चेपाङहरुलाई राहात वितरण

  • समाचार
  • २०७८ जेष्ठ ३०, आईतवार २१:५०

गिट्ठा लगायतका कन्दमुल खाएर दैनिकी कटाइरहेका चितवन कालिका नगरपालिका १० का चेपाङहरुलाई आज राहात वितरण गरिएको छ । खाद्यन्न अभावमा भोकै वस्न चेपाङहरु वाध्य भनी विभिन्न संचारमाध्यममा रिपोर्ट र समाचार सार्वजनिक भएपछि नेपाल हेल्प नामक गैरसरकारी संस्थाले २ सय घरधुरी चेपाङ समुदायलाई राहात वितरण गरेको संस्थाका कृष्ण ढकालले जानकारी दिनुभयो । आज पाइमाराङ खोला नजिक उक्त राहात वितरण गरिएको हो । उक्त क्षेत्रमा यो नै अहिले सम्मकै ठूलो मात्रामा सहयोग आएको अभियान्ता केपी किरण शर्माले जानकारी दिनुभयो । यसले केही दिनलाई भोकमरी टरेको चेपाङहरुले बताएका थिए । चामल सहित दैनिक उपभोग्य सामाग्री जस्तै सावुन, नुन, तेल, मस्यौरा,दाल लगायतका सामाग्री समेत पाएपनि उनीहरु खुशी देखिएका थिए । परिवार सख्या धेरै हुँदा वितरीत चामलले केही दिनलाई मात्रै पुग्ने बताउँदै थप सहयोगको अपेक्षा रहेको उनीहरुको भनाई थियो । मकै नपाक्दा सम्म आफूहरु समस्यामै रहिरहेको उनीहरुले बताए । यतिमा समाचार र रिपोर्टहरु सार्वजनिक हुँदापनि अझै स्थानीय सरकार सम्पर्कमा नआएको भन्दै दुख पोखेका थिए । राहत लिन बालवालिका देखि बृद्धबृद्धाहरुको उपस्थिती रहेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 101 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 37 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *