दुम्कौली कोभिड अस्पताल लाई ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

एकीकृत दिव्यपुरि विपत व्यवस्थापन समिति देवचुली १ र ५ द्वारा आइतबार एक कार्यक्रमका विच दुम्कौली कोभिड अस्पताल लाई ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । यस विपतको वेलामा कोरोना संक्रमितलाई उपचारमा थप सहयोग हुने लक्ष्यका साथ सो कार्यक्रम गरेको समितिले जनाएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उप प्रमुख पार्वता तिवारी , प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल , नगर प्रवक्ता क्याप्टेन डिल बहादुर खत्री , देवचुलि १ र ५ का वडाध्यक्ष र स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ , अस्थायी कोभिड अस्पतालका प्रमुख अमर झा लगायत प्रतिनिधिहरुको रोहवरमा हस्तान्तरण गरिएको छ । विपतको समयमा विदेशी भुमिमा रहेका आम नेपालीजनहरुको सहकार्य र सहयोग प्रति आफू र नगरवासी आभारी रहेको वताउदै युवाहरुको कार्यमा नगर सधै सकारात्मक रहेको नगर प्रमुख श्रेष्ठले वताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथामका लागि समितिले हालसम्म चार चरणमा अभियान सञ्चालन गरिसकेको छ । टोल टालमा माईकिङ, सचेतना , कोभिड संक्रमितलाई घरमै पुगेर भेटि हौसला तथा स्वास्थ्य सामाग्री वितरण र दुम्कौलि अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । यस अभियानलाई विदेश स्थित विभिन्न क्षेत्रवाट सहयोग रकम जुटिरहेको छ । विशेषगरि जापानवाट हालको देवचुलि १ स्थायी वसोवास रहेका ज्ञानु भुषाल , सोहि ठाँउका हाल अस्ट्रेलियावाट साजन वाग्ले र सोहि ठाउँका हाल अमेरिकावाट कुमार खाम्चा मगर तथा देवचुली ४ का हाल कोरियावाट सरोज भुषालले सहयोग रकम संकलन गरि समितिलाई पठाएको विपत व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वाग्लेले वताए । यस कार्यक्रमलाई निरन्तरता दिने समेत उनले बताएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 6 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *