नेपाली कांग्रेसको महाअधिवेशन नजिकिँदै

देवचुली,

नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा देवचुली ७ का युवा नेता सुरज भुसालले नगर सचिबमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली काङ्ग्रेस देवचुली नगरको भावी नेतृत्वका लागि वर्तमान नेपाल विद्यार्थी संङ्ग नवलपुरका जिल्ला सदस्य समेत रहेका भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काङ्ग्रेसका विभिन्न भातृ संगठन नवलपुर काठमाडौ सम्पर्क समिती, नेपाल विद्यार्थी सङ्घ, पाटीको नेतृत्व गर्दै विभिन्न संघ सस्था लगाएतका संगठनमा काम गरिसकेका भुसाल हाल कोभिडका कारण निशेधाज्ञ र बाढी पहिरोमा परि दैनिक छाक टार्न गार्‍हो परेको परिवारको चुलो बाल्ने समेत गरेर समेत परिचित छन् ।

विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका भुसालले जिल्लामा सालिन, भद्र र बौद्धिक युवा नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन । हरेक ५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत देशब्यापी रूपमा मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने भुसालले बताए ।

राजनीतिक रुपमा चलायमान गर्नका लागि नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण रहेकोले देवचुली नगर सचिबको नेतृत्वमा जाने निर्णय गरेको भुसालले संचारकर्मीसँग कुराकानी गर्दै आफू उम्मेदवार हुनेमा कुनै शंका नगर्न आग्रह समेत गरेका छन् । पार्टीका विभिन्न भातृ संगठनलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको र संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका पक्तिलाई प्रशिक्षित र प्रभावशाली बनाउने, जनताको विषयवस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यकता भएकोले “अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” भन्ने नाराका साथ अघि बढेको उनले बताए ।

त्यस्तै जिल्ला सदस्य डिल्लीराम कडरियाले र देवचुली ७ का वडा अध्यक्ष भुपराज पाठक द्वारा आगामी चुनावमा देवचुली नगरको पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *