मुलुकको राजनीति खतरा उन्मुख भयो, देश जोगाउन सबैलाई नेपालको आव्हान

काठमाडौं, असार १६ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतराउन्मुख भएको बताउनुभयो ।

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उहाँले देश जोगाउने अभिभारा सबैको भएकाले सोही अनुसार योगदान गर्न आव्हान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दे उहाँले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताउनुभयो । राजनीतिक परिर्वतन ल्याए पनि सोही अनुरुपको संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी गर्नुभयो ।

नेपालले ‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन संकटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ उन्मुख भइरहेका छन् । कतिपय अभिव्यक्ति र गतिविधि हेर्दाखेरी त्यसले राम्रो शन्देश, राम्रो संकेत दिइराखेको छैन । यसर्थ हाम्रो काँधमा निकै ठुलो जिम्मेवारी छ ।’ भन्नुभयो ।

ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफुहरुको मुल एजेण्डा भएको भन्दै उहाँले आफुले त्यससवालमा मुल्यको राजनीति नत्याग्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

नेता नेपालले ‘जे सुकै भएपनि म मुल्यको राजनीति नत्याग्ने भन्न चाहान्छु । विचार, सिद्धान्त, मूल्य र मान्यता । मान्यताको निम्ति जुन राष्ट्रसँग जोडिएको होस्, जनतासँग जोडिएको होस् । समाजको परिवर्तनसँग जोडिएको होस् । यी मान्यताहरु छोडिदैनँ । यो म तपाईहरुलाई भन्न चाहान्छु बाचुञ्जेल सम्म । पार्टीका कार्यकर्ताहरुले छुवाछुत महिला हिंसाका विरुद्धमा, समाजमा अन्याय अत्याचारका विरुद्धमा दृढताका साथ उभिने हो भने नागरिक समाजले पनि हातेमालो गर्ने हो भने राज्य पनि त्यहि अनुरुप अगाडी बढ्ने हो भने यी चिजमा परिवर्तन गर्न सकिन्छ ।’ भन्नुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार ११:१५
    • 11 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 15 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *