![](https://www.nsancharonline.com/wp-content/uploads/2024/12/pmahasang_20240608110931.jpg)
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ता भएको छ । नेपाल पत्रकार महासङ्घमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले प्यानल बनाएर मतदानमा होमिएका छन् । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट श्रीराम सिग्देलको उमेद्धारी परेको छ । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन बनेपनि नवलपुरमा भने प्रेस युनियनको तर्फबाट बागी उमेद्धारका रुपमा अध्यक्ष पदमा घनश्याम बगालेले उमेद्धारी दिनुभएको छ भने , प्रेस सेन्टरका बोमलाल गिरीको पनि अध्यक्ष पदमा उमेद्धारी परेको छ ।
यसैगरी उपाध्यक्षमा शालिकराम कोइराला , र अग्नीधर लुइटेल , महिला उपाध्यक्षमा धनु भुसाल र शारदा झेडी , सचिवमा आशिस रेग्मी र विष्णु गौडेल सहसचिवमा सञ्जय भट्राई , समावेशी सह सचिवमा ज्ञानु पंगेनी र यम बहादुर सोमै , कोषाध्यक्षमा इतराज गुरुङले दिएका छन् ।
१८ जनाको कार्य समितिका लागि ४० जनाको उमेद्धारी परेको छ । केही पदमा सर्वसम्मत भएको छ ।
निर्वाचन कार्य तालिका अन्तरगत भोली बिहान आठ बजेसम्म उमेद्धार उपरको दाबी विरोध र भोली बिहान साढे नौ बजेभित्र उमेद्धारले नाम फिर्ता लिन सकिने छ । महासङ्घको मङ्सिर २८ गते देश भर एक साथ जिल्ला, प्रदेश र केन्द्रीय समितिको नयाँ समिति चयनका लागि निर्वाचन हुँदैछ । २८ गते बिहान १० बजेदेखि चार बजेसम्म मतदान कार्यक्रम हुने छ ।