मकवानपुर दुर्घटना : तीनको मृत्यु, १० घाइते

मकवानपुर : मनहरी गाउँपालिका-६ सुनाचुरीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ८९  नम्बरको ट्रक शनिबार बिहान ठोक्किँदा तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बस चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनीलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बस चालक थापा र सुनीलकुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएकाको हेटौंडामा उपचार भइरहेको छ

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 27 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *