देवचुलीका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमितको घरदैलोमा

घाम, पानी, दिनरात र बिदा नभनि यतिबेला देवचुलीका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घरदैलोमा व्यस्त रहेका छन् । महामारीका रुपमा फैलिएको दोस्रो भेरियन्ट सहितको नयाँ कोरोना भाईरस संक्रमणले देवचुली नगरपालिकालाई पनि अछुतो राख्न सकेन । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेका व्यक्तिहरुको मनोबल बढाउन र उनीहरुको स्वास्थ्य अवस्था बुझ्न देवचुली नगरपालिकाका स्वास्थ्यकमीहरु घरमै पुगिरहेका छन् । यो विषम परिस्थिीतमा कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मीहरु घरमा नै पुगि स्वास्थ्य अवस्थाको बारेमा बुझदा संक्रमितहरु पनि खुशी भएका छन् । यो समयमा सबैभन्दा ठुलो औषधि नै हौसला रहेको संक्रमितको भनाईछ । यसरी होम आइसोलेनमा बस्दा दिक्क लाग्ने र मनमा धेरै कुराहरु खेल्ने गरेको तर स्वास्थ्यकर्मीहरु घरमा आई हौसला साथ र सहयोग दिँदा आँफूलाई निको महशुस भएको संकमण भएर बसिरहनुभएकी देवचुलीकी एक महिलाले बताउनुभयो । यस्तै अर्का एकजना संक्रमितले आफ्नो ज्यानको बाजी राखेर संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घरमा पुग्नु नै महान कार्य रहेकाले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । यसरी घरमै गई परामर्श गर्दा संक्रमितको मनोबल उच्च हुने र छिट्टै नै कोभिडलाई पराजित गर्न सक्ने देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले बताउनुभएको छ । अहिले सम्म देवचुली नगरपालिकामा संक्रमित भएका ३ सय २४ जना मध्य ३ सय ७ जना कोरोना संक्रमितको घरमा पुगि आवश्यक औषधि तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा सि.अ.हे.व अधिकृत शिव पराजुलीले बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 9 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 9 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *