प्रतिनिधिसभाको बैठक स्थगित : आगामी फागुन २६ गते वस्ने तय

काठमाडौं, फागुन २३ । प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । पुनस्स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल(नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए ।

कांग्रेसको विरोधकाबीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए । बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो । सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक २६ गतेका लागि सारिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *