गण्डकी प्रदेशको आगामि बजेट मुख्यमन्त्री पोखरेलले नै प्रस्तुत गर्ने

जेठ ३०, पोखरा,

गण्डकी प्रदेशको आगामि बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्नुहुने भएको छ । नेपाली कांग्रेसका नेता पोखरेलको नेतृत्वमा गठन भएको प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

शनिबार गठन भएको सरकारमा मुख्यमन्त्रीसहित चार जना मन्त्रीले सपथग्रहण गरे पनि विभागीय जिम्मेवारी भने दिइएको छैन । जेठ ३१ गते सरकारको नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक दायित्वका वीच सरकारका मुख्यमन्त्रीले बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।

त्यसैगरी सरकारको प्रवक्तामा मन्त्री कुमार खड्कालाई जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्ने निर्णय समेत गरेको छ ।

मुख्यमन्त्रीमा नियुक्त हुनुभएका काँग्रेसका संसदीय दलका नेता पोखरेलसँगै अन्य ४ जना मन्त्रीलाई शनिबार राति प्रदेश प्रमुख सीताकुमारी पौडेलले एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

काँग्रेसबाट कुमार खड्का, नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले बिना बिभागीय मन्त्रीका रुपमा सपथ लिनुभएको थियो ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार दिउँसो पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पोखरेल काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । नव गठित सरकारले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 17 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *