.

तिमी हिड्ने बाटोमा माटोको घर पर्दैन
त्यसैले यो नाचिजमा तिम्रो नजर पर्दैन ।

विश्वासको नतिजा मुटुमा खत मिलेपछि
ऊ अचेल आफ्नै भन्नेहरूको भर पर्दैन ।

कठोर चिजको श्रेणी निर्धारण गर्‍यो भने
आजकाल पहिलो श्रेणीमा पत्थर पर्दैन ।

ज्यानमारा हेराईमा मदहोस् भएको छु
लुट जवानी सधैं यस्तो अवसर पर्दैन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ जेष्ठ ४, शुक्रबार २०:४७
    • 400 views
    उत्कृष्ट र राेचक कथा कसरी लेख्ने ? राम्रो कथा लेख्ने १२ वटा चरणहरु यस्ता हुन्छन्

    लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन्, ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन ।’ हो, हरेक लेखक आफ्नै लागि…

    विस्तृत.....

    • २०८० भाद्र ३, आईतवार १३:४९
    • 516 views
    जयकारका ‘5’ चारलाईन (मुक्तक)

        मुक्तक :- 1- मुल्यहिन यो वर्तमानसँग भागि भागि प्रश्न सोध्नु छ तिमिसँग एक्कैछिन, मिलनको मागि प्रश्न सोध्नु छ जीन्दगिको पैँठेजोरिमा, मेरा मुक्का फिका परेहोलान्, स्विकार्छु किन भएको छु,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *