ओलीले धम्की दिइरहेका छन्, तर न्यायाधीशहरूले संविधानको रक्षा गर्छन्– सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको आरोप लगाउनुभएको छ ।

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीबाट नडराउन विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिलेपनि तानाशाही प्रवृत्तिको हुन्छ ।’

स्वतन्त्र न्यायालयको अगाडि तानाशाी प्रधानमन्त्रीको पनि केही नलाग्ने भएकाले न्यायाधीशहरू देश, राष्ट्र र संविधान बचाउन लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वतन्त्र न्यायालयको अगाडि प्रधानमन्त्रीको केही लाग्दैन, कतिवटा प्रधानमन्त्रीको केही लागेन । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनै पनि न्यायाधीशहरु डराउनुहुने छैन । सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडी छ ।’

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *