चर्चा बटुल्दै रानीको “सल्लाघारी ” (भिडियो सहित)

निस्चल गौडेल, २५ फागुन ।

पछिल्लो समय सुमधुर गितहरु पस्कन सफल गायिका रानी शाक्यको सल्लाघारी गित चर्चाको शिखरमा उभिन सफल भएको छ ।
लाहुरे,कथा,नेपाली कथानक चलचित्र आधि तुफान २ ,सुनसान मन,चल्यो मायाको वतास ,वैसालु जोवन , फापरको रोटी , सुरुवात लगाएतका चर्चित गितहरुम आफ्नो आवाज दिइसकेकी शाक्यको पछिल्लो गित सल्लाघारी पनि त्यस्तै चर्चित गितहरुको सुचिमा सुचिकृत हुन सफल भएको छ ।

गीतकार राजेश शाक्यको शब्द र बिक्रम थापाको संगीत रहेको गीतलाई शुक्रवार सार्वजनिक गरिएको हो ।

यसअघि सुनसान रात जस्तो सिरियस गीत लेखेका गीतकार राजेशले यसपाली भने डान्सिङ गीत लेखन गरेका छन्, भने गीतलाई विक्रमको संगीत र रानीको स्वरले भरपुर रमाइलो बनाएको छ ।

गीतको भिडियोमा पहिलोपटक पछिल्लो समयका चर्चित मोडेल जिवेश सिंह गुरुङ रमाइलो फनी रोलमा देखिएका छन् भने संगै फरिता खड्काको पनि रमाइलो अभिनय रहेको छ ।

रामेश्र्वर हुमागाईको सिनेमाटोग्राफी, बिजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको ‘सल्लाघारी’को भिडियोलाई गायिका रानी शाक्यले यसअघि जस्तै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 719 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८१ भाद्र ८, शनिबार १९:२६
    • 211 views
    नेपाल प्रहरीले कावासाेतीमा पेट्राेल पम्प सन्चालनमा ल्याउँदै ।

    कावासोतीः  नेपाल प्रहरी कल्याण महाशाखाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा ११ करोडको लागतमा पेट्रोल पम्प स्थापना गर्ने भएको छ । पूर्वपश्चिम राजमार्ग सँग जोडिएको कावासोती नगरपालिका २ मा इभी चार्जिङ स्टेसन, कफी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *