+
+
-- Sponsored Ad --

जिल्ला स्वास्थ कार्यालय तनँहुको आयोजनामा सर्पदंश सम्वन्धी आधारभुत तालिम सम्पन्न ।

229 पटक हेरिएको
Clock २०८१ मंसिर २५, मंगलवार १९:०१
-- Sponsored --

एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश उपचार केन्द्रमा कार्यरत कर्मचारीका लागी आधारभुत तालिम कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर २३ गते बाट देवचुली नगरपालिका स्थित दलदलेमा रहेको सहारा पार्टिै प्यालेसमा आयोजना गरिएको सो तालिम मंसिर २५ गते मंगलवार सम्पन्न भएको हो ।

जिल्ला स्वास्थ कार्यालय तनहुको आयोजना तथा व्यवस्थापनमा सन्चालित सो तालिम कार्यक्रममा सिनियर टक्सिनोलोजिष्ट डा. छविलाल थापा, मध्यविन्दु जिल्ला अस्पतालका मे.सु डा. रमेश अधिकारी, वायोलोजिष्ट कमल देवकोटा, एनपिआइ कालिगण्डकी अस्पताल कावासोतीका एनेस्थेसियोलोजिष्ट डा. तृप्ति देवकोटा, डा. विक्रम तिवारी लगायतले तालिममा सर्पदंश सम्वन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

सर्पदंश उपचारमा संलग्न चिकित्सक, नर्स लगायत स्वास्थयकर्मीहरुलाइ लक्षित गरि सन्चालन गरिएको सो आधारभु्त तालिममा सर्पदंश उपचारको उपलव्धता वारे प्रचार प्रसार, स्थानिय तहहरु संगको समन्वययमा प्रभावकारी उपचार सेवा कसरी उपलव्ध गराउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win